२०७४-०५-२५
मेरो नेपाल होइन हाम्रो नेपाल सुन्दर
प्रकृतिले सुन्दर नेपाल , आकारमा नि सुन्दर
भेषभुसा सवै सुन्दर , मन्दिरले सुन्दर
मनको नि नेपाल सुन्दर बिचारको नि सुन्दर
जताततै हेर्दै गर्दा मन भयो सुन्दर,
हिमालको टळ्काई अझै कति रहेछ सुन्दर
तराइको धानको बाला उस्तै रह्यो सुन्दर.
डाफे हेरयौ उस्तै सुन्दर कोइलीको बोलि सुन्दर
हात्तिको लस्काइम उस्तै लाग्ने सुन्दर
चितुवाको दौडाई हेर्यौ कति सुन्दर सुन्दर
झरनाको कल कल उस्तै रहयो सुन्दर
पाल्पाली ढाका हेर्यु कति कति सुन्दर,
पोखराको ताल हेर्यो मनै भयो सुन्दर
जता हेर्यो उतै सुन्दर, के छैन र सुन्दर?
सरकार हेर्यो चाल हेर्यो छैन की सुन्दर !
झुपडीमा छिर्दा खेरि स्वागत नै सुन्दर
महलका गेट हेर्यो लाग्छ कति सुन्दर
गेट नखुलेपछि भन्नु खै सुन्दर!
झुपडीको स्वागत खोले कति मिठो सुन्दर
खाना फाल्ने महललाई भन्नु र सुन्दर ?
खस्रो बोलि बोले पनि लाग्छ त्यही सुन्दर
आइसियोस, गैसियोस सुन्दा लाग्दैन है सुन्दर
कताबाट ब गाएप नबुझेकै सुन्दर
भासिकामा अपभ्रम्स नभएमा सुन्दर
युवा जति नेपाल बसे हुन्थो कति सुन्दर
संस्कृतिको सृजनामा रमे देखि सुन्दर
खोले खाए सिस्नो खाए त्यसमा नि सुन्दर
जंक फुड नखाएम अति नै सुन्दर
दाजु भई दिदि बहिनि मिलि बसे सुन्दर
साथमा आमा बाबु कति हुन्थ्यो सुन्दर
हजुरबा हजुरआमा भए कति सुन्दर
गोठको गाई दुए मनै छुने सुन्दर
बारीको बोडीको तरकारी कति सुन्दर
गाभाको गाठो मकैको आटो अति नै सुन्दर
सवै मिलि खाएमा सवैलाई सुन्दर
हातेमालो गरि हिडे सवैलाई सुन्दर
सेर्पा मगर मधेशी मिले हुने हाम्रो सुन्दर
हिन्दु मुस्लिम क्रिस्चियन सवै मिले सुन्दर
मेरो होइन हाम्रो भने कति हुन्थ्यो सुन्दर
तराई पहाड हिमाल हाम्रै छ है सुन्दर
चाइना भारत मात्र होइन नेपाल नि सुन्दर
खोलानाला हेरेदेखी लाघ्छ सधै सुन्दर
गैडा हात्ती मृग हेर्यो सवै लाग्यो सुन्दर
बेलायत अमेरिका नेपाल नि सुन्दर
सवैसंग हातेमालो गर्ने सवै सुन्दर
हतियारको प्रयोग लाग्दैन नि सुन्दर
फोहोर फाले शहरमा छैन अव सुन्दर
उद्योगको धुवाले हावा छैन सुन्दर
आचरणको अभावले राजनीति छैन सुन्दर
युवा देशमा वसे देखि हुने थियो सुन्दर
पैसाको चलखेलमा सम्बन्ध छैन सुन्दर
पैसा ठूलो देख्नेको मन छैन सुन्दर
लोभलाई त्याग्न सके कति हुन्थ्यो सुन्दर
आफ्ना आफन्त सगै भए हुने थियो सुन्दर
बैंकले दिने रिनमा सस्तो व्याज सुन्दर
हासे देखि मिलेदेखि सवै हुने सुन्दर
नेपाली हौ मिलि बसौ यही हाम्रो सुन्दर
मेरो नेपाल होइन अव हाम्रो नेपाल सुन्दर
लालिगुरास गुलाफ फुले जताततै सुन्दर
सुन्दरै सुन्दरले नेपाल पारौ सुन्दर
सुनाखरी जस्तै सवै नेपाली नै सुन्दर
No comments:
Post a Comment