२०७७/०८/१९
राजनितीको वारेमा शिक्षकले बोल्न हुदैन र ?
नेपाली समाजमा सुन्ने गरेको कुरो हो नेपालका शिक्षक राजनीति गर्छन। शिक्षकले राजनीतिको वारेमा कुरो गर्छन जायज हो तर राजनीति गर्छन भन्नु चाहीँ गलत हो। राजनीति गरेर प्रधानमन्त्री बन्ने बाटो पाएमा प्रावि शिक्षक, निमावि शिक्षक र मावि शिक्षकमा नै किन वस्थे होलान र? बबुरो शिक्षक बनेर। हेपिएको पात्र बनेर। तर शिक्षक मित्रहरु तपाईं अरुले हेपेर हेपिनु पर्दैन जुनदिनसम्म तपाईंहरु शिक्षक र विद्यालय प्रति बफादार हुनुहुन्छ भने। आफुलाई भन्दा पनि आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुहुन्छ भने किनकि समय नै सवैथोक हो र यही समयले स्थान उपलव्ध गराउन सक्छ।
राजनीतिको प्राय पर्यायवाचिको रुपमा परिचित पात्र नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पाैडेललाई आफ्नो गृह जिल्लामा प्रजातान्त्र र गणतन्त्रको लागि लडेको नेता पुल उदघाटनको लागि जादै गर्दा प्रहरीले गिरफ्तार गर्छ भने यो देशमा माफियावाहेक अरुले राजनिती नगरे हुन्छ भन्ने सन्देश पस्किएकाे जस्तो लाग्छ। मैले व्यक्तिगत रुपमा प्रचण्ड, बाबुराम माकुने , झलनाथ । आेली, देउवा रामचन्द्र पाैडेललाई चिन्छु भने मलाई समाजले गर्ने मूल्यांकन फरक हुनेछ। त्यसैले भन्नै पर्छ व्यक्तिगत रुपमा मलाई नचिन्ने मानिसलाई मैले चिन्छु भनेर भन्न सक्दिन तर पनि यति भन्न सक्छु कि अहिलेको नेताहरुमा राजनैतिक रुपमा विचलनमा नपरेको नेता, विदेशीको गोटी नबनेको नेता बाकि कोहि छ भने रामचन्द्र पाैडेल नै हो जसलाई न नेपाली काँग्रेस पार्टीले इज्जत गर्न सक्यो न वर्तमान सरकारले नै। अहिले सरकारमा जो भए पनि यो परिपाटी चाहिन्छ भन्ने आफ्नो जवानी देखि वर्तमासम्ममा आवाज उठाउने विदेशीको गोटी नबनेको नेता रामचन्द्र पाैडेल नै हो।
नेपाली काँग्रेसको त्रय नेता गणेशमान , कृष्ण प्रसाद भट्टराई र गिराजा पछिको रोलक्रममा रहेका नेता रामचन्द्र पाैडेल र सैलजा आचार्य हुन। अनि मात्र अरु नेताको नाम जोडिने गर्थ्यो। सैलजाले यस धरतिबाट विदा लिसकेको अवस्थामा रामचन्द्र पाैडेल मात्र सभापतिको लागि एकल उमेदवार हुनुपर्छ सभापतिको लागि। मलाई व्यक्तिगत रुपमा नचिनेपनि एक पटक भन्न मन लाग्यो नेपाली काँग्रेस सक्छाै भने सिदान्त र विचारको राजनीतिलाई प्राेत्साहान गर्न चाहन्छाै भने सर्व सम्मतिबाट पाैडेललाई दलको नेता बनाआै र नेपाली काँग्रेसको केन्द्रिय सभापति पनि। मलाई लाग्छ चुनाव लडेर रामचन्द्र पाैडेल नेपाली काँग्रेसको सभापति बन्ने हैसियत रहदैन किनकि पाैडेल न रअ न चिनिया न पश्चिमाको राेजाइमा नै पर्छन।
मलाई पाैडेलको पक्षमा केही शव्द बोल्दैमा केही लिन र पाउनको लागि होइन। तर शिक्षक भएको नाताले भन्नै पर्छ शिक्षकले सत्य वोल्न सक्छ र समयमा बोल्नु पर्छ। प्राय सवै दलका शिर्षस्थ नेताहरु प्रधानमन्त्री बनिसके तर रामचन्द्र पाैडेलळे त्यो साैभाग्य पाएका छैनन नत दलको सभापति नै। मलाई यति मात्र थाह छ मानिसले गर्ने कर्म हो। जन्म मृत्युको लागि हो भन जिउनु कर्मको लागि। भाग्यमा पनि विश्वास छ।तर पनि मिलेसम्म सकेसम्म सतकर्ममा नै लाग्नु पर्छ। राजनिती भित्रको सत्य कुरा रामचन्द्र पाैडेलले सवै कुरा पाए पनि दल र सरकार प्रमुख बन्न पाएका छैनन। जसले गर्दा के गर्न सक्थे भन्न नसकिदो रहेछ।
सत्ता बन्दुकको नालबाट मात्र सम्भव छ भनि वीसाैं हजार मानिसको प्रत्यक्ष वा परोक्ष रुपमा हत्या भएपछि शान्तिपूर्ण आन्दोलनले नै त्यो अवसर दिलाएको छ। संघिताको विपक्षमा चित्रबहादुर केसी पनि अडिग देखिन्छन। सम्विधानमा लेखिएको आरक्षणले सच्चा स्वाभिमानी मानिसलाई दोस्रो दर्जाको नागरिक बनाएको छ। बाबुराम र प्रचण्डको सांख उदोगतिमा नै छ। हिजो अरुलाई सामन्ती र पुरानो सत्ताका मानिस भन्दै गर्दा आज तीनै हिजो जनताका विचमा बोलिएका शव्दहरुले जिस्काइरहेको अवस्था छ उनीहरूलाई ।
राजनीतिमा झुट वा प्रलोभन भन्दा पनि सत्यताको पक्षमा बोल्ने हैसियत राख्नसक्नुपर्छ। जनतालाई अधिकारको वारेमा उकास्नु भन्दा अधिकारको वारेमा बुझाउनु पर्छ। अरुले दिएको मार्सी चामलको भात भन्दा आफ्नै पखेरिको र पाैरखको कोदोको खोलेमा शक्ति र शान हुन्छ भन्ने कुरो।
विश्वविद्यालयका प्राद्यापकहरु राजनितीज्ञलाई दोष दिनुभन्दा कमशल जनशक्ति उत्पादन गरेकोमा पछुतो मान्नुपर्छ । शिक्षकहरु पनि आफै सतर्क हुनुपर्छ।तपाईं सही कार्य गर्दै हुनुहुन्छ भने भन्नेहरु केही गर्न सक्दैनन् वस तपाईंमा ताकत चाहिन्छ सत्य बोल्नको लागि। तपाईंको शव्दसँग गलत गर्नेहरु आफै त्राही त्राही हुनेछन् ।
मानिस राजनैतिक प्राणी भएकोले राजनीति बुझ्नै पर्छ। शिक्षक पनि त्यसैमा रहेको छ। उ उठ्दा वस्दा चल्दा राजनितीको वारेमा समाजमा केही बुझेको छ भने त्यो शिक्षक नै हुन्छ। शिक्षकले देखेको छ द्वैद चरित्रका मानिस पनि। धर्मलाई अफिम भन्ने वाउ आमा मर्दा क्रिया नगर्ने तर बालुवाटारमा छिरेपछि श्राद चाँही गर्ने पनि। यी र यस्तै दाेधारेपन देखेपछी सत्यकुरो शिक्षकले वोल्नैपर्छ, बोलेमा राजनिती भैहाल्छ के गर्ने।
चन्द्र कान्त पण्डित। 9851148379
No comments:
Post a Comment