Thursday, December 10, 2020

कक्षा ECD , १,२,३,४र ५ का

 पशुपति मित्र मावि चावहिलले आज तेस्रो दिन २०७७/०८/१९ गते कक्षा ECD , १,२,३,४र ५ का विद्यार्थीहरुलाई कसरी शिक्षासँग जोड्न सकिन्छ भनी अभिभावकहरुलाई विद्यालयमा बोलाइ उहाँहरुको प्रतिक्रिया लिएका थियौ । विद्यालयमा आइ आफ्नो अमुल्य समय दिइ विद्यार्थीलाई शिक्षासँग online को माद्यम, गृह कार्य प्रवृत्ति , तथा रोटेशनमा शारीरिक रुपमा उपस्थित भैइ कक्षा सन्चालन गर्ने सुझाव व्यक्त गर्नुभएको छ सिंगाे विद्यालय परिवार उहाँहरुलाई नमन गर्दै धन्यवाद व्यक्त गर्दछौं । आज उपिस्थत अधिकांस अभिभावकहरु भाैतिक उपस्थितिमा कक्षा सन्चालन गरे हुन्छ भनेतापनि विदयालयको आधिकारिक धाराण छलफल पछि निर्णय गर्ने छाैं। आजको दिनमा अधिकांस अभिभावक विद्यार्थीलाई विद्यालयमा वोलाई गृहकार्य गर्न लगाउने वा सामाजिक दुरी कायम गरी कक्षा सन्चालन गरेमा आभारी हुने भनी बताउनु भएको छ। विद्यालयको आधिकारिक धारणा आइतवार २१ गते शिक्षक कर्मचारीको संयुक्त वैठक वसी निकाल्ने छाै।

Shreedhar Paudel, Niru Badu and 144 others
18 Comments
2 Shares
Like
Comment
Share

No comments: