२०८०/११/०२
नेपालको संविधान २०७२ नेपाल सरकारले पालना गरेको छैन।
किन?
किन कि
नेपालको संविधानको भाग ३ मा मौलिक हकको धारा ३१ को १ र २ मा लेखेको छ:
कहाँ छ निशुल्क शिक्षा?
सरकार देशको संबिधान मूल कानून हो।
यसको पालना सबै पालना गर्नुपर्दछ। तर नेपाल सरकारले माध्यमिक तहको शिक्षा निशुल्क गराउन सकेको छैन।
फेरी धारा १८ मा समानताको हकको कुरा लेखेको छ। समानता कहाँ छ?
नेताको उपचारमा करौडौ खर्चने गर्ने गरेको देखिन्छ तर सर्वसाधारणलाई सिटामोल छैन।
समानता कहाँ छ?
ज्यालामा त्यत्तिकै असमानता छ।
अव गम्भिर भएर सोच्नुपर्ने बेला भएको छ।
शिक्षा अस्तव्यस्त भएको छ।
उच्च शिक्षाको लागि विश्वविद्यालय खोलिएका छन तर तीनमा विद्यार्थी नहुने अवस्था छ।
गाँउ खालि हुन लागिसकेको छ र विस्तारै नेपालका शहर पनि त्यही गतिमा उदोगतिमा छन्।
राजनैतिक वाद समस्या होइन देशको सम्वृद्धिको लागि तर व्यक्तिको आचरण हो ।
किनकि:
कम्निस्ट व्यवस्था भएको देश चाइना बिकासको अग्रपङ्क्तिमा छ।
राजतन्त्र भएको बेलायत सम्पन्न छ।
प्रजातन्त्र भएको देश अमेरिका र भारत विकासको शिखरमा नै छन् तर नेपालमा राणा प्रधानमन्त्री देखि गणतन्त्रका प्रधानमन्त्रीको अवस्था उस्तैउस्तै छ।
नेपालले खोजेको परिवर्तन यो थिएन।
No comments:
Post a Comment