Saturday, February 24, 2024

अधिकार खोज्नै पर्छ

 2078/09/25

अधिकार खोज्नै पर्छ सचेत नागरिकले। तर कर्तव्य पुरा गर्न नसक्ने कसैले अधिकारको कुरो उठाउनु पनि लाज नै हो। आफुलाई स्नेह गरेको थाह नपाउनु पनि मुर्खता नै हो।
शिक्षक असल बन्ने प्रयास गर्नै पर्छ। शिक्षक , बाबा र आमाको नक्कल बालबच्चाले गर्ने गर्छन। अनि ती बाबा,आमा र शिक्षक नै गलत मार्गमा लागेमा मानव समाज उदोगतिमा लाग्ने छ। बच्चाले गलत लेख्दै छ, अभिभावक सम्झाउन खोज्दै छ गलत लेख्यौ भनेर। उ सच्चि्न तयार हुदैँन वर भनिदिन्छ मेरो म्यामले भनेको भनेर कति विश्वास छ शिक्षक प्रति तर केही शिक्षक समयलाई नबुझिकन बच्चालाई दोषि देख्छन। कुरै नबुझी मन
गलत शव्दको प्रयोग। मैंले धेरै पटक सुनेको छु: १२ वा तौर वर्षको उमेरमा वाल वच्चा हलक्क बढेका हुन्छन्। अगिल्लो वर्ष सिलाएको घुडामुनि आउने फरक अर्को वर्ष घुडा माथि पुगेको हुन्छ। नसोचिकन शिक्षक भनिदिन पुग्छ, कस्तो उत्ताउली भएछ।
आजको आवश्यकता नै वच्चाले शिक्षक माथि गरेको विश्वास लाई विश्वास घातमा पुर्याउन हुदैँन र शिक्षकले आफुले बोलेका शव्दहरुले कसरी पिडादायी भुमिका खेल्दछ कालन्तरमा।
कसैले पिट्यो,गालि गर्यो। भने त्यही बच्चाले बा ममिलाई भन्दिन्छु भन्छ। उसको वाल मस्तिष्कमा सवै भन्दा बलिया बाबा ममि र सवै भन्दा जान्ने शिक्षक। अनि तिनै अग्रजको
मुल्याङ्कन गलत भएमा के हुनेछ?
आज हामी सबैले बुझ्नुपर्छ अरुबाट मान सम्मानको खोजि गरिन्छ भने आफुले सम्मान दिन सक्नुपर्छ। सम्मान दिनेले मात्र सम्मान पाउछन्। जस्तो रोप्यो त्यस्तै फल लाग्दछ। जे रोप्यो त्यही फल्दछ। मीठो बोलाै सबैको कल्याण यसैमा छ। केही वालवालिका यस्ता छन , कति मीठो बोल्छन अनि लाग्ने गर्दथ्यो पक्कै पनि यी र यस्ता बालकको घरमा कति शान्ति होला बाबु आमा पनि कति सुशिल होलान तर जब वालिका आफन्तजन भेट हुन्छ त्यो पाइदैन। अनि त्यही बेलामा याद आउँछ वालक ध्रुव अनि प्रल्हाद र एकलब्य पनि।

No comments: