Saturday, February 24, 2024

शिक्षकले बुझ्नु पर्छ:

 

 
Shared with Public
Public
२०८०/०९/२५
शिक्षकले बुझ्नु पर्छ:
- विद्यार्थी जान्दैनन् र विद्यालय आउँछन् सिक्नको लागि।
- वर्षभरी कक्षामा नियमित रुपमा उपस्थित हुने विद्यार्थीको सिकाइ उपलब्धि ०सून्य छ भने विद्यार्थी असफल कि शिक्षक?
- शिक्षकहरुको गुनासो रहेको हुन्छ: सधैं फेल भएको विद्यार्थी माथिल्लो कक्षामा कक्षाेन्नतीको कारणले केही विषयमा फेल हुँदाहुँदै कक्षा चढेको हुन्छ। अनि उ कसरी पास हुन्छ?
- शिक्षकले विर्सिरहेको हुन्छ सानो कक्षामा अब्बल विद्यार्थी माथिल्लो कक्षामा आइपुग्दा कमजोर हुन्छ।
- राम्रो र मीठो बोल्न जान्दैन विद्यार्थी। ठिकै हो। विद्यालयको सुरुमा आउँदा विद्यार्थीसँग ज्ञान भएन बोलेन तर वर्ष भरी कक्षामा आफैंले आफ्नो कक्षामा राखी अद्यापन गराएको विद्यार्थी राम्रो बोल्न जान्दैन भने दोषी को?
- अनुशासित छैन विद्यार्थी। अनुशासनको परिभाषा समय अनुसार बदलिन्छ। कुनै संघ ,सस्था, वा विद्यालयको नियमको उल्लघंन गरेको खण्डमा विद्यार्थीलाई अनुशासन नभएको भनिन्छ तर पनि शिक्षक आफु कति अनुशासित भएको छ कहिल्यै पनि स्वमूल्यांकन गरेको हुँदैन। विद्यालय ज्ञान आर्जनका लागि हो भन्दाभन्दै पनि John Holt ले लेखेका छन् School is bad for children.
आजको शिक्षकको अवस्था कि गर कि मरको अव्यवस्थामा छ। अर्थात ३५ वर्षको चिलको अवस्था। कि बदल्न सक्नुपर्यो कि बदलिनुपर्यो।
- अनुशासन समय र स्थान अनुसार फरक हुन्छ।
- गुरुङ समुदायका युवा युवती रोदी घर जानु उनीहरूको संस्कार हो भने बाहुन छेत्रीका सन्तान रोदी घर पुग्छन भने उनीहरु उत्ताउला हुन सक्छन्।
- बुझ्नुपर्छ एक नेवार गणेशको मन्दिरमा पुग्दा अण्डा र रक्सी लिएर जान्छ भने त्यही स्थानमा एक बाहुन छेत्री पुग्छ भने फूल र पानी लिएर जान्छ। पुज्ने गणेश तर तरिका फरक बुझ्नु पर्दैन। फेरी राई सुँगुरको मासु मिठो मान्छ तर मुसलमान छुँदैन।
यी असमान अवस्थामा रहेको शिक्षक आफुलाई जागीरेको रुपमा नभइ एक इमान्दार शिक्षक भइ समय अनुसार परिवर्तन भइ अहिलेको वैज्ञानिक आविष्कारकाई हिजोको संस्कार र संस्कृतिसँग जोड्दै अगाडि बढ्नुको विकल्प छैन। हिन्दु गाई पुज्छ तर मुशलमान र कृश्वियन गाई खान्छ।
- पश्चिमाका युवतीको छोटो वस्त्र पहिरनलाई आधुनिक ठान्नेहरु आफ्नो छात्राहरु छोटो स्कर्टमा देखिदा उत्ताउलो ठान्ने सोच गलत हो। युवती चाहे पश्चिमा मुलुकको होस वा आफ्नो देशको उनीहरू मानवताको आधारमा एकै हुन तर भाषा, धर्म, संस्कार र संस्कृति फरक छन् भन्ने बुझ्नसक्नुपर्छ। र यहाँ पनि अनुशासनको परिभाषा फरक हुन सक्छ।
- शिक्षक विद्यार्थीको सफलतामा रमाउने र गलत बाटोमा हिडेकोलाई सही मार्गमा ल्याउने कार्य शिक्षकको नै हो। विद्यार्थी सही आचरण भन्दा वाहिर गएको छ भने शिक्षकले बुझ्नु पर्छ उनको ध्यान विद्यार्थी माथि केन्द्रीत छैन।
- एक विद्यालयबाट कमजोर भनी अर्को विद्यालयमा गइ अद्ययन गरेर कक्षाेन्नती भएमा शिक्षक असफल कि विद्यार्थी?
शिक्षकले सोच बदलौं र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नको लागि सबै लागौं , विद्यार्थी खराब छन् भन्ने सोचबाट बाहिर निस्की उनीहरूलाई असल बनाउने कोशीस गरौं, सबैको कल्याण यसैमा हुनेछ।
चन्द्र कान्त पण्डित
नि. प्रधानाध्यापक
पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल काठमाडौं।

No comments: