२०८०/०९/२९
- गलत तरिकाले सुरु गरिएको कार्यको नतिजा गलत नै हुने सम्भावना बढी हुन्छ।
- नेपालको राजनीति हत्या,छल र कपटबाट नै सुरु भएको छ, - -त्यसैको नतिजा स्वदेशमा रोजगार नपाएर विदेशीन खोज्दा गोली ठोकिएको छ।
- चाहे त्यो आगजनी होस वा हत्या वा तोडफोड,वा हिंसा वा बलत्कार कानूनको दृष्टिमा सबै अपराध नै हुन। ती क्षम्य कार्य हुँदैहोइन।
- कानून सबैको लागि समान भन्ने दृष्टिकोण छ भन्ने सबैले महशुस गर्नसक्ने हुनुपर्छ।
- हिजो राजाको कालमा ऋण लाग्यो भन्दै गर्दा गणतन्त्रमा हामीले नेपाल ऋण विहिन भएको छ भन्ने भएको भए गणतान्त्रिक मुलुकका नागरिक हामी मुलुकमा भएको बेग्लै सान हुने थियो।
- अँ प्रति व्यक्ति आम्दानी पनि बढेको कस्तो सान हुने थियो।
- विदेशीहरु नेपालमा शिक्षा, रोजगार र पर्यटक बनेर आउँछनन् भन्न पाएको भए पो गणतन्त्र जस्तो हुने थियो।
- नाताबाद, कृपावाद र परिवारवाद एकादेशको कथा बनाइदिएको भए कति सुन्दर हुने थियो।
- सेवा नै धर्म हो भन्ने सोच सबैमा जागृत भएमा शान्ति आफै पिछा गर्ने थियो।
- नेपाली युवा युवतीहरु आफ्नै भिर पखेरामा आफ्नै परिवारका साथ मा रही बेला बेलामा आफ्नो खर्चमा विदेशी सयर गर्न सक्ने अर्थ तन्त्र भैदिएको भए कति गुणगान योग्य हुनेथियो।
- राजा विरेन्द्र र पम्फा देवीको नाममा स्वीस बैंकमा नेपाली पैसा छ भन्नेहरुले त्यो पैसा नेपालमा ल्याइ बिकासमा प्रयोग गरिदिएको भए र यदि सत्य भएको भए स्वर्गीय बिरेन्द्र जहाँ भए पनि पछुताउनु पर्ने थियो र लाग्ने थियो मैले कत्रो बदमासी गरेको रहेछु है भन्ने हुने थियो तर जो जोले भने उनकै बेग्लै कथा सुनिन्छ त। किन होला?
- सामन्ती शव्दको परिभाषा परिवर्तन भएको हो र?
- समानुपातिक हारेकाको लागि सुरक्षा कवच हो र?
- सधैं एकै व्यक्ति मन्त्री प्रधानमन्त्री बन्नै पर्ने हो र?
-अरुलाई जे भनियो आज त्यही गरिन्छ भने संघर्ष के का लागि कसका लागि रहेछ र?
- गलत मार्ग त्यागेर सत मार्गमा लाग्नु नै आजको आवश्यकता हो।
No comments:
Post a Comment