२०७४-०६-०९
नेपालका शिक्षकहरुलाई गाली र अस्थाई शिक्षकको कारणले शिक्षाको गुणस्तर खस्केको हो भन्नेले जवाफ दिन सक्नु पर्छ नेपालको गुणस्तर कसले खसालेको हो?
नेपालका शिक्षकहरुलाई गाली र अस्थाई शिक्षकको कारणले शिक्षाको गुणस्तर खस्केको हो भन्नेले जवाफ दिन सक्नु पर्छ नेपालको गुणस्तर कसले खसालेको हो?
माननीय सभासद , नेतागण तथा प्रतिसप्रधाको लागि तयारीमा जुटेका सृजनशील विधार्थीहरु र अन्य अस्थाई शिक्षकलाई दोसी देख्ने मित्र गणहरु.
म एक स्थाई शिक्षकको हैसियतले तपाईहरुको गर्जनले मलाई केहि नगरे पनि म संगै शिक्षक भएर काम गरिरहेका सहयात्रीहरुलाई यासरी बोल्दै गरेको सुन्दा, सदनमा ठूलो स्वरमा अस्थाई शिक्षकको कारणले सामुदायिक विद्यालयको गुणस्तर खस्केको हो भनेर ठोकुवा गर्दागर्दै पनि यी विद्यालयको गुणस्तर खस्कनुमा यिनै ठूला गर्जनाभित्र लुकेको तितो सत्यको उपज हो भन्न किन डराउने. आजका अस्थाई शिक्षकलाई अस्थाई शिक्षकमा नियुक्ति दिने को? त्यो नियुक्तिलाई पुन समयावधि थप्ने को? हिजोको दिनमा शिक्षकलाई रुखामा झुण्डाएर मार्ने लडाकु वा प्रहरी र सेनाका व्यारेक धोस्त पार्नेहर स्थाई सेना र प्रहरी बन्न सक्ने, जनयुद्दको नेत्रित्व्क्रता देशको सभासद , मंत्री, प्रधानमन्त्री वा अन्य कुनै पदमा लानहुने तर शिक्षकलाई स्थाई बनाउदा शिक्षाको गुणस्तर खस्कनछ भन्नु आफैमा व्यंग होइन र ? यदि अस्थाई शिक्षकको कारणले शिक्षाको गुणस्तर खस्कंछा भन्ने थियो भने किन उनीहरुलाई अस्थाई नियुक्ति दिदै समय थप्दै लगियो.?
बिना शैक्षिक योग्यताको कुनै पनि व्यक्ति आस्थाई शिक्षक छैन. उनीहरु विभिन्न विस्वविधालयाबाट शिक्षक हुनको लागि तोकेको शैक्षिक योग्यता बोकेका व्यक्तिहरु मात्र शिक्षक भएका छन् तर पनि उनीहरुलाई अयोग्य भन्ने अधिकार कसले प्रधान गर्यो? त्यहि अस्थाई शिक्षकले क ख रा सिकाएको व्यक्ति देशको सभासद देखि देशको उच्च पदमा आसिन छन्, वा माननीयबाट सम्माननीय समेत रहेको अवस्थामा उनीहरुलाई पिडा दिने कार्य गर्नु अन्याय नै ठहरिने छ. तपाईहरुको गर्जन एक अर्थमा सहि छ . शिक्षाको गुणस्तर खस्कदो छ . के यसमा त्यही अस्थाई शिक्षक हो त? माननीयज्यूहरु तपाइको वच्चा सामुदा यिक विद्यालयमा भर्ना गर्नोस विद्यालयको गुणस्तर आफै ब्रिदी भैहाल्छा. आज प्राय सामुदायिक विद्यालय आधापेट खाने, आधा शरिर ढाक्ने, आधा पेंसल बोक्ने, आधा पेजमा ग्रिह कार्य गर्नुपर्ने अनि पाठ्यपुस्तक हेर्दाको पहिलो नजरमा छपाई ,कागज र पस्काईले नै बित्रिस्णीत हुने देखिन्छ. यी पुस्तकको छपाइ , तस्विर र कागजको गुणस्तर के अस्थाई शिक्षकले गर्ने हो त?
माननीय सभासदज्यूहरु हिजो संबिधान लेखिदै गर्दा सभासद हुनको लागि शैक्षिक योग्यता राख्नुपर्छ भन्न चुक्नुभयो , देश चलाउन ल्याप्चेले हुने तर योग्यता पुगेर तिनै व्यक्तिले दिएको नियुक्ति गु न स्तर हिन हुने. एउटा संविधान सभा नभएर दुइ संबिधानसभाले संबिधान ल्याएको छ तर पनि त्याहा पनि बिबादै छ. अझ मेरो बुझाइमा त अहिलेको संबिधान धेरै कुराले पूर्ण हुदाहुदै पनि अमानवीय र विभेदकारी पनि छ र पिछ्डीएक वर्ग र समुदायलाई सदै पिछ्डीने बनाएको छ. आरक्षण किन र कसका लागि, समानुपातिक कसका लागि?
माननीय सभासदज्यूहरु, मेरो बुझाइमा मानव सभ्यताका दुश्मन भनेका गरिवी र अशिक्षा नै हो. यिनको निर्मुल पार्नको लागि राजनैतिक दल र सरकार र देशको कानुन सवल र सक्षम हुनुपर्छा तर के गर्नु मेरो देशको संबिधान अपाङ्ग छ , जहा बलियो हुनुपर्ने थियो त्यही चुकेको छ. यी बाट मुक्ति पाउनको लागि नेपालको संविधानले भन्न सक्नु पर्ने थियो अशिक्षित चाहे त्यो हिमालको भोटे वा पहाडको बाहुन क्षत्री वा तराईको मुशाहर वा यादव जो सुकै होस् उसलाई आवाशीय निशुल्क शिक्षा उपलब्ध बिना भे द भाव गर्न सक्नु पर्छ त्यसपछि जागिरको हकमा योग्य व्यक्ति योग्य ठाउमा प्रतिसप्रधाको आधारमा हुनुपर्छ. त्यस्तै गरि गरीब जो सुकै होस् बाहुन वा क्षत्री, कामि वा दमाई , नेवार वा यादव , मुसहर वा चौधरी जे भे पनि उनीहरुलाई उद्योग धन्दामा रोजगारी आकर्सक पारिश्रमिक दिएर दिन सक्नु पर्छ . अनि सामाजिक न्याय हुदैन त तर मेरो देशको संबिधानमा आर क्षणको व्यवस्था गरेर अमानवीय नै छ . यसलाई परिवर्तन गर्नु पर्छ र सवै नेपाली सगौरभ बाच्न पाउनुपर्छ. तपाइको आवाज छ भने यसमा आवाज उठाउनु होला. म एक
शिक्षकको नाताले भन्ने पर्छ मेरा विधार्थी भाईबहिनिहरु अपाङ्ग होइन सपाङ्ग बन्नुपर्छ आरक्षणमा वसेर उनीहरुलाई कमजोर देखाउनु अमानविय नै हो.
शिक्षकको नाताले भन्ने पर्छ मेरा विधार्थी भाईबहिनिहरु अपाङ्ग होइन सपाङ्ग बन्नुपर्छ आरक्षणमा वसेर उनीहरुलाई कमजोर देखाउनु अमानविय नै हो.
हिक्मत छ बोल्नोस शैक्षिक योग्याता बिए भन्दा तलको व्यक्तिले वडा अ ध्याक्षमा प्रतिसप्रधा गर्न नपाउने. एम भन्दा तलको शैक्षिक योग्यता भएको व्यक्तिले सभासदमा भिड्न नपाउने. अनि राजनीतिमा पनि पढे लेखेका र विश्व लाई बुझ्नस्कनेहरु पनि पुग्छन भनेर नेपालले नया पहिचान बनाउने छ.
गर्जन सक्नोस यदि तपाईमा ताकत छ भने सुकुम्वासीलाई जग्गा होइन निशुल्क सरकारी आवास दिनोस अनि आय आर्जनको लागि रोजगारी . किन चाहियो त्यो खोलाको किनाराका झूपडीहरु यदि उनीहरु बस्नको लागि पाका आवास, गासको लागि रोजगारी अनि बन्दैन त समाज?
भन्न सक्नु पर्छ प्रत्यक नागरिकले आफुले चाहेको धर्म मान्न पाउनु पर्छ भनेर तर के गर्ने दिनानुदिन धेरै नेपालीहरु पैसाको प्रलोभनमा क्रिस्चियन बन्न पुगेका छन् जुन कालान्तरमा गएर नेपाल र नेपालीको लागि घातक हुने छ.
माननीय सभासद ज्यूहरु , तपाईमा आट र साहश छ भने वडाको सदस्य, वडा अध्यक्ष आदिलाई सुबिधा दिए पछी मात्र भी आई पीलाई सुबिधा दिनुपर्छ भनेर . समाजको उत्थान बोलेर होइन गरेर हुन्छा. पक्कै पनि वडाको सदस्यभन्दा सभासदको आर्थिक हैसियत राम्रो र सवल हुन्छ भने तपाइको आफ्नै दलभित्र पनि प्रतिश प्राधि कम हुन्छन. अरु देशका भी आई पी लाई सुबिधा दिन्छन भने यहाका सानो तप्काबाट हेरौ न समाज परिवर्तन हुन्छा कि हुदैन. भाषणले होइन अव गरेर देखाउनु पर्छ. आट छ राजा हरिश्चन्द्रको ? आट र त्याग छ गणेशमानको जस्तो?

त्यस्तै गरि गाडीको सुबिधा चाहे कर्मचारी वा पुर्व भिआपॆ हरु कसैले नदेउ बरु उनीहरुको तलव भत्ता दुइ गुणा बढाए पनि हुन्छ तर गाडी नदेउ किनकि यसले सार्वजनिक गाडीमा हिड्दै गर्दा सर्वसाधरणा संग भेट हुन्छ र समाज पनि बुझ्छ. भिआइपीको मात्र होइन सम्पूर्ण नागरिकको सुरक्षाको कुरा उठाउ. पुर्व एक भिआइपी लाई दिएको सुरक्षा खर्चले पुरा सहरको शुरक्षा हुन सक्छ. समाज सुरक्षित भएमा आफ्नो नेताको सुर क्षाको लागि जनता नै ढाल बनिदिनेछन नत्र पुर्व राजा बिरेन्द्रको चाल हुनेछ. फरक तारिकाले सोचौ नेपालको परिवर्तन सहज छ.
अन्तमा अस्थाई शिक्षकलाई मानमर्दन होइन इज्जत गरौ. तपाइँ किन गर्जनु हुन्न सडकको धुलोको बिरुद्दमा ,भ्रस्टाचार को बिरुद्दमा , अनिमियाताको बिरुद्दमा, जम्बो सरकारको बिरुद्दमा, कहिलेकाही आफनी बिरुद्दमा तर नेपाल र नेपालीको पक्षमा. तपाइँ किन भन्नु हुदैन नेपालको पोशाक केहो भनेर ? शिक्षाको गुणस्तर को लागि शिक्षक,, विध्यार्थी , अभिभावक, समाज, शिक्षा मन्त्रालय र बिश्वबिद्यालय उत्तिकै जिम्मेवारी छन्. यता तर्फ़ सवैको ध्यान जाओस. सम्पूर्ण शिक्षक स्थाई भैसकेपछि पनि उनीहरुको सम्पूर्ण अस्थाई सेवा गणना होस्. अनि मात्र न्याय हुनेछ .
अन्तमा शिक्षकको नेतृत्व गर्ने मित्रहरु सम्बन्धित निकायमा वार्तामा वस्दै गर्दा आफु भन्दा पिडितलाई हेर्नोस अनि मात्र तपाई शिक्षकको नेता बन्न सक्नुहुनेछ. शिक्षकले चाहेमा विध्यालायामात्र होइन देश हाक्ने सामर्थ्य छ. यसमा ध्यान दिनुहोला. यो पेशा पवित्र र उत्क्रिस्ट छ र पेशा प्रति अनादर गर्नेहरु यसबाट चाडै नै बाहिरिनुहोला किन कि यसमा तपाईलाई गाडी छैन , महल छैन तर सर्वत्र शास्त्र देखि गल्ली गल्लेसंम माया , स्नेह र श्रद्दा छ यसलाई जोगाइ राख्ने कार्य शिक्षककै हो.

No comments:
Post a Comment