Monday, October 10, 2022

शिक्षकको नेतृत्वले सोच्ने कि?

 २०७९/०४/१५

शिक्षकको नेतृत्वले सोच्ने कि?
शिक्षक भएको नाताले केही कुरा पोख्न चाहन्छु। आदरणीय शिक्षक नेतृत्व ज्यू,
तपाईं मलाई कत्तिको चिन्नुहुन्छ त्यो तपाईंको कुरा रह्यो।
- तपाईं शिक्षक नेता बन्न खोज्नुहुन्छ भने झुण्ड त्याग्नैपर्छ र समग्रमा शिक्षकको नेता हुनु सक्नुपर्छ।
- मेरो ठम्याईमा आजको दिनसम्म नेपालमा न राजनैतिक दल , राजनैतिक दलको रुपमा विकास भए न शिक्षकका संघ, संगठन र महासंघ नै। यी केबल झुण्डको रुपमा विकास भए । जसको कारणले नेपालका शिक्षकहरु ओझेलमा परे। चुनाव आउँछ केही झुण्डले तयार पारेको henchmen लाई साथमा लिएर उनीहरूको मुखपत्र बन्न सक्नेहरुलाई अगाडि सारेको अवस्था छ अहिलेसम्म।
- त्यसैले शिक्षक ओझेलमा परेको छ।
-शिक्षकको नेताले त समग्र शिक्षा जगतको जिम्मा लिन सक्नुपर्छ न कि विदेश सवार र कहीँ कतै लाभका स्थान मात्रै। आज नेपाली समाजमा बढेको विकृतिको जिम्मा पनि शिक्षकको नेतृत्वले ग्रहण गर्न सक्नुपर्छ। देशको शिक्षा कस्तो हुनुपर्ने हो। त्यसको खाका तयार गरी सरकारलाई कार्यान्वयनको लागि दवाव दिनुपर्ने हो। के तपाईसँग योजना छ त? तपाईं शिर्ष नेतृत्वमा पुग्नुभयो भने समग्रमा शिक्षा कस्तो हुने ? शिक्षकले के सुविधा पाउने। असल र गुणस्तरीय व्यक्तिहरूलाई शिक्षामा कसरी तान्ने योजना छ त? बडो विजोग छ SEE मा सवैभन्दा कमजोर GPA प्राप्त गर्ने विद्यार्थी शिक्षा पढाउँदै छ।
आज नेपालमा भएको विकृतिको जिम्मा नेपालको शैक्षिक नेतृत्व विद्यालय तह र महाविद्यालयको नेतृत्वले लिने कि नलिने?
किन ?
किनकी नेपालको विद्यालय र महाविद्यालयबाट निस्केको जनशक्ति कुसंस्कारी, भ्रष्टाचारी र अराजक भयो ।
किन?
- किनकि शिक्षाले संस्कार सिकाउन सकेन।
शिक्षा संस्कार विहिन भयो।
- शिक्षाले गुटबन्दी गर्नु पाप हो अधर्मको बाटो हो भनेर भन्न सकेन।
- शिक्षाले भ्रष्टाचार गरेमा सामाजिक वहिष्कार गर्नुपर्छ र त्यस्ता व्यक्ति समाजका भाइरस हुन भनेर भन्न सकेन।
-जो भ्रष्टाचारी हो , गलत छ भन्ने जान्दाजान्दै पनि तीनै व्यक्तिलाई बारम्बार सहयोग गरेको छ नेतृत्वले ।
किन?
- किनकी नेतृत्व गुरु बन्ने हैसियतमा पुगेको छैन।
कृष्ण भगवानले द्रोणाचार्यलाई द्रोणाचार्यको छोरा असोस्थामा अधर्मी भएको हो भने झैं भएको छ।
- तपाईं पनि शिक्षकको नेतृत्वमा रहेको व्यक्ति सवल, योग्यता पुगेका, तहगत रुपमा स्थायी नियुक्ति पाएका व्यक्ति मात्र विद्यालयको नेतृत्व गर्नुपर्छ भनेर भन्न सक्नुहुन्छ । आँखा डुलाउनुहोस त प्रावि तहको शिक्षक छ, मावि विद्यालयको नेतृत्व गर्छ, कि नियमावली परिवर्तन गर्नसक्नुपर्यो हैन भने उहाँहरुलाई विद्यालयको नेतृत्वमा रहने कुनै अधिकार छैन।
फेरी अनुशासन सिकाउने शिक्षक आफै अयोग्य छ, शिक्षक सेवा आयोगको परीक्षा पास गर्दैन, आफु गर्दैन तर अरुलाई दोस दिन्छ।
यसमा हजुरको धारणा के छ नेता ज्यू?
आदरणीय शिक्षक नेता ज्यू,
आजकै दिनबाट तहगत रुपमा योग्य भएका स्थायी शिक्षक मात्र विद्यालयको नेतृत्वमा राख्नुहोस है, अन्यथा आधी आउँदैछ। मडारिने दिन नआओस्।
नेतागण भन्न मन लाग्यो यसमा तपाई हामी पनि दोशी छौं‌। म भन्दा बढी दोशी हजुर हुनुहुन्छ। किन नेता ज्यू थाह छ।
म त सामान्य शिक्षक तर तपाईं त समग्र शिक्षाकको नेता, हैन र?
हामीले हाम्रो शिक्षाको माध्यमबाट कुसंस्कार, गुटबन्दी, भ्रष्टाचार, चाकडी जस्ता कुराहरू गर्न हुदैन भनेर सिकाउनै सकेनछौ। शिक्षकको अधिवेशनमा पनि विधानले नतोकेका व्यक्ति कति जनालाई पदमा पुर्याउन भयो हेक्का छ नि?
यसै प्रसंगमा जोड्न मन लाग्यो: भगवान कृष्णले गुरु द्रोणाचार्यलाई तपाईं किन छोरा प्रति त्यती धेरै मोह गर्नुहुन्छ। तपाईंलाई तपाईंको छोराले के दियो?
सुख, शान्ति र समृद्धि।
अनि तपाईले के दिनु भयो नि?
उसले चाहेका कुरा सबै। सुख, मान र सम्वृद्धि। के संस्कार दिनुभयो?
के धर्मको बाटो देखाउनु भयो?
उहाँले थप्नु भयो:
प्रेम गर्नु धर्म हो भने मोह गर्नु अधर्मको बाटो हो । तपाईंले तपाईंको छोरालाई मोह गर्नु भयो र अधर्मको बाटो रोज्नु भयो।
ठिक आज शिक्षक नेतृत्वले पदलाई प्रेम गर्नु पर्ने हो तर मोह गर्दै छ र पदमा टासिनको लागि तमतयार देखिराखेको छु।
कति बिडम्बना छ सामुदायिक विद्यालयमा आफ्ना सन्तान संस्थागत विद्यालयमा पठाउने, अनि आफुले पढाउने विद्यार्थी गरीबको सन्तान आँउछन् रे। तीनै गरिबका बच्चाहरू विद्यालयमा आएको कारणले मुखमा माड लागेको । बुझ्नुपर्दैन। दिने मान्छे कसरी गरी हुन्छ। तपाईंले नदिएको सन्तान विद्यालयलाई दिएको छ। उनीहरूको इज्जत गर्नुपर्दैन।
आजको नेतृत्व त कतै द्रोणाचार्यको मार्गमा त होइन। भगवान् कृष्णको भनाई अनुसार द्रोणाचार्यले रोजेको अधर्मको बाटो जस्तै भएन र ? कृष्ण ले सोध्नु भयो: आफ्नो छोरालाई बेलामा किन लगाम लगाउनु भएन? तपाईंको छोरा अधर्मी भयो।
के तपाईले छोरालाई शिक्षा दिनुभयो?
के संस्कार दिनुभयो?
ती दुबै कुरा दिन सक्नुभएन । गुरुले शिष्यसँग दक्षिणा खोज्नु न्यायोचित हो तर तपाईले मुल्य खोज्नुभयो। मुल्य खोज्नु भनेको शिक्षाको व्यापार हो। त्यसैले तपाईं गुरु बन्न सक्नुभएन केवल शिक्षक मात्र।
ठिक त्यही भएको छ अहिले शिक्षा त दिइयो। संस्कार दिन सकिएन र सही दिशा निर्देश गर्न नसकेकाे होइन र? एक शिक्षक हुनु र पुरा शिक्षकको नेता हुनु पनि फरक छ, हैन र?
तपाईं शिक्षक भएकै कारणले तपाईंको धनको मोहमा पर्नुभयो। तपाईंको छोरा अधर्मी भयो र तपाईंले पनि अधर्मको बाटो समात्नु भयो। महाभारतको युद्ध धर्म युद्ध हो भन्ने थाह हुँदाहुँदै तपाईंले पनि अधर्मको बाटो रोज्नुभयो।
आदरणीय समग्र शिक्षकको नेता विद्यालय देखि विश्वविद्यालय सम्म यो देशमा संस्थागत विद्यालय क्याम्पस मौलाए। किन?
जागिर सामुदायिक विद्यालयमा र सामुदायिक क्याम्पसमा छ तर तपाईंको समय र संस्थागत विद्यालय र क्याम्पसमा छ , हैन र?
संस्कृत भाषामा आजको विग्यानको खोज गर्नको लागि पनि त्यसैमा सबै थोक छ हैन र? तपाईं शिक्षक भएको नाताले संस्कृत भाषालाई जगेर्नाको लागि पहल भएन कि बुझाउन सकिएन?
मैले अंग्रेजी पढे तर अँग्रेजीको साथ साथै संस्कृत भाषाको ग्यान नभएकोमा आत्म ग्लानी छ।
किन?
किनकी न ग्यानै हासिल गर्न सकियो, न संस्कार र संस्कृतिको जगेर्ना नै न विद्यार्थीलाई सुसंस्कृत बनाउन सकियो न राष्ट्रवादी न मानवतावादी केवल धोकेबाज, चाप्लुसी, छलकपट, भ्रष्टाचार आदि मौलाउनको लागि मलजल गरियोकि? हैन र?
यदि शिक्षकको असल नेतृत्व भएको भए उसको चिन्तन नेपाललाई कस्तो शिक्षा चाहिन्छ?के गर्दा नेपालका विद्यार्थी नेपालमा नै अध्ययन गर्दछन ? कस्तो शिक्षा दिलाएमा विद्यार्थी उध्यमी बन्छन? कुनै सरकारी कार्यालय र विद्यालय र महाविद्यालयमा कार्य गर्दा पैसालाई भन्दा पेसालाई मर्यादा गर्छन भन्नेतिर सोच बनाइ, योजना बनाई नेपाल सरकारलाई कार्यान्वयनको लागि दवाव दिएको भए आज नेपाल जसरी प्राकृतिक रुपमा सुसम्पन्न छ त्यसरी नै दक्ष जनशक्ति उत्पादन गरी नेपाल साच्चै स्वर्गको रुपमा हुनेथियो।
सावधान शिक्षकका नेतागण,
-अव राजनैतिक नेताका पछि नलाग्नुहोस, दलका नेता तपाईंको मार्गमा आउनको लागि वाद्य पार्नुहोस। तपाईं गुलेली हुनुपर्छ मट्याङ्गाे होइन।
- शिक्षामा अनुशासन छैन भने देशले बाटो विराउँछ। त्यसको जिम्मा लिने हैसियत राख्नुहोस।
- विदेशी शिक्षा भित्राउनको सट्टा नेपालको हावापानी सुहाउँदो शिक्षा दिलाउनुहोस।
- आफ्नो बाल बच्चा विदेशमा पठाइ भोलिको दिनमा आफ्नो घर रित्ताउनतर्फ उन्मुख वातावरणको अन्त्य गरी अन्तर्राष्ट्रिय विद्यार्थी नेपालमा भित्राइ शिक्षाको माध्यमबाट धन आर्जनको माद्यम खोज्नसक्ने कुनै बाटो देख्नु भएको छ। पद हत्याउन सजिलो होला तर कार्यान्वयन बाटो त जटिल छ नि।
आज नेपालमा जे हुँदैछ, पराधिनता र परनिर्भरता यो केबल शिक्षाले बाटो बिराएर नै हो । मेरो ठम्याइ यही रह्यो।
अहिले कक्षा ९ र १० मा पढ्दै गरेकाे विद्यार्थीलाई स्वदेशको शिक्षा ठिक छ, यसैले उनीहरूको भविष्य सुन्दर बनाउँछ भनी आश्वस्त पार्न सक्नु पर्छ।
अहिलेको नेपालको वेतिथि मौलाउनमा दोषी को?
यसमा दोशी को?
राजनिति कि शिक्षा?
शिक्षाले दिशा निर्देश गर्न नसकेको राजनिति हैन र?
अवको आवश्यकता नेपालको माटो र यहाँकाे संस्कृतिलाई जगेर्ना गर्दै न्यायोचित रुपमा हावा , पानी र माटोको सही सदुपयोग गर्दै यही देशमा भविष्य देख्ने शिक्षार्थी उत्पादन गर्नु छ हैन र?
हेक्का राख्नुहोस : आजको वेतिथी गलत शिक्षा कै उपज हो।
गलत शिक्षा गलत शिक्षाको नेतृत्वको कारण हो।
जुनदिन सम्म शिक्षाले सहीलाई सही भन्न सिकाउदैन, र ठिक व्यक्ति ठिक ठाउँमा पुर्याउनको लागि उत्प्रेरणा जगाउदैन, त्यो दिनसम्म भ्रष्टाचार, कुसंस्कार र कुरिती मौलाउने नै हो।
आजको आवश्यकता एकल शिक्षकको प्रतिस्पर्धा र एकल संघ संगठन जे नाम दिएपनि हुन्छ।
सावधान सवै नेतृत्वमा तम्सनेहरु।
नेता बन्नु छ भने भगवान कृष्णको साथी सुदामा र उनको श्रीमति बशुन्धरालाई पढ्नको लागि अपिल गर्दछु।
तपाईं नेतृत्वमा रहंदै गर्दा नेपालले हार्नुहुदैन।
शिक्षक महासंघका मुर्धन्य नेता ज्यू हरु ,
तपाईंको कार्यकालको लागि नेपाल सरकारबाट काज पनि प्राप्त गर्नुभएको छ। यस समयमा नेपालको शिक्षा कस्तो हुनुपर्छ भनेर भन्नु भएको छ त ? अव शिक्षक महासंघको नेतृत्वले सोच्नुपर्दैन? शिक्षकले बुझाएको लेवीको अर्थ के?
शिक्षक महासंघ त नबोल्नेको पनि आवाज हुनुपर्ने हो तर शिक्षकको पनि आवाज बोल्न सकेको छैन। शिक्षक महासंघ त निरिह भएको अवस्थामा छ, विभिन्न तह र तप्काकाे समिति समेत त गठन गर्न नसकेकाे महासंघलाई कसरी मुल्याङ्कन गर्ने? शिक्षक महासंघको त विजोग छ भने अरु संघ र संगठनको कुरो के गर्ने?
त्यसैले शिक्षा सम्बन्धि ग्यान राख्ने, भोलिको शिक्षाको वारेमा रेखांकन गर्न सक्ने लोभबाट टाढा रहेको एउटा शिक्षकलाई परेको मर्का देख्दा मलम लगाउन तागत र क्षमता भएको व्यक्ति, विश्वपरिवेशलाई बुझी नेपालको शिक्षा निति बनाउन सक्ने र सरकारसँग सिधा आँखा जुधाउने व्यक्ति नेतृत्वमा आउनको लागि अपिल गर्दछु।
कहीँ कतै केही बढि लेखेको भए नजानेर अल्पग्यान छचल्किएको हुन सक्छ भनी बुझिदिनुहोला। माफ पाउँ है गुरुवर्ग।
Shreedhar Paudel, Binita Ranjit and 59 others
33 Comments
Like
Comment
Share

No comments: