२०७७।०८।२३
विनास पछि विकास हुन्छ भन्ने तितो यथार्थलाई सत्य वनाउदै छ पशुपति मित्र मावि चावहिलले। २०७२ सालको महाभुकम्पले कही कतै चर्कदै गरेको पुरानो भवनलाई DSRP ले बनाउन गैरहेको २ वटा भवनमध्ये एकभवनको हात्ती पाइलेको ढलानपू्र्व हिजो मंसिर २२ गते धर्ती मातालाई पुकार्दै विना कठिनाई भवन निर्माण सम्पन्न भैई जसरी पशुपतिनाथ हिन्दुकाे आरध्य छन त्यसरी नै शिक्षाको केन्द्र पशुपति मित्र मावि बनोस भनि समग्र विद्यालय परिवार सम्बन्धित पक्षसँग आभारी हुदै विद्यालय परिवार सतमार्गमा लागि भाैतिक सम्पन्न भवन , गुणस्तरीय शिक्षाको केन्द्र बनोस भनी देवी तथा देवतासंग गरिएको आरधानाको केही तस्वीरहरु। सवैमा धन्यवाद। पशुपति मित्र मावि कोरोनासंग डराएर हैन डटेर सामाना गर्नुपर्छ भन्दै विद्यालयले सम्वन्धित अभिभावक तथा वडास्तरीय स्थानीय सरकारको सुझावलाई स्वीकार्दै गृहकार्यको माध्यमबाट आज कक्षा ६,७र ८ कक्षाका भाइवहिनीहरुसँगको लामो समयपछिको प्रतक्ष भेटघाटले मनै हर्सित भएको छ। लाग्छ अव कोरोना आफै भाग्छ।
आदरणीय सरोकारवाला सवैमा पशुपति मित्र मावि विनम्रताका साथ अनुरोध गर्छ कि नेपाली जनाताले चाहेको निशुल्क शिक्षा यहाँ छ। कक्षा ECD देख कक्षा १० सम्म पुर्ण निशुल्क कक्षा भएकोले धनि वा आर्थिक कमजोरीनमा रहे पनि सवै किसिमको भेदभाव अन्ते अन्ते गर्दै शिक्षाको लागि अगाडि बड्ढ्ने छ। शिक्षकको खटाई, विद्यार्थीको पढाई, अभिभावकको अभिभावकत्वले नै यसलाई शैक्षिक केन्द्र बनाउन सकिन्छ। वि्न्ति छ हजुरका वावुनानी पशुपतिलाई दिनोस। अव सानादेखि ठूला भाइवहिनी विद्यालयमा आइ भाैतिकरुपमा गृहकार्यको रूपमा अद्यययन अद्यापन गरी केही फरकपनको महसुस गराै ल। पशुपतिको चाहना हजुरहरुको प्रथम रोजाइमा रहनसकोस। वि्दयालय परिवार लाग्ने छ, हजुरहरुको विस्वासलाई विस्वस्त पार्न।
पृय भाईवहिनीहरु कोरोना भगाआै, आत्मवल दरिलो पाराै, सामाजिक दुरीको पालना गर्दै कक्षा इसिडीदेखि कक्षा १२ सम्मका कक्षाहरु सन्चालन गर्नमा हामीलाई अवसर प्रदान गरिदिनुहुनको लागि अपिल गर्दछु। भेटमा नमस्कार गराै, हातमिलाउन छाैडाै, मन मिलाआै, जुठो खान छाैडाै, सावुनपानीले हात धाैआैं, र कोरोनालाई सदाको लागि विदाई गरिदिआैं। श्री गणेशाय नम।
जय धर्ती मा।जय विद्यार्थी तथा अभिभावक साथै हामी सवैको जय।
चन्द्र कान्त पण्डित
No comments:
Post a Comment