२०७५-०४-२९
शिक्षाको क्षेत्रमा गरिएका वचन र प्रतिज्ञा

समय वलवान छ। जे हुदैछ ति सवै समयले नै वताउछ। नेपालको शिक्षा नितिले गर्दा नै आज नेपालमा द्वन्द, विभेदीकरण, विकृती, विसङगति, भ्रस्टाचार, वेमेल, ठगी जस्ता मानवीय कु आचारणले आक्रान्त वनेको छ। समयले नै व्यक्तिको पहिचान वनाउदो रहेछ। यदी हाम्रो शिक्षा नितिले नेपालको माटो, हावापानी अनि र यहाको आवश्यकतालाई जोड दिएको भए, अहिलेको दुरदशा देख्नु पर्दैनथियो। सधै राजनैतिक परिवर्तनको लागि नेपाली जनताहरु सडकमा आउनुपर्दैनथियो।
सामुदायिक विध्यालयलाई गलत आखाले हेरिएको छ र गलत व्यक्तिलाई विध्यालयको नेतृत्व दिएको स्थानमा नतिजा नि गलत नै छ र जहा असल नेतृत्व छ त्यहा राम्रो नतिजा नै दिन सकेका छन। जुन विद्यालयमा अनुशाशित र शिक्षाप्रेमी प्रधानाध्यापक र लगनशिल शिक्षक, अनुशाशित विध्यार्थी र सतर्क अभिभावकको उपस्थिति छ त्यहा शिक्षाको गुणस्तरीय पनि भएको पाइएको छ। जुन विध्यालयमा प्र अ ले आफनो जागिर धान्नको लागि मात्र यसम्यान हरु विध्यालयमा व्यवस्थापन समितिमा राखेका हुन्छन,जहा राजनैतिक हस्तक्षेप हुन्छ, जहा अरुको विचारलाई महत्व दिइदैन तर वाध्य भएपछि अरु कसैको दवावमा निर्णय लिइन्छ , त्यस्ता विध्यालयहरुले सोचेजस्तो प्रगति गर्न सक्दैनन। शिक्षाको क्षेत्रमा कति वर्ष अध्यापन गरेको छ भन्नुभन्दा पनि कति इमान्दारीका साथ सेवामा समलग्न छ त्यतातर्फ ध्यान दिनुपर्ने देखिन्छ।
मानिसले दिएको वचन आफ्नो हातमा हुदाहुदै पुरा गर्न सक्दैन भने के त्यो व्यक्ति मानिस वन्न सक्ला त? वचन र प्रतिज्ञा पुरा गर्नको लागि आदरणिय महापुरुष राम, भिष्मपितामह , र बरबरिक हिन्दुको स्थानमा उच्च कोटीका मानवको रुपमा नाम लेखाउन सफल भएको देखिएको छ। विना सोचि वचन दिनु मानविय भुल पनि हो। तर वचन दिएर त्यसको पुरा गरिदैन भने त्यो महाभुल हुने छ। शिक्षाको क्षेत्रमा लाग्ने व्यक्तिले त्यसो गरेमा त उसको पेशाप्रतिको समर्पण नै माटोमा मिल्ने छ। आफ्ना वचन पुरा गर्नको लागि राम कटिवद्द थिए, भिस्मले मानव समाजमा नै कसैले केही भनेमा भिष्मको जस्तो हुनुपर्छ वचनमा भन्ने पाइन्छ। उनीहरुको मान्यता थियो वचन पुरा गर्नको लागि आफ्नो प्राणको पनि आहुति दिन पछि पर्नुहुदैन। त्यस्तै गरी अर्को पात्र बरबरीक पनि थिए। उनले पनि गुरु दक्षिणाको रुपमा आफुले प्राप्त गरेको शिक्षावापत उनले प्राप्त गरेका वाणहरु व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने छैनन र महायुद्दमा केवल निर्वल पक्षको साथ दिनेछन। अन्तमा कृष्णले उनको शिर गुरु दक्षिणाको रुपमा मागे जसलाई बरबरीकले सहस्र स्वीकार गरी दिएको वचन आफ्नो शिर आफै छेदन गरी कृष्णलाई अर्पण गरी उच्च मानव कल्याणमा समर्पित भएको दृस्टान्त छ हिन्दु दर्शन भित्र।एक महात्माको रुपमा पहिचान बनाउन सफल भएका थिए भने महाभारतको पुर्ण प्रतक्षदर्शी भै महाभारतको सत्यता पस्कने पनि उनी नै थिए।

शिक्षक र यसका नेताहरु पनि सदैव शिक्षक पेशालाई मर्यादित तुल्याउदै समाजको मार्गदर्शक बन्न सक्नुपर्छ। विध्यालय र शिक्षकको नेतृत्वगर्ने नेतृत्ववर्गले आफ्ना सन्तानलाई पनि सामुदायिक विध्यालयमा नै शिक्षा दिलाउने चेस्टा गरेमा प्राईभेट र सरकारी विध्यालय विचको भेद आफै थाहपाउन सक्द्छन र विध्यालय कहा र कसरी चुकेको छ यसको परिवर्तन गराउनको लागि बाटो पनि आफै पहिलाउन सक्छन। त्यसैले सरकार र सम्बन्धित सवैले यतातर्फ ध्यान दिएमा नेपालको शिक्षामा सुधार भै देशको विकाशको बाटो पनि खुल्ने थियो। तर अधिकार प्राप्त व्यक्तिहरु यसमा चुकेको पाइएको छ र सोझो औलाले घिउ आउदैन भन्दै चोर बाटो अगालेको देखिन्छ जसको शिकार लाखौ निमुखा विधार्थी र अन्तमा देश नै बन्न पुग्दछ। यसमा सचेत हुनको लागि सम्बन्धितलाई अनुरोध गर्दछु।
शिक्षकको नेतृत्वले आफुले दिएको वचन पुरा गर्दैन भने आफ्नो पेशाबाट अवकाश प्राप्त भैसकेपछि दिनानुदिन छटपटाउन पर्ने छ। त्यस्तो भुलको चेस्टा सजग नेतृत्वले गर्नुहुदैन। आस्वाशन त राजनितिज्ञले दिने गर्छन ‘आए आप गए झटारोको रुपमा’ तर शिक्षकले गर्नुहुदैन। यदि शिक्षक नै गलत बाटोमा लाग्छभने समाज कतातिर पुग्छ। तर जव देशमा स्थानीय देखि सङ्घीय चुनाव हुदै गर्दा त्यस समयमा व्यक्तिगत स्वतत्न्रताको उपयोग गरी आफुलाई योग्य लागेको उमेदवारलाई सघाउने वातावरण उनीहरुले पाउनुपर्छ।
आज नेपालकको दुरदशाको एक मुल कारण शिक्षक, र तिनले उनका शिक्षार्थीलाई समयमा सही मार्गमा हिड्न नसकाउनु नै हो। यदि यिनै शिक्षकले आफ्ना विध्यार्थीहरुलाई अनुशाशित , आत्मनिर्भर , रास्ट्रप्रेमी, मानवताप्रेम अनि लगनशिल बन्नको लागि उत्प्रेरक बन्न सकेको भए नेपालको गति बेग्लै हुनेथियो। वर्तमान नेपालको आवश्यकता नै सहि शिक्षाहो जसले जिउन सिकाओस , समाजमा समानता र मेलमिलाप गर्न सिकाओस, सस्कृतिको जगेर्ना गराउन सिकाओस, आवश्यक शिप सिकाई व्यक्ति र देशको आवश्यक जनशक्ति तयार गर्न सकोस। यहि नै आजको आवश्यक्ता हो।

शिक्षकको नेतृत्व गर्ने आदरणीय नेतृत्ववर्गले राजनैतिक दलको भातृ सङगठनको रुपमा आफुलाई पहिचान गराउनुको साट्टो नेपाल र् नेपालीको मार्गदर्शनको रुपमा अगाडि उभ्याउन सके समग्र नेपालीको कल्याण हुनेथियो। यस्तै कल्याणकारी कार्यमा लाग्नको लागि सम्पुर्ण शिक्षकलाई अपिल पनि गर्दछु।
शिक्षक
चन्द्र कान्त पण्डित
श्री पशुपति मित्र मावि चावहिल, काठमाण्डौ।

No comments:
Post a Comment