Friday, August 10, 2018

फिरौती (Ransom)

२०७५-०४-२५
फिरौती (Ransom)
कक्षा ६ को अङ्रेजी पुस्तकमा पहिलोपटक फिरौती (ransom) भन्ने शव्द सुन्दा नौलो लागेको थिए। पढ्दै गर्दा यस्तो नि हुन्छ र जस्तो लाग्थ्यो तर आज दिनानुदिन यस्ता घटनाहरु घटिरहेका छन। फिरौती शव्द नेपाली जिव्रोमा करिव करिव अग्यात शव्द नै थियो त्यसवेला। त्यसैले पाठ्यपुस्तकमा पाठहरु छनोट गर्नुपर्ने हुदोरहेछ। वाल मस्तिस्कमा नराम्रा कुराहारुले स्थान लिएको हुन्छ। जव मैले पहिलोपटक यस शव्दलाई सुनेको थिए मलाई मेरो मानसिकतामा पनि नकरात्मक सन्देश दिने लागेको थियो। आज त्यहि भएको छ। पाठको उदेश्य त समाजमा यस्ता नराम्रा घटनाहरु घट्नसक्छन, यस्ता घटनादेखि सावधानी जनाएको थियो तर ठिक उल्टो सिकाई भएको छ। त्यसैले पाठ्यपुस्तकहरुमा हातहतियार, विद्रोह जस्ता शव्दहरु प्रयोग गर्दा सचेत हुनेपर्ने देखिएको छ। कतै त्यहीपाठबाट प्रभावित भएर यस्ता घटनाहरु वृदी भएका त होइनन? प्रश्न उठ्न थालेका छन।
वालवच्चाहरु सिकाएका भन्दा नसिकाएका कुराहरु सिक्ने गर्छन। कुनै पनि अभिभावक र शिक्षकले चोर्न हुदैन, झुटो बोल्न हुदैन, असल वानीव्यहोरा वृद्दी गर्नु पर्छ, रुन हुदैन मन्द मुस्कानमा रहन सक्नुपर्छ आदि आदि सिकाइरहेका हुन्छन। वच्चाहरु अभिभावक र शिक्षकले सिकाएका कुराहरुलाई व्यवास्था गर्दै आफ्नै पनमा रम्न र गर्जन थाल्छन। कोहि कसैले वच्चालाई नराम्रो कुरा सिकाएको हुदैन तर पनि त्यहि सिक्छ वच्चाले।
चुरोट तान्ने बाबुआमाले पनि आफ्ना वच्चालाई चुरोट नपिउनको लागि सल्लाह दिन्छन तर वच्चा लुकेर् भने पनि त्यहि सिकिराखेको हुन्छ। कुरा उठ्न सक्छ आफु तान्ने अनि वच्चालाई नपिअ भनेपछि कसरी मान्छ। कुरो सहि नै हो तर नपिउनेका सन्तानहरु पनि कुलतमा फसेका छन।
कुनै शिक्षक तथा अभिभावकले कुनै पनि वालकलाई काममा अल्छि गर्नु, चोर्नु, भ्रष्टाचार गर्नु भनेर सिकाएको हुदैन तर मानव समाज यीनै विकृतिले बिक्रान्त परेको छ। नेपालको दुरदशा पनि यहि नै हो। आफुले गर्दा क्रान्ती अरुले गर्दा आतन्ककारी, आफुले लिदा कमिशन अरुले लिदा भ्रष्टचार, आदि विकृतिहरु हाम्रो सामु देखिएकै छ। हिजोका शाषक सामन्ति आज त्यहि सुविधा आफुले प्रयोग गर्दा कसरी जनपृय बन्न पुग्यो। सिकाइएको सिकाई र शिक्षा पानी जस्तै हुनसक्नु पर्छ जसको न स्वाद छ न रङग नै। तर सन्तुस्टी र हरावरा, जिवन त पानीले नै दिन्छ। आज पानी वन्न सिकाउनु पर्ने छ जसले प्रदुषणको समेत अन्ते गरिदिन्छ। मानिसको सिकाइमा परिवर्तनको आवश्यकता छ। आजको मानिसले सामाजिक हुनुपर्ने देखिन्छ, वातावरण मैत्री नभएमा मानिस प्रदुषणको शिकार बन्ने छ र अन्तमा सारा चराचरहरु नै आक्रान्त हुनेछन।
पाठ्यपुस्तकमा पाठहरु छनौट गर्दा सहि सन्देश दिने हुनुपर्ने देखिन्छ। ५० को दशकमा कक्षा ६ को अङ्रेजी पुस्तकमा भएको फिरौती ransom शव्दले सवैलाई जानकारी दिएजस्तो देखियो। त्यस पाठमा त फिरौती माग गर्नेलाई त प्रहरी पक्ड्डन सफल भएको देखियता पनि यहा हाम्रो दैनिक जिवनमा सहज हुनसकेको छैन। ठूला ठूला पढे लेखेका र बुझ्ने मानिसहरु नै नेपालको राजधानीमा यसको शिकार बन्न पुगेका छन। पैसा कमाउनको लागि धेरै समय लाग्ने तर फिरौतीमा सफल भए त रातारात लखपति, करोडपति बन्ने सपनामा डुब्न थालेका छन केहि व्यक्तिहरु। त्यसैले सम्बन्धित निकायले यतातर्फ पनि ध्यान दिनैपर्ने देखिन्छ।
पाठ्यपुस्तकले त समाजमा यस्ता घटनाहरु घट्नसक्छन तिमीहरु सचेत रहनु पर्छ भन्ने सन्देश होनि तर यसको साथसाथै त्यहि पुस्तक पढ्ने वच्चाको दिमागमा गलत सन्देशले ठाउ लिनसक्दोरहेछ। यसमा सजग र सचेत वन्न सक्नु पर्छ।त्यसैले एक फिल्म हेर्दै गर्दा पनि सवै दर्शकले हिरो र हिरोइनलाई मात्र नभएर भिलेनको पनि नक्कल गरिरहेका हुन्छन दर्शकहरु।पाठ्यपुस्तकका
सामग्रीहरु कहि कतै पुर्वाहग्रही नभै मानवता केन्द्रीत र आयाआर्जन केन्द्रीत बन्न सक्नुपर्छ। सामाजिक, सास्कृतिक र भौगोलिकतालाई केन्द्रीत हुन पर्छ। सवैले अगाल्नसक्ने हुनुपर्छ।
चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ -३२, कास्की, नेपाल।

No comments: