Saturday, February 24, 2024

शिक्षक किन हेपिएको?

 २०८०/०८/०२

शिक्षक किन हेपिएको?
शिक्षकको नेतृत्व निरीह र कृतघ्न बन्नुहुँदैन।
शिक्षक भएरै होला मनमा लाग्ने गर्दछ:
नेपालको शिक्षक किन हेपिएको छ।
फेरी सम्झन्छु दशैंको बेलामा अहिले स्वर्गे भैसकेका हजुरबा र आमाको दशैंको आशिष:
काँस झै फुलेस
बाँस झैं नुगेस
पढीलेखी ज्ञानी बनेस
अन्तमा
मास्टर‌ बनेस बाबु!नानी!
तर आज आएर त्यही मास्टर हेपिएको छ।
परिवारका सदस्यका बिचमा परिचय हुँदा उहाँ सचिव, उहाँचाँही प्रहरी आजिपि अनि उ त्यहाँ रहने आर्मिको जर्नेल उ उहाँचाही फलानो राजनैतिक दलको जिल्ला सभापति तर सबैको बिचमा रहेको शिक्षकलाई परिचय गराँउदा त्यो शिक्षकलाई बिर्सन्छ।
किन होला?
किनकि उ सँग गाडी छैन,रवाफ छैन
शिक्षक पनि कुनै तहको गणना योग्य मानिस होत ?
फेरी यही बेलामा दिमागको अर्को कुनाबाट झड्का हान्छ:
यतिधेरै किन बोल्नुपरेको होला।
किन?
किनकि जो जहाँ जे भएपनि उनीहरुको जीवनको शैक्षिक यात्रा देखि पेशामा नछिर्दाको दिनसम्म त तीनै मास्टर थिए उनीहरुका पथप्रदर्शक।
आज तीनै मास्टर शिक्षक किन उपेक्षित भएको छ?
शिक्षकका संघ, संगठन र महासंघ नै दोषि हुन् ?
हिजो यी थिएनन
दशैंको आशिष माष्टर भएस।
तर आज त यो पनि सुनिदैन।
किन ?
किन कि नेतृत्वले साख जोगाउन सकेन र शिक्षक शिक्षक बन्नै सकेको छैन।
शिक्षकका अधिवेशन आँउछ शिक्षकका सदष्यको नामलिष्ट हुँदैन तर पनि अधिवेशन गर्नुपर्छ।
अधिवेशन त गर्यो फेरी झुण्ड तयार हुन्छ: यो भए ठिक त्यो भए बेठीक।
जव समूह हुन्छ नि त्यहाँ त विचार दिन सक्ने व्यक्ति हुनुपर्ने।
तर नेतृत्वले विचार दिनसक्ने होइन आफ्नो कठपुतली तयार गर्छ। उसको कठपुतली भैइनजेलसम्म सबै भन्दा विश्वासीलो हुन्छ तर उ प्रति असन्तुष्ट जनाउँछ अनि सबैभन्दा खराब र टाढाको।
हिजो कसैले कुनै कोठाभित्र बसेर टिका लगाइ नेतृत्वमा पुर्याइदियो
अनि नेतृत्वले संगठनात्मक कार्यमा बोलाउँदा उपस्थित हुँदैन भने त्यो कुनै पनि शिक्षकका संघ संगठन साधारण सदस्य बन्न नहुने व्यक्ति नेता हुन्छ।
फेरी आफु नेतृत्वमा रहँदा शिक्षक महासंघ गठन गर्न नसक्नेहरु शिक्षक महासंघको पदमा जान पाउनुपर्छ भन्दछ। कति निरिह छ शिक्षक समाज।
शिक्षकको अधिवेशन गर्दा ऐन कानुन र नियम चाँहिदैन तर आफुभन्दा फरक सोचको व्यक्ति भयो भने उसमा बखेडा थाप्ने व्यक्ति सच्चा शिक्षकको नेतृत्व भए पनि त्यसलाई दिशा निर्देश गर्न सक्दैन।
शिक्षकको नेतृत्वको कारणले शिक्षक विभाजित भयो। विभाजनको कारणले अग्र पंक्तिमा आउने शिक्षक उपेक्षित भएको छ।
लाखौ शिक्षक सडकमा बोलाएर एक कार्यकाल सकेर दोस्रो कार्यकालको लागि समय थपेर शिक्षक महासंघ आफैमा कमजोर छ। अहिलेको आन्दोलनले झन कमजोर बनाएको छ। शिक्षकको नाममा आन्दोलन गरेर शिक्षकका जायज मागलाई पाखा पार्दै आफु केन्द्रित मागमा हस्ताक्षर गर्ने शिक्षक नेतृत्वलाई के भन्ने?
आजको आवश्यकता शिक्षक एकता नै हो।
शिक्षाले दिशा निर्देशित नगरिदिएपछि राष्ट्र भद्रगोल हुन्छ। आज त्यही भएको छ।
शिक्षाले दिशा निर्देशित नगरेको कारण आज विततिथी मौलाएको छ। वेतिथी विद्यालयबाट नै सुरु भयो
शिक्षकले शिक्षा ऐन कानुन मानेन। यो फेरी शिक्षकलाई दोष दिइयो।
कुनै पनि विद्यालयमा शिक्षक आफै प्रधानाध्यापक बन्न सक्दैन। प्रधानाध्यापक बनाउने काम विद्यालय व्यवस्थापन समिति र शिक्षा विभाग वा समन्वय रह्यो। उसैले प्रधानाध्यापकको पगरी लगाइदिने र उसैलाई योग्यता नपुगेको भनिदिने। दोषी को?
-पहिलो दोषी शिक्षक स्वयं
-दोस्रो दोषी विद्यालय व्यवस्थापन समिति
- तेस्रो दोषी शिक्षक विभाग वा समन्वय जसलाई प्रथम दोषी पनि भन्न मिल्छ।
हिजोको शिक्षाले आज नेपाल कमजोर भयो।
किन?
-किनकि शिक्षाले दिशा निर्देश गर्न सकेन।
- भ्रष्टाचार गर्नुहुँदैंन भनेर बुझाउन सकेन।
- वेतिथिको विरोध गर्न सक्नुपर्छ भन्न सकेन।
- आत्मनिर्भर बनाउनै सकेन।
- ऐन कानुन सबैले समान तरहले मान्नुपर्छ भन्न सकेन वा बुझाउन सकेन।
-देशको आवश्यकता अनुसारकाे जनशक्ति उत्पादन गर्न सकेन।
राष्ट्र प्रेम बुझाउनै सकेन।
- आज गाउँघरमा विकासका पूर्वाधार पुगेको छ : बाटो, पानी, बत्ती तर त्यँहा मानव वस्न छोडेको छ।
शिक्षकले अनावश्यक रुपमा झुक्न हुँदैन र चाकडि गर्न हुँदैन भन्न सकेको छन। समग्रमा शिक्षक एक भएर समाजका विकृतिहरूको वारेमा विरोध गर्दै अशल शिक्षक नेतृत्व तयार पार्नुपर्छ।
तर पनि
अरुले जे सुकै भनुन
मेरो लागि सर्वोत्कृष्ट पेशा शिक्षक नै हो
किनकि शिक्षकको जीवन सधैं ती भविष्य भरिएका बालबालिकाको अनुहार पढ्दै बितेको हुन्छ।
नयाँ नयाँ खोजमा डुब्न पाएको हुन्छ।
उनीहरुको प्रगतिमा आनन्द आँउछ।
जता पुग्दा पनि भुत र वर्तमानका विद्यार्थी सँग भेट हुन्छ।
अरुले अनादर गरे पनि आफ्नो विद्यार्थी सधैं आफ्नो शिक्षक प्रति आदर भावले अनुग्रहित हुन्छ।
मेरो लागि ३१ वर्षको अनुभवमा एक दिन पनि नरमाइलो रहेन।
जसले जे भने पनि यो पेशा मेरो लागि पूर्वीय दर्शनमा पुज्य भएझैँ अरु देशमा सर्वोत्कृष्ट भएझैँ मेरो लागि पनि सर्वोत्कृष्ट छ। किन कि यही पेशा अँगाल्दै गर्दा अवोध बालबालिका देखि जवान युवा युवतीहरुसँगको सामिप्यता रहिरहन्छ जसले मानवताको परिवर्तनको वेग बुझ्न सजिलो भैरहेको हुन्छ। पिडा जति सबै जब मुस्कुराइरहेका विद्यार्थी भाइबहिनीहरु देखापर्छन छितिजमा अस्ताएको सुर्यको रुपमा पिडाहरु पनि विलिन हुन्छन्।

प्रदिप गिरीको सोचबाट पूर्वीय

 २०८०/०९/२४

प्रदिप गिरीको सोचबाट पूर्वीय दर्शनको आधारमा
कति सुन्दर लोकौति छ:
मूर्खहरू त्यहाँ जान आतुर हुन्छन्, जहाँ बुद्धिमान्हरू टेक्न पनि डराउँछन्।’
कलियुगका मानिसहरु प्राय मोजमस्तीमा जीवन जिउन खोजेका हुन्छन्। उनीहरु मांस र मादक पदार्थमा रम्ने गर्छन् । यति मात्र हो सुरा र सुन्दरीलाई जीवनको लक्ष ठान्छन्। समाजमा नाम कमाएका उच्चपदस्थ कर्मचारीहरु देखि राजनितिज्ञ सम्म विद्यार्थी देखि शिक्षकसम्म दारु पिएर जिउरो लट्ठ्याउँदा आफुलाई गौरवशाली मान्ने गर्दछन्। जुन गलत विचार र आचरण नै हो। कहिलेकाहीँ त प्रवचन दिने व्यक्ति समेत गोडा बङ्ग्याउँदै जिउरो
लट्ठाउँदै गर्दा समेत सगौरव हिड्ने नविन गलत परम्पराको सुरुवात भएको देखिन्छ। सात्विक भोजनलाई भोजनको रुपमा लिन नसक्ने र आखिरमा जे खाए पनि दुर्गन्धित भएर जाने हो भन्ने सोच बुझ्न नसक्नु वर्तमान मानिसको कमजोरी नै हो तर पनि केही वुध्दीमान व्यक्तिहरु यी र यस्ता ठाउँमा जान डराइरहेका हुन्छन्। त्यसैले धन, बल र शक्तिले मात्र मानवलाई हुँदैन आखिर चाहिने वुध्दी र शुध्दी नै र जीवनको अन्तिम लक्ष्य मोक्ष नै हो भन्ने कुरा बुझ्नु जरुरी छ। मानव समाजमा देखिएका जातीका बारेमा चिरिएको प्रसंग प्रदिप गिरीले महाभारतबाट साभार गरिएको दृष्टान्त यहाँ मानव जगतमा वर्गीय कुराको अपव्याख्या कसरी सहजताका साथ ब्राह्मणलाई दर्शाइएको छ त्यसलाई यहाँ उहाँकै शब्दमा पस्किएको छु।
महाभारत वनपर्व (अध्याय १७८–८१) मा एउटा कथा छ। त्यहाँ एउटा नहुष नामको राजा ऋषिको श्रापले गर्दा अजिंगर सर्प बनेको थियो, जुन सर्पले एक दिन पाण्डवका पाँच भाइमध्येका सबैभन्दा बलवान् भीमसेनलाई बेरेर खान लागेको हुन्छ। युधिष्ठिरले आफ्नो भाइलाई त्यो अवस्थामा देखेपछि सर्पसँग भन्छन् कि तिमीलाई म अन्य भोजन दिन्छु मेरो भाइलाई छोडिदेउ। तर सर्पले मान्दैन। नमाने पछि उनले भन्छन्, ‘भन तिमीलाई मैले के कुराले खुसी बनाउन सक्छु र तिमीले मेरो भाइलाई छोड्न सक्छौ ?’ सर्पले भन्छ, ‘यदि मैले सोधेका प्रश्नको तत्काल उत्तर दिए तिम्रो भाइलाई छाडुँला।’ युधिष्ठिरले यो सर्त स्वीकारे।
सर्पले भन्छ, ‘ब्राह्मण को हो र उसका लागि जान्न योग्य तत्व के हो ?’ त्यसको उत्तरमा युधिष्ठिरले भन्छन्, ‘जसमा सत्य, दान, क्षमा, सुशीलता, क्रूरताको अभाव, तपस्या र दया यी सात गुण देखिन्छन्, त्यही ब्राह्मण हो। अनि ब्राह्मणले जान्न योग्य तत्व परम ब्रह्म हो, जुन दुःख र सुखबाट पर छ र जसलाई जानेर मानिस शोक मुक्त हुन्छ।’ फेरि सर्पले भन्छ, ‘ती सात गुण शूद्रमा पनि हुन्छन्। अनि दुःख र सुखभन्दा पर मैले कुनै वस्तुको सत्ता देख्दिनँ।’ फेरि युधिष्ठिर भन्छन्, ‘यदि शूद्रमा सत्य आदि सात लक्षण छन् भने ऊ शूद्र होइन र यदि कसैलाई ब्राह्मण मानिएको छ, तर उसमा ती सात लक्षणको अभाव छ भने ब्राह्मण होइन। साथै सुख–दुःखरहित त पदार्थ छैन, तर एक यस्तो पद पनि छ जहाँ जसरी बरफमा गर्मी र आगोमा शीतलता हुँदैन, त्यसरी एउटा त्यस्तो वेद्य–पद छ, जुन वास्तवमै सुख–दुःखरहित छ।’
फेरि सर्प भन्छ, ‘आचारले हुने भए त जाति व्यर्थ हुनुपर्ने !’ तब युधिष्ठिर भन्छन्, ‘मानिसमा जातिको परीक्षा गर्न बडो कठिन छ, त्यसैले तत्वदर्शी विद्वान् ले शीललाई प्रधान मान्छन्। जसमा संस्कारका साथै सदाचार पनि उपलब्ध छ, उही ब्राह्मण हो।’ यो सुनेपछि सर्पले भीमसेनलाई छोडिदियो।
युधिष्ठिर–नहुष संवादका अनुसार जन्मँदैमा कोही ब्राह्मण हुँदैन। जो शीलवान, दयालु र विद्या परायण छ, त्यसको जन्म तथाकथित शूद्र कुलमा भए पनि ऊ ब्राह्मण हुन्छ। यसका आधारमा हामीले यो बुझ्नुपर्छ कि ब्राह्मण जातीय आधारमा भनिएको होइन। कोही व्यक्ति असहिष्णु छ भने त्यो ब्राह्मण हुँदैन। तर यस्तो व्याख्या नमान्नेले पनि शास्त्रीय प्रमाण नै पस्केका छन्। त्यसैले यो सन्दर्भमा हामीले यो कुरालाई हृदयंगम गर्नुपर्छ कि नेपाल एउटा ठूलो परिवर्तनको संघारमा छ, यसका बारेमा बहस र विमर्ष हुन असाध्यै जरुरी छ।
नेपालको संविधानमा समानतालाई मौलिक हक भित्र राखिएको छ तर पनि कहीँ कतै समानता देखिदैन। अन्तरजातीय विवाहलाई ठूलो उपलब्धि मानिएको छ तर पनि परासर ऋषि र सत्यवतीको सन्तान वेदव्यासको कथा हाम्रो सामु छ। हिजो विश्वकर्मा पुजिएका थिए तर आज दलित भएका छन्। कहाँ पुगेको छ नेपालीको चेतनाको जग। शवरीको जुठो बयँर रामले खानु अरु रामको खोजीमा भौतारिनु तर शवरीलाई भगवान राम आफै खोज्दै जानु भक्त र भक्तीको गाथाको उच्च मूल्यांकन नै हो।
गलत कुरालाई त्याग्दै सही कुराको अनुसरण गर्नु नै आजका मानिसको कर्तव्य हो। यो केवल विद्वान ब्यक्तिहरुबाट सम्भव छ।
त्यसैले भन्ने गरिन्छ:
मूर्ख साथी हुनुभन्दा विद्वान् वैरी भएको वेश। आजको मानव समाजमा देखिन्छ: सभ्य शिष्ट र ज्ञानले भरीपूर्ण लाग्छ र मानिस भ्रममा जिइरहेको छ। अल्बर्ट आइन्स्टाइनको सोचमा आध्यात्म विनाको विज्ञान अर्थहिन हुन्छ। त्यसैले त मानिसले विज्ञानको आविष्कारको कारण हतियार निर्माण भए तर तीनको दुरुपयोग भैरहेको छ। जसको कारण अनाहकमा धेरैको जीवन लिला समाप्त भएको छ।

- गलत तरिकाले सुरु गरिएको कार्यको नतिजा

 २०८०/०९/२९

- गलत तरिकाले सुरु गरिएको कार्यको नतिजा गलत नै हुने सम्भावना बढी हुन्छ।
- नेपालको राजनीति हत्या,छल र कपटबाट नै सुरु भएको छ, - -त्यसैको नतिजा स्वदेशमा रोजगार नपाएर विदेशीन खोज्दा गोली ठोकिएको छ।
- चाहे त्यो आगजनी होस वा हत्या वा तोडफोड,वा हिंसा वा बलत्कार कानूनको दृष्टिमा सबै अपराध नै हुन। ती क्षम्य कार्य हुँदैहोइन।
- कानून सबैको लागि समान भन्ने दृष्टिकोण छ भन्ने सबैले महशुस गर्नसक्ने हुनुपर्छ।
- हिजो राजाको कालमा ऋण लाग्यो भन्दै गर्दा गणतन्त्रमा हामीले नेपाल ऋण विहिन भएको छ भन्ने भएको भए गणतान्त्रिक मुलुकका नागरिक हामी मुलुकमा भएको बेग्लै सान हुने थियो।
- अँ प्रति व्यक्ति आम्दानी पनि बढेको कस्तो सान हुने थियो।
- विदेशीहरु नेपालमा शिक्षा, रोजगार र पर्यटक बनेर आउँछनन् भन्न पाएको भए पो गणतन्त्र जस्तो हुने थियो।
- नाताबाद, कृपावाद र परिवारवाद एकादेशको कथा बनाइदिएको भए कति सुन्दर हुने थियो।
- सेवा नै धर्म हो भन्ने सोच सबैमा जागृत भएमा शान्ति आफ‌ै पिछा गर्ने थियो।
- नेपाली युवा युवतीहरु आफ्नै भिर पखेरामा आफ्नै परिवारका साथ मा रही बेला बेलामा आफ्नो खर्चमा विदेशी सयर गर्न सक्ने अर्थ तन्त्र भैदिएको भए कति गुणगान योग्य हुनेथियो।
- राजा विरेन्द्र र पम्फा देवीको नाममा स्वीस बैंकमा नेपाली पैसा छ भन्नेहरुले त्यो पैसा नेपालमा ल्याइ बिकासमा प्रयोग गरिदिएको भए र यदि सत्य भएको भए स्वर्गीय बिरेन्द्र जहाँ भए पनि पछुताउनु पर्ने थियो र लाग्ने थियो मैले कत्रो बदमासी गरेको रहेछु है भन्ने हुने थियो तर जो जोले भने उनकै बेग्लै कथा सुनिन्छ त। किन होला?
- सामन्ती शव्दको परिभाषा परिवर्तन भएको हो र?
- समानुपातिक हारेकाको लागि सुरक्षा कवच हो र?
- सधैं एकै व्यक्ति मन्त्री प्रधानमन्त्री बन्नै पर्ने हो र?
-अरुलाई जे भनियो आज त्यही गरिन्छ भने संघर्ष के का लागि कसका लागि रहेछ र?
- गलत मार्ग त्यागेर सत मार्गमा लाग्नु नै आजको आवश्यकता हो।

अधिकार खोज्नै पर्छ

 2078/09/25

अधिकार खोज्नै पर्छ सचेत नागरिकले। तर कर्तव्य पुरा गर्न नसक्ने कसैले अधिकारको कुरो उठाउनु पनि लाज नै हो। आफुलाई स्नेह गरेको थाह नपाउनु पनि मुर्खता नै हो।
शिक्षक असल बन्ने प्रयास गर्नै पर्छ। शिक्षक , बाबा र आमाको नक्कल बालबच्चाले गर्ने गर्छन। अनि ती बाबा,आमा र शिक्षक नै गलत मार्गमा लागेमा मानव समाज उदोगतिमा लाग्ने छ। बच्चाले गलत लेख्दै छ, अभिभावक सम्झाउन खोज्दै छ गलत लेख्यौ भनेर। उ सच्चि्न तयार हुदैँन वर भनिदिन्छ मेरो म्यामले भनेको भनेर कति विश्वास छ शिक्षक प्रति तर केही शिक्षक समयलाई नबुझिकन बच्चालाई दोषि देख्छन। कुरै नबुझी मन
गलत शव्दको प्रयोग। मैंले धेरै पटक सुनेको छु: १२ वा तौर वर्षको उमेरमा वाल वच्चा हलक्क बढेका हुन्छन्। अगिल्लो वर्ष सिलाएको घुडामुनि आउने फरक अर्को वर्ष घुडा माथि पुगेको हुन्छ। नसोचिकन शिक्षक भनिदिन पुग्छ, कस्तो उत्ताउली भएछ।
आजको आवश्यकता नै वच्चाले शिक्षक माथि गरेको विश्वास लाई विश्वास घातमा पुर्याउन हुदैँन र शिक्षकले आफुले बोलेका शव्दहरुले कसरी पिडादायी भुमिका खेल्दछ कालन्तरमा।
कसैले पिट्यो,गालि गर्यो। भने त्यही बच्चाले बा ममिलाई भन्दिन्छु भन्छ। उसको वाल मस्तिष्कमा सवै भन्दा बलिया बाबा ममि र सवै भन्दा जान्ने शिक्षक। अनि तिनै अग्रजको
मुल्याङ्कन गलत भएमा के हुनेछ?
आज हामी सबैले बुझ्नुपर्छ अरुबाट मान सम्मानको खोजि गरिन्छ भने आफुले सम्मान दिन सक्नुपर्छ। सम्मान दिनेले मात्र सम्मान पाउछन्। जस्तो रोप्यो त्यस्तै फल लाग्दछ। जे रोप्यो त्यही फल्दछ। मीठो बोलाै सबैको कल्याण यसैमा छ। केही वालवालिका यस्ता छन , कति मीठो बोल्छन अनि लाग्ने गर्दथ्यो पक्कै पनि यी र यस्ता बालकको घरमा कति शान्ति होला बाबु आमा पनि कति सुशिल होलान तर जब वालिका आफन्तजन भेट हुन्छ त्यो पाइदैन। अनि त्यही बेलामा याद आउँछ वालक ध्रुव अनि प्रल्हाद र एकलब्य पनि।

शिक्षकले बुझ्नु पर्छ:

 

 
Shared with Public
Public
२०८०/०९/२५
शिक्षकले बुझ्नु पर्छ:
- विद्यार्थी जान्दैनन् र विद्यालय आउँछन् सिक्नको लागि।
- वर्षभरी कक्षामा नियमित रुपमा उपस्थित हुने विद्यार्थीको सिकाइ उपलब्धि ०सून्य छ भने विद्यार्थी असफल कि शिक्षक?
- शिक्षकहरुको गुनासो रहेको हुन्छ: सधैं फेल भएको विद्यार्थी माथिल्लो कक्षामा कक्षाेन्नतीको कारणले केही विषयमा फेल हुँदाहुँदै कक्षा चढेको हुन्छ। अनि उ कसरी पास हुन्छ?
- शिक्षकले विर्सिरहेको हुन्छ सानो कक्षामा अब्बल विद्यार्थी माथिल्लो कक्षामा आइपुग्दा कमजोर हुन्छ।
- राम्रो र मीठो बोल्न जान्दैन विद्यार्थी। ठिकै हो। विद्यालयको सुरुमा आउँदा विद्यार्थीसँग ज्ञान भएन बोलेन तर वर्ष भरी कक्षामा आफैंले आफ्नो कक्षामा राखी अद्यापन गराएको विद्यार्थी राम्रो बोल्न जान्दैन भने दोषी को?
- अनुशासित छैन विद्यार्थी। अनुशासनको परिभाषा समय अनुसार बदलिन्छ। कुनै संघ ,सस्था, वा विद्यालयको नियमको उल्लघंन गरेको खण्डमा विद्यार्थीलाई अनुशासन नभएको भनिन्छ तर पनि शिक्षक आफु कति अनुशासित भएको छ कहिल्यै पनि स्वमूल्यांकन गरेको हुँदैन। विद्यालय ज्ञान आर्जनका लागि हो भन्दाभन्दै पनि John Holt ले लेखेका छन् School is bad for children.
आजको शिक्षकको अवस्था कि गर कि मरको अव्यवस्थामा छ। अर्थात ३५ वर्षको चिलको अवस्था। कि बदल्न सक्नुपर्यो कि बदलिनुपर्यो।
- अनुशासन समय र स्थान अनुसार फरक हुन्छ।
- गुरुङ समुदायका युवा युवती रोदी घर जानु उनीहरूको संस्कार हो भने बाहुन छेत्रीका सन्तान रोदी घर पुग्छन भने उनीहरु उत्ताउला हुन सक्छन्।
- बुझ्नुपर्छ एक नेवार गणेशको मन्दिरमा पुग्दा अण्डा र रक्सी लिएर जान्छ भने त्यही स्थानमा एक बाहुन छेत्री पुग्छ भने फूल र पानी लिएर जान्छ। पुज्ने गणेश तर तरिका फरक बुझ्नु पर्दैन। फेरी राई सुँगुरको मासु मिठो मान्छ तर मुसलमान छुँदैन।
यी असमान अवस्थामा रहेको शिक्षक आफुलाई जागीरेको रुपमा नभइ एक इमान्दार शिक्षक भइ समय अनुसार परिवर्तन भइ अहिलेको वैज्ञानिक आविष्कारकाई हिजोको संस्कार र संस्कृतिसँग जोड्दै अगाडि बढ्नुको विकल्प छैन। हिन्दु गाई पुज्छ तर मुशलमान र कृश्वियन गाई खान्छ।
- पश्चिमाका युवतीको छोटो वस्त्र पहिरनलाई आधुनिक ठान्नेहरु आफ्नो छात्राहरु छोटो स्कर्टमा देखिदा उत्ताउलो ठान्ने सोच गलत हो। युवती चाहे पश्चिमा मुलुकको होस वा आफ्नो देशको उनीहरू मानवताको आधारमा एकै हुन तर भाषा, धर्म, संस्कार र संस्कृति फरक छन् भन्ने बुझ्नसक्नुपर्छ। र यहाँ पनि अनुशासनको परिभाषा फरक हुन सक्छ।
- शिक्षक विद्यार्थीको सफलतामा रमाउने र गलत बाटोमा हिडेकोलाई सही मार्गमा ल्याउने कार्य शिक्षकको नै हो। विद्यार्थी सही आचरण भन्दा वाहिर गएको छ भने शिक्षकले बुझ्नु पर्छ उनको ध्यान विद्यार्थी माथि केन्द्रीत छैन।
- एक विद्यालयबाट कमजोर भनी अर्को विद्यालयमा गइ अद्ययन गरेर कक्षाेन्नती भएमा शिक्षक असफल कि विद्यार्थी?
शिक्षकले सोच बदलौं र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नको लागि सबै लागौं , विद्यार्थी खराब छन् भन्ने सोचबाट बाहिर निस्की उनीहरूलाई असल बनाउने कोशीस गरौं, सबैको कल्याण यसैमा हुनेछ।
चन्द्र कान्त पण्डित
नि. प्रधानाध्यापक
पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल काठमाडौं।

शिक्षाले शिक्षार्थीलाई :

 २०८०/०९/२७

शिक्षाले शिक्षार्थीलाई :
- साक्षर बनाउन सक्नुपर्छ।
- साक्षरको अर्थ अक्षर र अंक मात्र नभएर जीवन पढ्न सक्ने बनाउनुपर्छ।
- अधिकारको लागि विद्रोही बनाउन सक्नुपर्छ।
- जिउने सिप सिकाउन सक्नुपर्छ।
- शान्त र सौम्य भइ सिष्ट रुपमा जीवन जिउने कला सिकाउन सक्नुपर्छ।
- आत्मनिर्भर बनाउन सक्नुपर्छ।
- शान्तिको गाथा गाउँदै हत्या ,हिंसा र बिनासको विरुद्धमा लड्न सक्ने बनाउन सक्नुपर्छ। जब
- मागेर होइन दिएर खानमा रमाउने असल नागरिक बनाउन सक्नुपर्छ।
- जीवन प्राप्तिमा भन्दा पनि अभावमा बुझ्ने भएकोले मानवताको भाषा सिकाउन सक्नुपर्छ।
- अंहकार विनासको कारण हो भने मुस्कान मानवको सबै भन्दा बलवान हतियार हो भन्ने बुझाउन सक्नुपर्छ।
- मानिस वा जीव जिवात्माहरु यस धर्तिमा केही क्षणका पाहुना हुन र अजम्बरी कोही छैन भन्ने सिकाउन सक्नुपर्छ।
- मानिसको जन्म मृत्युको लागि हो र जीवन कर्मको लागि हो। त्यसैले असल कर्म गर्दै जानुपर्छ तर फलको अपेक्षा गर्नुपर्दैन किनकि विउ रोपेपछि उम्रन्छ र उम्रेपछि फुल्छ र फल्छ । यो प्राकृतिक नियम नै हो भन्ने कुरा बुझ्न सक्ने बनाउन सक्नुपर्छ।
- मुस्कानले ह्रदय पगालिदिन्छ भने कर्कस आवाजले मानिसलाई टाढा पुर्याइदिने भएकोले मुस्कुराउन सिकाउन सक्नुपर्छ।
- धन, दौलत , शक्ति, हावा, पानी चलायमान हुन्छन र ती कसैको सदाको लागि हुन सक्दैनन् भन्ने बुझाउन सक्नुपर्छ।
- शक्तिले मानिसलाई अन्धो बनाउने भएकोले सुरक्षाको घेराबाट सदैव बाहिर हुनुपर्छ भन्ने सिकाउन सक्नुपर्छ ।
- जन्म र मृत्युलाई सहर्ष स्वीकार्न सक्ने बनाउन सक्नुपर्छ।
- प्राप्ति र अभाव मिलन र विछोड प्राकृतिक नै भएकोले यसलाई सहर्ष स्वीकार्न सक्ने बनाउनुपर्छ।
- आफुलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन होला भन्ने ठानेर सोही अनुसार चल्न सक्ने बनाउनुपर्छ।
- उध्यमी बनाउन सक्नुपर्छ।
- नेपालको शिक्षाले शिक्षार्थीलाई बिद्रोही बनाउन सकेको छैन। नेपालको संविधानमा भएका अधिकार प्रयोगको लागि विद्यार्थीहरु नेपाल सरकारकाे सँग बोल्न सकेका छैनन। नेपालको संविधानको भाग ३ धारा ३१ मा मौलिक हक भित्र शिक्षालाई राखेको छ। यसले भनेको छ आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहको शिक्षा निशुल्क भनेर लेखेको छ। त्यसैले शिक्षाले सिकाउन सक्नुपर्ने हो : हे विद्यार्थीहरु तिमीहरु निशुल्क शिक्षाको लागि विद्रोही बन। यो र यस्ता आवाज बोल्न सक्ने बनाउन सक्नुपर्छ।
- शिक्षा र स्वास्थ्य निशुल्क सरकारले आफ्नो नागरिकलाई उपलब्ध गराउन सक्नुपर्छ भन्ने कुरा सिकाउन सक्नुपर्छ। नगरेको अवस्थामा विद्यार्थी विद्रोहको आवाज बोल्न सक्ने हुनुपर्छ।
- आरक्षणको विरोध गर्दै समानताको पाठ सिकाउन सक्नुपर्छ।
- आफ्नो पुर्खा, माटो, समाज र समग्र मानवताको लागि आवाज बन्न सक्ने विचार दिन सक्नुपर्छ।
- जात, जाती, धर्म ,संस्कार र संस्कृतिको जगेर्ना गर्न सक्ने बनाउन सक्नुपर्छ।
- धर्म आत्मशुध्दीको मार्ग हो, परोपकारकाे मार्ग हो , मानवताको मार्ग हो भन्ने अनुभुति दिलाउन सक्ने बनाउन सक्नुपर्छ।
- भ्रष्टाचार, कुरिती, कुसंस्कार आदिको अन्त्य गर्न सक्ने बनाउन सक्नुपर्छ।
- कर्मशिल हुँदै एक असल नागरिक बन्न सक्ने सोच भरिदिन सक्नुपर्छ।
- आफुभन्दा ठूलोलाई आदार र सानोलाई माया गर्ने बनाउन सक्नुपर्छ।
- कुनै पनि प्रकारको विभेदिकरणको अन्त्य गर्दै सबैलाई समान अवसर जुटाउन सक्नुपर्छ।
- मानसिक, शारिरिक, सामाजिक र आध्यात्मिक रुपमा सवल र सक्षम नागरिक बनाउन सक्नुपर्छ।
- ठूलो दरबार र राम्रा विस्तारा र मीठो भोजनले शान्ति दिदैन तर लोभ, क्रोध, मोह, कामवासनालाई त्यागी आत्मबोधको मार्गले मात्र व्यक्तिमा शान्ति र समाजमा शान्ति र विकास फष्टाउन सक्ने सन्देश दिन सक्नुपर्छ।
क्रमशः

नेपालको संविधान २०७२ नेपाल सरकारले पालना गरेको छैन।

 २०८०/११/०२

नेपालको संविधान २०७२ नेपाल सरकारले पालना गरेको छैन।
किन?
किन कि
नेपालको संविधानको भाग ३ मा मौलिक हकको‌ धारा ३१ को १ र २ मा लेखेको छ:
आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ भने माध्यमिक तहको शिक्षा निशुल्क।
कहाँ छ निशुल्क शिक्षा?
सरकार देशको संबिधान मूल कानून हो।
यसको पालना सबै पालना गर्नुपर्दछ। तर नेपाल सरकारले माध्यमिक तहको शिक्षा निशुल्क गराउन सकेको छैन।
फेरी धारा १८ मा समानताको हकको कुरा लेखेको छ। समानता कहाँ छ?
नेताको उपचारमा करौडौ खर्चने गर्ने गरेको देखिन्छ तर सर्वसाधारणलाई सिटामोल छैन।
समानता कहाँ छ?
ज्यालामा त्यत्तिकै असमानता छ।
अव गम्भिर भएर सोच्नुपर्ने बेला भएको छ।
शिक्षा अस्तव्यस्त भएको छ।
उच्च शिक्षाको लागि विश्वविद्यालय खोलिएका छन तर तीनमा विद्यार्थी नहुने अवस्था छ।
गाँउ खालि हुन लागिसकेको छ र विस्तारै नेपालका शहर पनि त्यही गतिमा उदोगतिमा छन्।
राजनैतिक वाद समस्या होइन देशको सम्वृद्धिको लागि तर व्यक्तिको आचरण हो ।
किनकि:
कम्निस्ट व्यवस्था भएको देश चाइना बिकासको अग्रपङ्क्तिमा छ।
राजतन्त्र भएको बेलायत सम्पन्न छ।
प्रजातन्त्र भएको देश अमेरिका र भारत विकासको शिखरमा नै छन् तर नेपालमा राणा प्रधानमन्त्री देखि गणतन्त्रका प्रधानमन्त्रीको अवस्था उस्तैउस्तै छ।
नेपालले खोजेको परिवर्तन यो थिएन।

क्षमादान

 

 
Shared with Public
Public
२०८०/११/०९
क्षमादान
भगवान कृष्णका अनुसार दान भन्दा ठूलाे कुनै यज्ञ हुँदैन । क्षमा नै यश हाे, क्षमा नै यज्ञ वा मनोनिग्रह हाे, क्षमा नै अहिंसा हाे अहिंसा नै धर्म हाे , क्षमा नै पुण्य हाे , अर्थात जाे मानिस क्षमावान हुन्छ उ भगवान तुल्य हुन्छ । क्षमा नै शान्ति हाे । त्यसैले बुझ्नै पर्छ क्षमा दिनसक्नु नै मानिसकाे सर्वाेत्कृष्ट गुण हाे । त्यसैले सिद्धार्थ गौतम मानिस नै थिए र उनले मानिसले गरेका गल्तिलाई क्षमा दिन सके र उनलाफ गाली गर्दा पनि उनी मुस्कुराउन सके त्यही गुणले उनी सबैका मान्य भए र पुज्य पनि भए । आज उनी भगवान बन्न सफल भएका छन । भगवान कृष्णले शिशशुपाललाइ १०० पटकसम्म क्षमा गरेका थिए ।
Jai Shri Radhe Krishna वालमा लेखिएकाे छ ः
क्षमः यशः क्षमा दानं क्षमः यज्ञः क्षमः दमः ।
क्षमा हिंसा: क्षमा धर्मः क्षमा चेन्द्रियविग्रहः ॥
मानिसले बुझ्नै पर्छ ः उ सामाजिक प्राणी हाे । उ समाजमा बस्दछ र उ समाजमा देखेका र भएका राम्रा र नराम्रा कुराहरू मानेर वा नमानिकन पनि स्वीकार्नु पर्दछ । आँखाकाे अगाडि आँफ्नाे घरकाे सदस्यले गल्ति गरिरहेकेा हुन्छ । त्यसमा उसलाई सम्झाउन बाहेक अन्य बाटाे खाेजिन्न । ठिक त्यसरी नै विद्यालयमा विद्यार्थीहरूले गल्ति गरिरहेका हुन्छन । शिक्षकलाई लाग्न सक्छ ः
विद्यार्थी मुर्ख छ । त्यस्ता मुर्ख विद्यार्थीलाई विद्यालयमा राख्न हुँदैन । विद्यार्थीकाे खराव आचरण किन विकास भएकाे छ भन्ने कुराकाे साेधबुझ नगरी दण्डित गरिन्छ भने विद्यालय के का लागि र कस्का लागि ? प्रश्न उठ्ने छ।
विद्यालकाे सबैभन्दा महत्वपूर्ण पाटाे भनेकाे विद्यार्थी नै हाे । विद्यार्थी छ र शिक्षक रहन्छ । विद्यार्थी र शिक्षक हुन्छ र पठनपाठन पनि हुन्छ । फेरी शिक्षक भनेकाे नै गुरू हाे । गु काे अर्थ अन्धकार हाे भने रू काे अर्थ हटाउनु हाे । अर्थात मानिसकाे मनमा रहेका अज्ञानका किरणहरू वा गलत साेचलार्लाइ हटाइ असल मार्गमा हिडाउन सक्ने व्यक्ति नै गुरू हाे र गुरू क्षमाशील बन्नै पर्छ । पत्येक शिक्षक आत्मकेन्द्रीत बन्न हुँदैन । उसले विद्यार्थीहरूका सानातिना गल्तिलाई क्षमा दिदै सतमार्गमा हिडाउन सक्नुपर्छ । शिक्षकले बुझ्नुपर्छ विद्यालयहरू विद्यार्थी नभएकाे कारण बन्द भैरहेका छन र विद्यालयको महत्वपूर्ण पाटो विद्यार्थी नै हुन। प्रत्येक विद्यार्थी शिक्षकको जागीरसँग पनि जोडिएका हुन्छन्। शिक्षकलाई विद्यार्थीसँग भएको समस्या कसको कारणले हो त्यसको वारेमा बुझ्नु जरुरी छ।
यहाँ एक प्रसँग केलाउँदा राम्राे हुनेछ ः
वशिष्ठ र विश्वामित्र बिचमा श्रेष्ठताको बारेमा मतभेद हुँदै गर्दा विशिष्ट को हो भनी छुट्याउने क्रममा यही यही मानवीय गुणकाे आधारमा छुट्टाइएकाे हुन्छ । भगवान ब्रह्माले विश्वामित्रले घोर तपस्या गरेर प्रसन्न हुँदाहुँदै उनले राजर्षि भनेर संबोधन गरेका थिए । विश्वामित्र यस वरदानमा संतुष्ट थिएनन। उनीले अप्रत्यक्ष रूपमा ब्रह्माले उनी माथि न्याय नगरेकाे भनी गुनासाे गरेका थिए । ब्रह्माजीले उनलाई त्यसाे गर्नाकाे कारण किन हाे बुझ्ने छाै ।तिमिले जे बुझ्न सकेका छैनाै , मैले जे तिमीलाई जे दिन सकेकाे छैन तिमी त्याे प्राप्ति गर्ने छाै।
राजा विश्वामित्रले वशिष्ठसँग प्रतिशाेध लिन थाले । तर वशिष्ठ क्षमा की प्रतिमूर्ति थिए। उनीले याे पनि भुलि दिए की उनकाे छाेराकाे हत्यारा राजा विश्वामित्र थिए । उनी आफ्नो पत्नी अरुंधतिसँग विश्वामित्रकाे तपकाे प्रशंसा गरिरहन्थे । एकदिन विश्वामित्र हातमा तरवार लिएर वशिष्ठ की हत्या गर्नकाे लागि उनकाे आश्रममा लुकेर पुगेका हुन्छन । उनीले वशिष्ठ र अरुंधति को बात गरेकाे सुनेका हुन्छन । वशिष्ठ भन्दैथिए- अरुंधति! तपस्वी त विश्वामित्र जस्ताे बन्नुपर्छ । याे सुनेपछि राजर्षि विश्वामित्रकाे हातमा रहेकाे तरबार हातबाट खस्छ । त्यसपछि विश्वामित्र वशिष्ठकाे चरणा छुँदै भन्ने थाले क्षमा! दिनुहाेस ऋषिवर !
त्यसपछि ऋषि वशिष्ठले भने ब्रह्मर्षि विश्वामित्र! उठ्नुहाेस ।
जाे भगवान ब्रह्माले दिन नसकेकाे वरदान ऋषि वशिष्ठले दिनुभयाे जसकाे अनुमाेदन पुष्पवृष्टी गरेर देवताले गरिदिनुभयाे । त्यसैले भन्नुपर्छ र बुझ्नुपर्छ क्षमादान नै सर्वाेत्कृष्ट दान हाे ।
शिक्षकले बुझ्नुपर्छ ः विद्यार्थी विनाकाे विद्यालय हुनसक्दैन । विद्यार्थी नबुझ्ने भएकाेले ने ज्ञानकाे लागि विद्यालय गएका हुन्छन ।मानिसकाे पहिरन मानिसकाे लागि भ्रम हाे । उ आफु कपडाले ढाकिएर लाज छाेपेकाे अनुभुति गरेकाे हुन्छ । मानिस सबैलाई थाह छ ः मानिसका अंग प्रत्यगं कहाँ र कस्ता छन । त्यही अंग प्रत्यङगहरू शिक्षकले विद्यार्थीलाई बुझाउनकाे लागि तस्वीर काेरेकाे हुन्छ , भिडियाे देखाएकाे हुन्छ । त्यसैले सबै शिक्षक क्षमाशील बन्न सक्नुपर्छ । विद्यार्थीकाे गलत बाटाेलाई सही मार्गमा डाेरर्रयाउने कार्य शिक्षककाे हाे । त्यसैले त शिक्षक गुरु हो।

काठमाडौं महानगरपालिकाकामा

 

 
Shared with Public
Public
२०८०/११/०९
काठमाडौं महानगरपालिकाकामा कार्यरत ई शैलेन्द्र झा, शहरी योजना आयोगका सदस्यले आज काठमाडौं महानगरपालिका भित्रका प्रधानाध्यापकलाई शिक्षा विभागमा बोलाई प्रधानाध्यापकलाई शुक्रवारका Book Free Day कार्यक्रम र शिक्षामा सीप कार्यक्रको बारेमा बताउँदै गर्दा विभिन्न देशहरूमा रहेका disadvantage group का बालबच्चाहरु ठूला हुँदै जादा समाजमा कसरी हत्याले स्थान लिन्छ र दिनप्रतिदिन मानव समाज असुरक्षित हुनपुग्छ। विश्वका। सम्रान्त राष्ट्रहरूमा शहरहरू असुरक्षित भएको भन्दै हुनुहुन्थ्यो। तर नेपालमा आजको दिनसम्म त्यो भएको छैन। त्यसैले हाम्रा वस्तीहरु सुरक्षित पार्नको लागि विद्यार्थीहरुमा अनुशासन सिकाउन पर्ने भएको छ। उनीहरुलाई आफ्नो खुट्टामा उभिनुपर्ने नागरिक बनाउन पर्छ भन्ने नै थियो। तर अनुशासनको नाम विद्यार्थीलाई विद्यालयबाट निस्कासन गर्न नहुने सन्देश पस्कदै हुनुहुन्थ्यो।
समस्या एकातिर छ तर हामी अरुलाई दोष दिइरहेका छौं। एक विद्यालय चलाउनको शैक्षिक संयन्त्र ठिक हुनुपर्छ। प्रधानाध्यापकले चाहेमा केही हुन्छ, शिक्षकले चाहेमा बढी हुन्छ तर विद्यार्थीले चाहेमा सोचेभन्दा बढी प्रगति हासिल गर्न सकिन्छ। काठमाडौं महानगरपालिकाकाले शिक्षामा लगाउनी बढाएको छ। शिक्षक वा प्रधानाध्यापकले कि गर्नुपर्छ कि छोड्नुपर्छ भन्ने भनाई सान्दर्भिक छ।
आजको शिक्षकको शिकाइ, हुर्काई र बढाई आज अर्थहिन हुन थालेको छ। सुन्दर योजना र कार्यक्रम हुँदाहुँदै पनि शिक्षा ऐन तथा नियमावली र स्थानीय तहमा भएको बेमेलको कारणले शिक्षा अस्तव्यस्त नै रह्यो। दुई प्रमुख कारण रहे:
१. विद्यालय व्यवस्थापन समिति
२. प्रधानाध्यापक
संघीय शिक्षा ऐनमा उल्लेख भएबमोजिम प्रत्येक वडाका वडा सदस्य प्रत्येक विद्यालयमा पदेन सदस्य रहेकोले उनीहरुको निर्णय नै सर्वोपरी हुने स्थानमा वडाका वडा अध्यक्ष पदेन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने भनी निर्णय गर्दा धेरै समयसम्म विद्यालयहरू विद्यालय व्यवस्थापन समिति अन्योलमा रहे। विकास निर्माणमा कार्य गर्न विद्यालय व्यवस्थापन समिति अनिवार्य छ। यता लामो समयसम्म अलमल भयो।
२. अर्को पाटो रह्यो प्रधानाध्यापकको विज्ञापन। काठमाडौं महानगरपालिकाले प्रत्येक विद्यालयलाई संघीय शिक्षा ऐन तथा नियमावलीको दफा तोकेर ४५ दिनको समय दिएर प्रधानाध्यापक चयन गर्नको लागि निर्देशन गरेको भए यो झमेला महानगरपालिकाले झेल्नुपर्दैनथ्यो। जसको कारणले गर्दा विद्यालय जे हुनुपर्ने थियो त्यो हुन सकेन।
३. स्रोत शिक्षकको चयन। विद्यालयका स्थायी शिक्षकहरु बिच प्रतिस्पर्धा गराइ उनीहरुलाई शिक्षा विभागले शिक्षक बिभागमा लगेपछि त्यही स्थानमा शिक्षक छनौट गर्दैगर्दा समयको बरबादी भयो। शिक्षक छनौटमा समय लाग्यो।
४. काठमाडौं महानगरपालिकामा कार्यरत शिक्षकको संख्या बढी विद्यालयले बनाएको होइन। कुनै विद्यालयमा प्रशस्त शिक्षक छन तर विषयका शिक्षक छैनन। शिक्षक खाली भएको स्थानमा तुरुन्तै शिक्षक नियुक्ति गर्नुपर्ने हो त्यो हुन सकेको छैन। एक दिनमा एक जना शिक्षक मात्र अनुपस्थिति भएको अवस्थामा विद्यालय संचालनमा कति जटिलता हुन्छ, त्यो राजनैतिक कर्मीले बुझेको हुँदैन।
विद्यालय सुधार एकै दिनमा सम्भव छैन। देश वरवादी पार्नु छ भने त्यो राष्ट्रको शिक्षा धोस्त पारिदिए हुन्छ। आजका दिनमा आउँदै गर्दा ४०/५० को दशकमा विद्यालय खोल्दै हिडेको अवस्था तर अहिले आएर सामुदायिक विद्यालय मर्ज गर्ने भन्दै गर्दा हामी कहाँ छौ। काठमाडौं महानगरपालिका भित्रका ८९ सामुदायिक विद्यालय मर्ज हुँदै साँगुरिदै छन। यो किन भैरहेको छ। बोलेर हुँदैन गरेर देखाउन सक्नुपर्छ। सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको संख्या र संस्थागत रूपमा सन्चालन भएका विद्यार्थीको संख्यामा ठूलो भिन्नता छ।
शिक्षा र शिक्षकले सिकारुहरुलाई असल बन्न, परिश्रमी बन्न , मिठो बोल्न र आत्मनिर्भर हुन सिकाउन सक्नुपर्छ। सरकारी विद्यालयमा सबैको चासो बढाउनुपर्छ। आफ्ना बालबच्चालाई संस्थागत विद्यालय मा पुर्याउने र सामुदायिक विद्यालय सुधार गर्छु भन्नु पनि गलत हुनेछ।
विद्यार्थीको मापन उसले प्राप्त गरेको सिकाइ उपलब्धि मात्र नभएर उसँग जीवन जिउने कला सिकेको छ कि छैन। त्यतातर्फ ध्यान दिनुपर्दछ। विद्यालयमा लेखा हेर्नको लागि सवल र सक्षम व्यक्तिहरु छैनन्। यतातर्फ पनि हेर्नु पर्ने हो।
पढे लेखेको मानिसहरूले एक पटक The Abbot of the Canterbury पढिदिदा अर्थात राजर्षि विश्वामित्र र दानवीर ऋषि वशिष्ठलाई वा भगवान कृष्णले दोर्णाचार्यलाई किन उनी गुरु बन्न सकेन र शिक्षक भए भन्ने सन्देश पस्केका छन्।
मानिसमा दोष आफुमा छ तर दोष अरुलाई थुपारिरहेको छ। यो गलत हो। शिक्षाले हातमा सीप, ओठमा मुस्कान, बोलिमा माधुर्यता र सोचमा परिवर्तन, लिनमा भन्दा दिनमा रुचाउने कर्मशिल नागरिक बनाउनु पर्छ। त्यही सोचको विकास गर्दै अगाडि बढ्नु छ।
काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीहरुलाई रु ३० को दैनिक खाजा खुवाएको छ। अव कक्षा १२ सम्म निशुल्क पढ्न पाउने वातावरण बनेमा र गरेमा संघीय सरकार सोच्न बाध्य हुने थियो।
पद नै ठूलो र मर्यादित हुने हुँदा समाजमा न्याय दिलाउनको लागि ज्यालाको नमिल्दो असमानता कम पार्दै लानुपर्छ। सम्बन्धित क्षेत्रका पदाधिकारीले त्यसतर्फ ध्यान दिनुपर्दछ।
शैलेन्द्र सरको कुरा सुनेपछी फेरी एकपटक मेरो सोचलाई यहाँ लिंकको मार्फत दोर्याएको छु।

Monday, October 10, 2022

शकुनि, विनासका कारण र असल नेतृत्व, वन्दनीय

 २०७९/०४/०९

शकुनि, विनासका कारण र असल नेतृत्व, वन्दनीय
जब कुनै परिवार, संस्था, समाज, संगठन, दल र सरकार भित्र शकुनिहरु जन्मन्छन् वा उदाउँछन, तीनीहरुले आफुमात्र बर्बाद नभएर आफु रहेको परिवार, संस्था, संगठन,दल, र सरकारको समेत बर्बाद गर्दछन। त्यसैले सम्बन्धित निकायमा शकुनिहरुदेखि समयमा नै सावधान रही सत मार्गको खोजि गर्नु नै आजको आवश्यकता हो।
असल आचरणका मानिसहरुले नै कष्ट धेरै भोग्नुपर्छ। किनकि धर्मको मार्ग सजिलो छैन तर पनि अन्तमा सत्यको नै विजय हुन्छ। मान्छेको रुप र आभुषणले मान्छे असल हुन सक्दैन। असल हुनको लागि असल बानीवेहोरा विकास गर्न सक्नुपर्छ। यी गुण अनमोल छन तर पैसोले किनेर पाइदैन। सहजताका साथ दिनानुदिन अभ्यास गर्दै गएमा आफै आभुषित हुनेछन्।
यस्तै प्रसंगमा रावणको कथालाई जोड्न सान्दर्भिक ठानेर पस्कदै छु।राजा जनकको राज्यमा कैयौं वर्ष अगाडि चक्रबीर नाम गरेका राजा थिए।उनी प्रजावत्सल थिए। उनी जनताबाट उठेको कर आफ्नो परिवारको लागि खर्च गर्दैनथे। उनको जिविकोपार्जन खेतीपातीबाट नै हुनेगर्थ्यो। उनी स्वयं खेतमा गइ काम गर्ने गर्थे। एक पर्वको दिन थियो महिलाहरु सुन्दर वस्त्र र आभुषणमा सजिएका थिए। त्यही क्षणमा उनीहरुको भेट रानीसँग भयो। आफ्नो रानीलाई साधारण वस्त्र र आभुषणमा देखेपछि रानीलाई पनि सुन्दर वस्त्र र आभुषण पहिरन अनुरोध गरे तर पनि महारानीसँग पहिरनको लागि न आभुषण नै थियो न सुन्दर वस्त्र नै। महारानी विचलित भइन। साँझ राजासँग दिनमा भएको कथा वताइन र उनले पनि सुन्दर वस्त्र र आभुषणको माग गरिन। राजासँग उनीलाई गहना र वस्त्र किन्नको लागि सम्पत्ति थिएन। राजाले आफ्नो दुतलाई रावणको राज्यमा गइ कर उठाएर ल्याउनको लागि पठाए।
दुत गए र रावणलाई भेटे। रावणसँग कर मागे तर तीनलोकको विजेता रावणसँग कर माग्ने भन्दै रिसाउँदै रित्तो हात पठाए। यो कुरो महारानी मन्दोदरीलाई रावणले सुनाए। मन्दोदरीले सोधिन- केही दिनुभयो त?
किनदिने भन्दै रावण जंगिए।
मन्दोदरी पतिवर्ता नारी भएकोले उक्त राजाको सामर्थ्य थाहपाएकि थिइन। महाराज गलत भयो भनिन।
रातको खानपिन पछि दुबै सुते। भोलिपल्ट बिहान महारानीले केही अनाज लिएर रावणलाई लिएर छतमा गइन। ती अनाजका दानाहरु छतमा छरेपछि छतमा परेवा आए। सवै परेवाले चारा टिप्न थाले। रानीले ती परेवालाई चारो नटिप्नको लागि आदेश दिन लगाइन । तीनलोक विजेता रावणको उर्दिलाई ती परेवाले मानेनन्। चारो टिपिराखे। अव रानीले राजा चक्रबीरको आदेश छ चारो नटिप भनी भन्न लगाइन।
रावणले त्यही गरे। सवै परेवाहरु चारो टिप्न छोडे तर एकवटाले भने टिपिरहेको थियो। त्यो बहिरो रहेछ। एकछिन पछि त्यो चारो टिप्ने परेवाको टाउको फुटेर मर्यो। रावण अचम्मित भए।
केही क्षण पछि पुन चक्रबीर राजाको दुत आए ।
उनले कर मागे तर रावण दिन तयार भएनन्। कर नदिनेहोभने महाराज तपाईं मेरो साथमा समुन्द्रको तटसम्म पुग्नुपर्छ भने। त्यसमा स्वीकारी दुत र रावण दुबै समुन्द्रको तटमा पुगे। समुन्द्रको। तटमा पुगेपछि दुतले देखाउदै भने यो तपाईंको राज्य जस्तै छैन त सोधे। उ अचम्ममा परी भने छ। अव तपाई हाम्रो राजाको आदेश मुताबिक कर दिने कि नदिने? सोधे।
नदिने रावणले जवाफ दिए।
ती दुतले लंकाकाे जस्तै देखिने एक गेट भत्काइदिए। उता लंकाको मुल गेट नै भत्कियो।
फेरी दुतले सोधे कर दिने कि नदिने?
रावण नतमस्तक हुँदै चाहेजति सुन लैजानु भनी आदेश दिए।
दुतले खुशी हुँदै चाहिएजति सुन लिएर गए। राजालाई बुझाए।
राजाले रानीलाई सुन दिदै भने के के लगाउने इच्छा छ सोही बनाइ लगाउ।
त्यति भनेपछि हिजोसम्म केही थिएन । आज यतिका सुन कहाँबाट आयो? उनले सोधिन।
रावणसँग कर उठाइ ल्याएको हो भनेपछि रानी अचम्मित हुँदै आफ्नो श्रीमान यति शक्तिशाली हुँदाहुँदै मैंले गहना किन लगाउने । मेरो आभुषण नै मेरो श्रीमान रहेकोले नलगाउने निर्णय गरिन।
यदि यी रानीले महिला प्रजाले दिएको सुझावलाई स्वीकार गरी वास्तविकताको पहिचान हुँदाहुँदै सुनका गहनामा मन लागिरहेको भए शकुनिको चाल हुनसक्ने थियो। किनकि मानिसको दुर्भाग्य नै उ भित्र पलाउने लोभ र ईर्ष्या नै हो।
यस अर्थमा राजा र रानी दुवै मुक्त भए र आफ्नो शाख जोगाइराखे।
सवैले बुझ्नु नै पर्छ लोभले लाभ लाभले विलाप निम्ताउँछ भनेर।

शिक्षकको नेतृत्वले सोच्ने कि?

 २०७९/०४/१५

शिक्षकको नेतृत्वले सोच्ने कि?
शिक्षक भएको नाताले केही कुरा पोख्न चाहन्छु। आदरणीय शिक्षक नेतृत्व ज्यू,
तपाईं मलाई कत्तिको चिन्नुहुन्छ त्यो तपाईंको कुरा रह्यो।
- तपाईं शिक्षक नेता बन्न खोज्नुहुन्छ भने झुण्ड त्याग्नैपर्छ र समग्रमा शिक्षकको नेता हुनु सक्नुपर्छ।
- मेरो ठम्याईमा आजको दिनसम्म नेपालमा न राजनैतिक दल , राजनैतिक दलको रुपमा विकास भए न शिक्षकका संघ, संगठन र महासंघ नै। यी केबल झुण्डको रुपमा विकास भए । जसको कारणले नेपालका शिक्षकहरु ओझेलमा परे। चुनाव आउँछ केही झुण्डले तयार पारेको henchmen लाई साथमा लिएर उनीहरूको मुखपत्र बन्न सक्नेहरुलाई अगाडि सारेको अवस्था छ अहिलेसम्म।
- त्यसैले शिक्षक ओझेलमा परेको छ।
-शिक्षकको नेताले त समग्र शिक्षा जगतको जिम्मा लिन सक्नुपर्छ न कि विदेश सवार र कहीँ कतै लाभका स्थान मात्रै। आज नेपाली समाजमा बढेको विकृतिको जिम्मा पनि शिक्षकको नेतृत्वले ग्रहण गर्न सक्नुपर्छ। देशको शिक्षा कस्तो हुनुपर्ने हो। त्यसको खाका तयार गरी सरकारलाई कार्यान्वयनको लागि दवाव दिनुपर्ने हो। के तपाईसँग योजना छ त? तपाईं शिर्ष नेतृत्वमा पुग्नुभयो भने समग्रमा शिक्षा कस्तो हुने ? शिक्षकले के सुविधा पाउने। असल र गुणस्तरीय व्यक्तिहरूलाई शिक्षामा कसरी तान्ने योजना छ त? बडो विजोग छ SEE मा सवैभन्दा कमजोर GPA प्राप्त गर्ने विद्यार्थी शिक्षा पढाउँदै छ।
आज नेपालमा भएको विकृतिको जिम्मा नेपालको शैक्षिक नेतृत्व विद्यालय तह र महाविद्यालयको नेतृत्वले लिने कि नलिने?
किन ?
किनकी नेपालको विद्यालय र महाविद्यालयबाट निस्केको जनशक्ति कुसंस्कारी, भ्रष्टाचारी र अराजक भयो ।
किन?
- किनकि शिक्षाले संस्कार सिकाउन सकेन।
शिक्षा संस्कार विहिन भयो।
- शिक्षाले गुटबन्दी गर्नु पाप हो अधर्मको बाटो हो भनेर भन्न सकेन।
- शिक्षाले भ्रष्टाचार गरेमा सामाजिक वहिष्कार गर्नुपर्छ र त्यस्ता व्यक्ति समाजका भाइरस हुन भनेर भन्न सकेन।
-जो भ्रष्टाचारी हो , गलत छ भन्ने जान्दाजान्दै पनि तीनै व्यक्तिलाई बारम्बार सहयोग गरेको छ नेतृत्वले ।
किन?
- किनकी नेतृत्व गुरु बन्ने हैसियतमा पुगेको छैन।
कृष्ण भगवानले द्रोणाचार्यलाई द्रोणाचार्यको छोरा असोस्थामा अधर्मी भएको हो भने झैं भएको छ।
- तपाईं पनि शिक्षकको नेतृत्वमा रहेको व्यक्ति सवल, योग्यता पुगेका, तहगत रुपमा स्थायी नियुक्ति पाएका व्यक्ति मात्र विद्यालयको नेतृत्व गर्नुपर्छ भनेर भन्न सक्नुहुन्छ । आँखा डुलाउनुहोस त प्रावि तहको शिक्षक छ, मावि विद्यालयको नेतृत्व गर्छ, कि नियमावली परिवर्तन गर्नसक्नुपर्यो हैन भने उहाँहरुलाई विद्यालयको नेतृत्वमा रहने कुनै अधिकार छैन।
फेरी अनुशासन सिकाउने शिक्षक आफै अयोग्य छ, शिक्षक सेवा आयोगको परीक्षा पास गर्दैन, आफु गर्दैन तर अरुलाई दोस दिन्छ।
यसमा हजुरको धारणा के छ नेता ज्यू?
आदरणीय शिक्षक नेता ज्यू,
आजकै दिनबाट तहगत रुपमा योग्य भएका स्थायी शिक्षक मात्र विद्यालयको नेतृत्वमा राख्नुहोस है, अन्यथा आधी आउँदैछ। मडारिने दिन नआओस्।
नेतागण भन्न मन लाग्यो यसमा तपाई हामी पनि दोशी छौं‌। म भन्दा बढी दोशी हजुर हुनुहुन्छ। किन नेता ज्यू थाह छ।
म त सामान्य शिक्षक तर तपाईं त समग्र शिक्षाकको नेता, हैन र?
हामीले हाम्रो शिक्षाको माध्यमबाट कुसंस्कार, गुटबन्दी, भ्रष्टाचार, चाकडी जस्ता कुराहरू गर्न हुदैन भनेर सिकाउनै सकेनछौ। शिक्षकको अधिवेशनमा पनि विधानले नतोकेका व्यक्ति कति जनालाई पदमा पुर्याउन भयो हेक्का छ नि?
यसै प्रसंगमा जोड्न मन लाग्यो: भगवान कृष्णले गुरु द्रोणाचार्यलाई तपाईं किन छोरा प्रति त्यती धेरै मोह गर्नुहुन्छ। तपाईंलाई तपाईंको छोराले के दियो?
सुख, शान्ति र समृद्धि।
अनि तपाईले के दिनु भयो नि?
उसले चाहेका कुरा सबै। सुख, मान र सम्वृद्धि। के संस्कार दिनुभयो?
के धर्मको बाटो देखाउनु भयो?
उहाँले थप्नु भयो:
प्रेम गर्नु धर्म हो भने मोह गर्नु अधर्मको बाटो हो । तपाईंले तपाईंको छोरालाई मोह गर्नु भयो र अधर्मको बाटो रोज्नु भयो।
ठिक आज शिक्षक नेतृत्वले पदलाई प्रेम गर्नु पर्ने हो तर मोह गर्दै छ र पदमा टासिनको लागि तमतयार देखिराखेको छु।
कति बिडम्बना छ सामुदायिक विद्यालयमा आफ्ना सन्तान संस्थागत विद्यालयमा पठाउने, अनि आफुले पढाउने विद्यार्थी गरीबको सन्तान आँउछन् रे। तीनै गरिबका बच्चाहरू विद्यालयमा आएको कारणले मुखमा माड लागेको । बुझ्नुपर्दैन। दिने मान्छे कसरी गरी हुन्छ। तपाईंले नदिएको सन्तान विद्यालयलाई दिएको छ। उनीहरूको इज्जत गर्नुपर्दैन।
आजको नेतृत्व त कतै द्रोणाचार्यको मार्गमा त होइन। भगवान् कृष्णको भनाई अनुसार द्रोणाचार्यले रोजेको अधर्मको बाटो जस्तै भएन र ? कृष्ण ले सोध्नु भयो: आफ्नो छोरालाई बेलामा किन लगाम लगाउनु भएन? तपाईंको छोरा अधर्मी भयो।
के तपाईले छोरालाई शिक्षा दिनुभयो?
के संस्कार दिनुभयो?
ती दुबै कुरा दिन सक्नुभएन । गुरुले शिष्यसँग दक्षिणा खोज्नु न्यायोचित हो तर तपाईले मुल्य खोज्नुभयो। मुल्य खोज्नु भनेको शिक्षाको व्यापार हो। त्यसैले तपाईं गुरु बन्न सक्नुभएन केवल शिक्षक मात्र।
ठिक त्यही भएको छ अहिले शिक्षा त दिइयो। संस्कार दिन सकिएन र सही दिशा निर्देश गर्न नसकेकाे होइन र? एक शिक्षक हुनु र पुरा शिक्षकको नेता हुनु पनि फरक छ, हैन र?
तपाईं शिक्षक भएकै कारणले तपाईंको धनको मोहमा पर्नुभयो। तपाईंको छोरा अधर्मी भयो र तपाईंले पनि अधर्मको बाटो समात्नु भयो। महाभारतको युद्ध धर्म युद्ध हो भन्ने थाह हुँदाहुँदै तपाईंले पनि अधर्मको बाटो रोज्नुभयो।
आदरणीय समग्र शिक्षकको नेता विद्यालय देखि विश्वविद्यालय सम्म यो देशमा संस्थागत विद्यालय क्याम्पस मौलाए। किन?
जागिर सामुदायिक विद्यालयमा र सामुदायिक क्याम्पसमा छ तर तपाईंको समय र संस्थागत विद्यालय र क्याम्पसमा छ , हैन र?
संस्कृत भाषामा आजको विग्यानको खोज गर्नको लागि पनि त्यसैमा सबै थोक छ हैन र? तपाईं शिक्षक भएको नाताले संस्कृत भाषालाई जगेर्नाको लागि पहल भएन कि बुझाउन सकिएन?
मैले अंग्रेजी पढे तर अँग्रेजीको साथ साथै संस्कृत भाषाको ग्यान नभएकोमा आत्म ग्लानी छ।
किन?
किनकी न ग्यानै हासिल गर्न सकियो, न संस्कार र संस्कृतिको जगेर्ना नै न विद्यार्थीलाई सुसंस्कृत बनाउन सकियो न राष्ट्रवादी न मानवतावादी केवल धोकेबाज, चाप्लुसी, छलकपट, भ्रष्टाचार आदि मौलाउनको लागि मलजल गरियोकि? हैन र?
यदि शिक्षकको असल नेतृत्व भएको भए उसको चिन्तन नेपाललाई कस्तो शिक्षा चाहिन्छ?के गर्दा नेपालका विद्यार्थी नेपालमा नै अध्ययन गर्दछन ? कस्तो शिक्षा दिलाएमा विद्यार्थी उध्यमी बन्छन? कुनै सरकारी कार्यालय र विद्यालय र महाविद्यालयमा कार्य गर्दा पैसालाई भन्दा पेसालाई मर्यादा गर्छन भन्नेतिर सोच बनाइ, योजना बनाई नेपाल सरकारलाई कार्यान्वयनको लागि दवाव दिएको भए आज नेपाल जसरी प्राकृतिक रुपमा सुसम्पन्न छ त्यसरी नै दक्ष जनशक्ति उत्पादन गरी नेपाल साच्चै स्वर्गको रुपमा हुनेथियो।
सावधान शिक्षकका नेतागण,
-अव राजनैतिक नेताका पछि नलाग्नुहोस, दलका नेता तपाईंको मार्गमा आउनको लागि वाद्य पार्नुहोस। तपाईं गुलेली हुनुपर्छ मट्याङ्गाे होइन।
- शिक्षामा अनुशासन छैन भने देशले बाटो विराउँछ। त्यसको जिम्मा लिने हैसियत राख्नुहोस।
- विदेशी शिक्षा भित्राउनको सट्टा नेपालको हावापानी सुहाउँदो शिक्षा दिलाउनुहोस।
- आफ्नो बाल बच्चा विदेशमा पठाइ भोलिको दिनमा आफ्नो घर रित्ताउनतर्फ उन्मुख वातावरणको अन्त्य गरी अन्तर्राष्ट्रिय विद्यार्थी नेपालमा भित्राइ शिक्षाको माध्यमबाट धन आर्जनको माद्यम खोज्नसक्ने कुनै बाटो देख्नु भएको छ। पद हत्याउन सजिलो होला तर कार्यान्वयन बाटो त जटिल छ नि।
आज नेपालमा जे हुँदैछ, पराधिनता र परनिर्भरता यो केबल शिक्षाले बाटो बिराएर नै हो । मेरो ठम्याइ यही रह्यो।
अहिले कक्षा ९ र १० मा पढ्दै गरेकाे विद्यार्थीलाई स्वदेशको शिक्षा ठिक छ, यसैले उनीहरूको भविष्य सुन्दर बनाउँछ भनी आश्वस्त पार्न सक्नु पर्छ।
अहिलेको नेपालको वेतिथि मौलाउनमा दोषी को?
यसमा दोशी को?
राजनिति कि शिक्षा?
शिक्षाले दिशा निर्देश गर्न नसकेको राजनिति हैन र?
अवको आवश्यकता नेपालको माटो र यहाँकाे संस्कृतिलाई जगेर्ना गर्दै न्यायोचित रुपमा हावा , पानी र माटोको सही सदुपयोग गर्दै यही देशमा भविष्य देख्ने शिक्षार्थी उत्पादन गर्नु छ हैन र?
हेक्का राख्नुहोस : आजको वेतिथी गलत शिक्षा कै उपज हो।
गलत शिक्षा गलत शिक्षाको नेतृत्वको कारण हो।
जुनदिन सम्म शिक्षाले सहीलाई सही भन्न सिकाउदैन, र ठिक व्यक्ति ठिक ठाउँमा पुर्याउनको लागि उत्प्रेरणा जगाउदैन, त्यो दिनसम्म भ्रष्टाचार, कुसंस्कार र कुरिती मौलाउने नै हो।
आजको आवश्यकता एकल शिक्षकको प्रतिस्पर्धा र एकल संघ संगठन जे नाम दिएपनि हुन्छ।
सावधान सवै नेतृत्वमा तम्सनेहरु।
नेता बन्नु छ भने भगवान कृष्णको साथी सुदामा र उनको श्रीमति बशुन्धरालाई पढ्नको लागि अपिल गर्दछु।
तपाईं नेतृत्वमा रहंदै गर्दा नेपालले हार्नुहुदैन।
शिक्षक महासंघका मुर्धन्य नेता ज्यू हरु ,
तपाईंको कार्यकालको लागि नेपाल सरकारबाट काज पनि प्राप्त गर्नुभएको छ। यस समयमा नेपालको शिक्षा कस्तो हुनुपर्छ भनेर भन्नु भएको छ त ? अव शिक्षक महासंघको नेतृत्वले सोच्नुपर्दैन? शिक्षकले बुझाएको लेवीको अर्थ के?
शिक्षक महासंघ त नबोल्नेको पनि आवाज हुनुपर्ने हो तर शिक्षकको पनि आवाज बोल्न सकेको छैन। शिक्षक महासंघ त निरिह भएको अवस्थामा छ, विभिन्न तह र तप्काकाे समिति समेत त गठन गर्न नसकेकाे महासंघलाई कसरी मुल्याङ्कन गर्ने? शिक्षक महासंघको त विजोग छ भने अरु संघ र संगठनको कुरो के गर्ने?
त्यसैले शिक्षा सम्बन्धि ग्यान राख्ने, भोलिको शिक्षाको वारेमा रेखांकन गर्न सक्ने लोभबाट टाढा रहेको एउटा शिक्षकलाई परेको मर्का देख्दा मलम लगाउन तागत र क्षमता भएको व्यक्ति, विश्वपरिवेशलाई बुझी नेपालको शिक्षा निति बनाउन सक्ने र सरकारसँग सिधा आँखा जुधाउने व्यक्ति नेतृत्वमा आउनको लागि अपिल गर्दछु।
कहीँ कतै केही बढि लेखेको भए नजानेर अल्पग्यान छचल्किएको हुन सक्छ भनी बुझिदिनुहोला। माफ पाउँ है गुरुवर्ग।
Shreedhar Paudel, Binita Ranjit and 59 others
33 Comments
Like
Comment
Share