Saturday, February 24, 2024

शिक्षाले शिक्षार्थीलाई :

 २०८०/०९/२७

शिक्षाले शिक्षार्थीलाई :
- साक्षर बनाउन सक्नुपर्छ।
- साक्षरको अर्थ अक्षर र अंक मात्र नभएर जीवन पढ्न सक्ने बनाउनुपर्छ।
- अधिकारको लागि विद्रोही बनाउन सक्नुपर्छ।
- जिउने सिप सिकाउन सक्नुपर्छ।
- शान्त र सौम्य भइ सिष्ट रुपमा जीवन जिउने कला सिकाउन सक्नुपर्छ।
- आत्मनिर्भर बनाउन सक्नुपर्छ।
- शान्तिको गाथा गाउँदै हत्या ,हिंसा र बिनासको विरुद्धमा लड्न सक्ने बनाउन सक्नुपर्छ। जब
- मागेर होइन दिएर खानमा रमाउने असल नागरिक बनाउन सक्नुपर्छ।
- जीवन प्राप्तिमा भन्दा पनि अभावमा बुझ्ने भएकोले मानवताको भाषा सिकाउन सक्नुपर्छ।
- अंहकार विनासको कारण हो भने मुस्कान मानवको सबै भन्दा बलवान हतियार हो भन्ने बुझाउन सक्नुपर्छ।
- मानिस वा जीव जिवात्माहरु यस धर्तिमा केही क्षणका पाहुना हुन र अजम्बरी कोही छैन भन्ने सिकाउन सक्नुपर्छ।
- मानिसको जन्म मृत्युको लागि हो र जीवन कर्मको लागि हो। त्यसैले असल कर्म गर्दै जानुपर्छ तर फलको अपेक्षा गर्नुपर्दैन किनकि विउ रोपेपछि उम्रन्छ र उम्रेपछि फुल्छ र फल्छ । यो प्राकृतिक नियम नै हो भन्ने कुरा बुझ्न सक्ने बनाउन सक्नुपर्छ।
- मुस्कानले ह्रदय पगालिदिन्छ भने कर्कस आवाजले मानिसलाई टाढा पुर्याइदिने भएकोले मुस्कुराउन सिकाउन सक्नुपर्छ।
- धन, दौलत , शक्ति, हावा, पानी चलायमान हुन्छन र ती कसैको सदाको लागि हुन सक्दैनन् भन्ने बुझाउन सक्नुपर्छ।
- शक्तिले मानिसलाई अन्धो बनाउने भएकोले सुरक्षाको घेराबाट सदैव बाहिर हुनुपर्छ भन्ने सिकाउन सक्नुपर्छ ।
- जन्म र मृत्युलाई सहर्ष स्वीकार्न सक्ने बनाउन सक्नुपर्छ।
- प्राप्ति र अभाव मिलन र विछोड प्राकृतिक नै भएकोले यसलाई सहर्ष स्वीकार्न सक्ने बनाउनुपर्छ।
- आफुलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन होला भन्ने ठानेर सोही अनुसार चल्न सक्ने बनाउनुपर्छ।
- उध्यमी बनाउन सक्नुपर्छ।
- नेपालको शिक्षाले शिक्षार्थीलाई बिद्रोही बनाउन सकेको छैन। नेपालको संविधानमा भएका अधिकार प्रयोगको लागि विद्यार्थीहरु नेपाल सरकारकाे सँग बोल्न सकेका छैनन। नेपालको संविधानको भाग ३ धारा ३१ मा मौलिक हक भित्र शिक्षालाई राखेको छ। यसले भनेको छ आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहको शिक्षा निशुल्क भनेर लेखेको छ। त्यसैले शिक्षाले सिकाउन सक्नुपर्ने हो : हे विद्यार्थीहरु तिमीहरु निशुल्क शिक्षाको लागि विद्रोही बन। यो र यस्ता आवाज बोल्न सक्ने बनाउन सक्नुपर्छ।
- शिक्षा र स्वास्थ्य निशुल्क सरकारले आफ्नो नागरिकलाई उपलब्ध गराउन सक्नुपर्छ भन्ने कुरा सिकाउन सक्नुपर्छ। नगरेको अवस्थामा विद्यार्थी विद्रोहको आवाज बोल्न सक्ने हुनुपर्छ।
- आरक्षणको विरोध गर्दै समानताको पाठ सिकाउन सक्नुपर्छ।
- आफ्नो पुर्खा, माटो, समाज र समग्र मानवताको लागि आवाज बन्न सक्ने विचार दिन सक्नुपर्छ।
- जात, जाती, धर्म ,संस्कार र संस्कृतिको जगेर्ना गर्न सक्ने बनाउन सक्नुपर्छ।
- धर्म आत्मशुध्दीको मार्ग हो, परोपकारकाे मार्ग हो , मानवताको मार्ग हो भन्ने अनुभुति दिलाउन सक्ने बनाउन सक्नुपर्छ।
- भ्रष्टाचार, कुरिती, कुसंस्कार आदिको अन्त्य गर्न सक्ने बनाउन सक्नुपर्छ।
- कर्मशिल हुँदै एक असल नागरिक बन्न सक्ने सोच भरिदिन सक्नुपर्छ।
- आफुभन्दा ठूलोलाई आदार र सानोलाई माया गर्ने बनाउन सक्नुपर्छ।
- कुनै पनि प्रकारको विभेदिकरणको अन्त्य गर्दै सबैलाई समान अवसर जुटाउन सक्नुपर्छ।
- मानसिक, शारिरिक, सामाजिक र आध्यात्मिक रुपमा सवल र सक्षम नागरिक बनाउन सक्नुपर्छ।
- ठूलो दरबार र राम्रा विस्तारा र मीठो भोजनले शान्ति दिदैन तर लोभ, क्रोध, मोह, कामवासनालाई त्यागी आत्मबोधको मार्गले मात्र व्यक्तिमा शान्ति र समाजमा शान्ति र विकास फष्टाउन सक्ने सन्देश दिन सक्नुपर्छ।
क्रमशः

No comments: