Thursday, December 10, 2020

अव त विद्यालय खोल्ने कि ?

 २०७७ ।०८।२५

अव त विद्यालय खोल्ने कि ?
मिति २०७७ ।०८।२४ का दिन श्री पशुपति मित्र माविमा तीनवटा स्रोत केन्द्र (पशुपति मित्र मावि चाबहिल, महेन्द्र बौद्व मावि, बौद्व, र नन्दी मावि नक्साल )का प्रध्यानाध्यापकज्यूहरु, महानगरपालिका शिक्षा विभागका प्रमुख श्री नमराज ढकाल ज्यूको प्रमुख आतिथ्य साथै काठमाडौं शिक्षा विभागका कर्मचारी र स्रोत व्यक्तिहरुलाई एकै स्थानमा भेला गराई काठमाडांै महानगरपालिकाको शैक्षिक क्रियाकलाप तथा अन्य शैक्षिक गतिविधि र शिक्षक तथा कर्मचारीहरुकको पेशागत अवस्था र विद्यार्थीहरुको वास्तविक अवस्था के कस्तो छ भनि छलफलमा जुट्नु भएका सम्पूर्ण प्रधानाध्यापकज्यूहरु प्रति आभारी हुदै विशेष गरी नमराज ढकाल, तारापति खरेल र यसै केन्द्रका स्रोत व्यक्ति यमनाथ चौलागाईंलाई पशुपति मित्रलाई छलफलको लागि केन्द्र बनाइदिएकोमा धन्यवाद र ं सवै प्र.अहरु यस विद्यालयमा उपस्थित भै आफ्ना हक, अधिकार, जटिलता, दरबन्दी मिलान, र विद्यालय, विद्यार्थी र पठनपाठनको वारेमा वास्तविक अवस्था निर्धक्ककासाथ अभिव्यक्ति राखिदिनुभएकोमा पशुपति मित्र मावि चाबहिल सदाका लागि ऋणी भएको छ । प्राय सवै प्र.अ. ज्यूहरु अहिलेको असहज परिवेसबाट कसरी बाहिर निस्कन सकिन्छ र विद्याथीहरुलाई शिक्षासँग जोड्न सकिन्छ भन्नु थियो ।
नमराज ढकाल र तारापति खरेलले बोल्दैगर्दा शिक्षकहरुले कर्मचारीहरुलाई हेर्ने दृष्टीकोण र शिक्षकहरुले कर्मचारीहरुलाई बुझ्ने दृष्टीकोणमा परिवर्तन आएको होकि जस्तो लागेको थियो । विचार पोख्ने क्रममा निजामति कर्मचारीको तलव भत्ता भन्दा शिक्षकको तलव भत्ता कम्तीमा पनि १० % प्रतिशतले बढी हुनुपर्छ, वालशिक्षकको मासिक पारिश्रमिक रु १३५००। पुगेको र श्रावणदेखि रकम पाउने व्यव्स्था भएको छ भनी सुनाउदा सवै प्र.अहरु आभारी रहनुभयो । फेरी पनि प्रत्यक विद्यालयको सवैभन्दा महत्वपूर्ण व्यक्ति कार्यालय सहयोगी जो विद्यालयमा सवैभन्दा पहिले पुगी अन्तिम समयसम्म रहन्छ र त्यस्तै गरी विद्यालयको हिसावकिताव चुस्त राख्ने लेखापालको मासिक तलव भत्ताको कारणले सरकारले तोकेको कम्तिका ज्यालादारीलाई जिस्काइरहेकोछ । यसमा पनि तत्काल सम्वन्धित सवैलै सोच्नै पर्छ र तुरुन्त मिनिमम ज्यालाको निश्चितता गर्नै पर्छ भन्ने सवालमा पनि सवैको एकै आवाज थियो ।
प्र.अले बोल्नुपर्ने कुराहरु शिक्षाविभाग प्रमुख तथा कर्मचारीले नै वोलिदिएपछि प्रधानाध्यापक ज्यूहरु हर्षित देखिनुहुन्थ्यो । शिक्षकको विदाका सवालका कुरा, दरवन्दी मिलानका कुराहरु,परिचयपत्रका सवाल, मासिक तलवभत्ताको कुराहरु कति सरलतका साथ पस्किरहनुभएको थियो । आशा छ ती सरलताकासाथ पस्किइएका सवालहरुको सुनुवाई भइ कार्यान्वयनमा पुग्ने छ भनी । परिचयपत्र त जटिल हुदैहोइन । यसको कार्यान्वयनको लागि त सम्वन्धित प्रमुखले आदेश दिएर भोलिका दिनमा नै पुरा हुन सक्छ । वरु परिचय पत्र छपाइमा लाग्ने खर्चको लागि शिक्षा विभागलाई असहज हुन्छभने शिक्षकसँग नै लिए हुन्छ । आफ्नो परिचयपत्रको लागि चाहिने रकम शिक्षक तिर्न तयार छन । यसको लागि कसैको आदेश कुर्नुपर्दैन । निर्णय गरेर वितरण गरिदिए हुन्छ ।
कोभिड १९ कोरोना भाइरसले सारा सन्सारलाई त्राही त्राही पारेको समयमा काठमाडौंका शिक्षक र नेपाल भरीका शिक्षकलाई समाजले हेर्ने दृष्टीकोणमा फरक ल्याउनै पर्छ । वसी वसी शिक्षकले खाएका छन तलव जस्तो लागेको छ । झट्ट हेर्दा हो जस्तो तर वास्तविकता त्यो होइन । सवैले सुक्ष्म्य तरिकाले बुभ्नुपर्छ र मात्र मूल्यांकन गर्नुपर्छ । हुनसक्छ सवै शिक्षक नलागेका हुन सक्छन र सवै शिक्षक निदाएका पनि छैनन । आफ्नै तरिकाले आधुनिक यन्त्रसँग खेल्दै विद्यार्थीहरुसँग जोडिएको अवस्था छ । अनलाइन कक्षा कि , भौतिक अवस्थाको कक्षा कि , गृहकार्य गर्न लगाइ विद्यार्थी र शिक्षकलाई प्रतक्ष्य वा अप्रत्यक्ष शिकाइमा सम्लग्न हुने भन्ने मात्र हो। अहिलेको महामारीको अवस्थामा सवैभन्दा उत्तम त अनलाइन हो तर पनि सवै विद्यार्थीहरु जोडिन नसक्दा, शिक्षकहरु पनि शिकारु तहमा नै रहेको अवस्था, र सवै शिक्षक विद्यार्थीहरुसँग कम्प्यूटर, ल्यापटप, ट्याबलेट, स्मार्ट फोन, र इन्टरनेट सुविधाबाट बन्चित रहेको अवस्थामा यस्ता कक्षाहरु त्यति प्रभावकारी हुन नसकेको अवस्थालाई सवैले स्वीकार्नुभएको छ ।
यसै सवालमा पशुपति मित्र मावि चाबहिलले यही १७, १८, र १९ गतेका दिन अभिभावकसँग विद्यार्थीहरुलाई कसरी पठनपाठनमा जोड्न सकिन्छ भनी सवाल गर्दैगर्दा धन्नै ८०%प्रतिशत उपस्थित अभिभावकले विद्यार्थीलाई विद्यालयमा नै बोलाइ पठनपाठन गनुपर्छ भनी विद्यालयमा विद्यार्थी पठाउदा विरामी पर्न गएमा विद्यालयको विरुद्वमा आवाज उठाउने छैन भनेकोले र यसै वडाका वडा अध्यक्षले पनि सामाजिक दुरी कायम राख्दै सुरक्षाका उपायहरु अवलम्वन गर्दै यही २२ गतेका दिन विद्यालयहरु कसरी सञ्चालन गर्न सकिन्छ भन्दै यस वडाका सामुदायिक र निजी विद्यालयका प्रंअहरुलाई कार्यार्यक्रम दिएकोले पशुपति मित्र मावि चाबहिलले पनि भौतिक दुरुीलाई कायम गराउदै मिति २०७७। ०८।२३ गते देखि गृह कार्य प्रयोजनको लागि भन्दै २३ गतेका दिन कक्षा ६७र८ का विद्यार्थीहरुलाई बोलाइ गृहकार्य दिने कार्य गरेको र कक्षा इसिडी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई २४ गते साथै आज पनि जानकारी दिदै कक्षा ६,७ र८ का विद्यार्थीहरुलाई बोलाइ गृहकार्य दिने कार्य गरिरहेको जानकारी दिएको छ पशुपति मित्र माविले ।कक्षा ९ र १० का विद्याथीहरु केही समयको लागि अनलाइन कक्षामा नै तल्लीन भएर पढ्नुपर्ने छ । पशुपति मित्र माविको पनि ठम्माइ अवका दिनमा कोरोनासँग डराएर हैन आत्मवल दरो पार्दै अगाडि बढ्नुको विकल्प छैन भन्दै विद्यालय पुरै खोल्ने मानसिकतामा छ । सम्वन्धित निकायले तुरुन्तै जवाफ दिइदिएमा आभारी हुने थिए ।कक्षा १२ र ११ का परीक्षाहरु भौतिक रुपमा नै नेपाल अधिराज्य भरी सम्पन्न भैसकको अवस्थामा मेरो बुझाइमा अरु कक्षाहरु पनि सञ्चालन गर्न सक्नुपर्छ ।
जहा जटिलता छ त्यही काम गर्न मजा आउने छ । चुनौतिलााई सामाना गदै पशुपति मित्र मावि अगाडि बढ्ने छ । तर पनि यो सवैको चासोको केन्द्र भएकोले सम्वन्धित निकायले समयमा नै एक निर्णय दिनुपर्छ । सवै विद्यालयहरुलाई शिक्षा विभागले निर्देशन दिनुपर्छ कि खोल कि बन्द गर । बाटो वारीको विद्यालय खुल्ने तर बाटो पारीको नखोल्ने अवस्थामा विद्यालय के हुनेछ ।
पुन एकपटक यस पशुपति मित्र माविमा आइ आफ्नौ धाराणा राखी शैक्षिक क्रियाकलापमा बढ्नुपर्छ भन्दै आफ्नो अभिव्यक्ति व्यक्त गर्ने समग्र सवै प्र. अ तथा शिक्षा विभागका कर्मचारीहरु प्रति आभारी रहे र पुन एक पटक धन्यवाद ।
चन्द् कान्त पण्डित ।

No comments: