Saturday, February 24, 2024

क्षमादान

 

 
Shared with Public
Public
२०८०/११/०९
क्षमादान
भगवान कृष्णका अनुसार दान भन्दा ठूलाे कुनै यज्ञ हुँदैन । क्षमा नै यश हाे, क्षमा नै यज्ञ वा मनोनिग्रह हाे, क्षमा नै अहिंसा हाे अहिंसा नै धर्म हाे , क्षमा नै पुण्य हाे , अर्थात जाे मानिस क्षमावान हुन्छ उ भगवान तुल्य हुन्छ । क्षमा नै शान्ति हाे । त्यसैले बुझ्नै पर्छ क्षमा दिनसक्नु नै मानिसकाे सर्वाेत्कृष्ट गुण हाे । त्यसैले सिद्धार्थ गौतम मानिस नै थिए र उनले मानिसले गरेका गल्तिलाई क्षमा दिन सके र उनलाफ गाली गर्दा पनि उनी मुस्कुराउन सके त्यही गुणले उनी सबैका मान्य भए र पुज्य पनि भए । आज उनी भगवान बन्न सफल भएका छन । भगवान कृष्णले शिशशुपाललाइ १०० पटकसम्म क्षमा गरेका थिए ।
Jai Shri Radhe Krishna वालमा लेखिएकाे छ ः
क्षमः यशः क्षमा दानं क्षमः यज्ञः क्षमः दमः ।
क्षमा हिंसा: क्षमा धर्मः क्षमा चेन्द्रियविग्रहः ॥
मानिसले बुझ्नै पर्छ ः उ सामाजिक प्राणी हाे । उ समाजमा बस्दछ र उ समाजमा देखेका र भएका राम्रा र नराम्रा कुराहरू मानेर वा नमानिकन पनि स्वीकार्नु पर्दछ । आँखाकाे अगाडि आँफ्नाे घरकाे सदस्यले गल्ति गरिरहेकेा हुन्छ । त्यसमा उसलाई सम्झाउन बाहेक अन्य बाटाे खाेजिन्न । ठिक त्यसरी नै विद्यालयमा विद्यार्थीहरूले गल्ति गरिरहेका हुन्छन । शिक्षकलाई लाग्न सक्छ ः
विद्यार्थी मुर्ख छ । त्यस्ता मुर्ख विद्यार्थीलाई विद्यालयमा राख्न हुँदैन । विद्यार्थीकाे खराव आचरण किन विकास भएकाे छ भन्ने कुराकाे साेधबुझ नगरी दण्डित गरिन्छ भने विद्यालय के का लागि र कस्का लागि ? प्रश्न उठ्ने छ।
विद्यालकाे सबैभन्दा महत्वपूर्ण पाटाे भनेकाे विद्यार्थी नै हाे । विद्यार्थी छ र शिक्षक रहन्छ । विद्यार्थी र शिक्षक हुन्छ र पठनपाठन पनि हुन्छ । फेरी शिक्षक भनेकाे नै गुरू हाे । गु काे अर्थ अन्धकार हाे भने रू काे अर्थ हटाउनु हाे । अर्थात मानिसकाे मनमा रहेका अज्ञानका किरणहरू वा गलत साेचलार्लाइ हटाइ असल मार्गमा हिडाउन सक्ने व्यक्ति नै गुरू हाे र गुरू क्षमाशील बन्नै पर्छ । पत्येक शिक्षक आत्मकेन्द्रीत बन्न हुँदैन । उसले विद्यार्थीहरूका सानातिना गल्तिलाई क्षमा दिदै सतमार्गमा हिडाउन सक्नुपर्छ । शिक्षकले बुझ्नुपर्छ विद्यालयहरू विद्यार्थी नभएकाे कारण बन्द भैरहेका छन र विद्यालयको महत्वपूर्ण पाटो विद्यार्थी नै हुन। प्रत्येक विद्यार्थी शिक्षकको जागीरसँग पनि जोडिएका हुन्छन्। शिक्षकलाई विद्यार्थीसँग भएको समस्या कसको कारणले हो त्यसको वारेमा बुझ्नु जरुरी छ।
यहाँ एक प्रसँग केलाउँदा राम्राे हुनेछ ः
वशिष्ठ र विश्वामित्र बिचमा श्रेष्ठताको बारेमा मतभेद हुँदै गर्दा विशिष्ट को हो भनी छुट्याउने क्रममा यही यही मानवीय गुणकाे आधारमा छुट्टाइएकाे हुन्छ । भगवान ब्रह्माले विश्वामित्रले घोर तपस्या गरेर प्रसन्न हुँदाहुँदै उनले राजर्षि भनेर संबोधन गरेका थिए । विश्वामित्र यस वरदानमा संतुष्ट थिएनन। उनीले अप्रत्यक्ष रूपमा ब्रह्माले उनी माथि न्याय नगरेकाे भनी गुनासाे गरेका थिए । ब्रह्माजीले उनलाई त्यसाे गर्नाकाे कारण किन हाे बुझ्ने छाै ।तिमिले जे बुझ्न सकेका छैनाै , मैले जे तिमीलाई जे दिन सकेकाे छैन तिमी त्याे प्राप्ति गर्ने छाै।
राजा विश्वामित्रले वशिष्ठसँग प्रतिशाेध लिन थाले । तर वशिष्ठ क्षमा की प्रतिमूर्ति थिए। उनीले याे पनि भुलि दिए की उनकाे छाेराकाे हत्यारा राजा विश्वामित्र थिए । उनी आफ्नो पत्नी अरुंधतिसँग विश्वामित्रकाे तपकाे प्रशंसा गरिरहन्थे । एकदिन विश्वामित्र हातमा तरवार लिएर वशिष्ठ की हत्या गर्नकाे लागि उनकाे आश्रममा लुकेर पुगेका हुन्छन । उनीले वशिष्ठ र अरुंधति को बात गरेकाे सुनेका हुन्छन । वशिष्ठ भन्दैथिए- अरुंधति! तपस्वी त विश्वामित्र जस्ताे बन्नुपर्छ । याे सुनेपछि राजर्षि विश्वामित्रकाे हातमा रहेकाे तरबार हातबाट खस्छ । त्यसपछि विश्वामित्र वशिष्ठकाे चरणा छुँदै भन्ने थाले क्षमा! दिनुहाेस ऋषिवर !
त्यसपछि ऋषि वशिष्ठले भने ब्रह्मर्षि विश्वामित्र! उठ्नुहाेस ।
जाे भगवान ब्रह्माले दिन नसकेकाे वरदान ऋषि वशिष्ठले दिनुभयाे जसकाे अनुमाेदन पुष्पवृष्टी गरेर देवताले गरिदिनुभयाे । त्यसैले भन्नुपर्छ र बुझ्नुपर्छ क्षमादान नै सर्वाेत्कृष्ट दान हाे ।
शिक्षकले बुझ्नुपर्छ ः विद्यार्थी विनाकाे विद्यालय हुनसक्दैन । विद्यार्थी नबुझ्ने भएकाेले ने ज्ञानकाे लागि विद्यालय गएका हुन्छन ।मानिसकाे पहिरन मानिसकाे लागि भ्रम हाे । उ आफु कपडाले ढाकिएर लाज छाेपेकाे अनुभुति गरेकाे हुन्छ । मानिस सबैलाई थाह छ ः मानिसका अंग प्रत्यगं कहाँ र कस्ता छन । त्यही अंग प्रत्यङगहरू शिक्षकले विद्यार्थीलाई बुझाउनकाे लागि तस्वीर काेरेकाे हुन्छ , भिडियाे देखाएकाे हुन्छ । त्यसैले सबै शिक्षक क्षमाशील बन्न सक्नुपर्छ । विद्यार्थीकाे गलत बाटाेलाई सही मार्गमा डाेरर्रयाउने कार्य शिक्षककाे हाे । त्यसैले त शिक्षक गुरु हो।

No comments: