Sunday, August 26, 2018

जनैपुर्णिमा


1.
 जनैपुर्णिमा
 धर्म  निरपक्षता
विचरा हिन्दु !

2.
को हो नेता?
झुटो बोल्ने वा धोका
स्वार्थको पोको।

3.
 छुट सवैमा
वोल्न अनि छल्नमा
भागि हिड्,नमा।

.
 वोल्न सक्दैन
आवाज छतापनि
उ विवस छ।

.
विचरा छ उ
छटपटाउदै 
जनैको लागि।

.
सस्कृति त्याग
हत्या वहु नेपाली
कुल्चाई हिन्दु।

.
 के गर्छौ तिमी?
चुपचाप सलाम
धिक्कार्दै मन।

.
विवेकहिन
पशुतुल्य मानिस
धिक्कार्छ  मन।

१०.
 वचनहिन
विवेकसुन्य तिमी
कस्तो मानिस!

११.
सन्सार आफ्नै
अन्धोपनमा झुल्ने
कस्तो मानव!
१२
वोलेरै जित्यौ
मनको पिडा धोई
हारेर जित्यौ।

१३
धन्न्य छ मन
कसोगरी समाल्यौ? 
धन्य छौ तिमी।

१४
सादुवाद छ
समालिएको मन
जनैको धर्म।

१५
आउने    जनै
पर्शुरामको रुप
वन्चरो वोकी।

१६
विनास रोक्ने
सतकर्मको लागि
कस्को विद्रोह?

१७
कालो वादल
किन छायो तिमिमा
असती मन। 

No comments: