२०७४ असोज ०३ मंगलवार
दशै,
तिहार्,छठ,नेपाल सम्बत, आउँदै छन आगनमा
नेपालीको महान पर्व, मनाउ देशमा ।
मुहारमा खुशि, भकारी भरी अनाज भैइराखोस
बैंकमा ब्यालेन्स्, उदार दिल सधै भैइराखोस् । ।
खानमा मिठो, बोलिमा मिठास, नयाँ कपडा लाउनलाई
अभाव कहिल्यै नपरोस तिम्रो, जिन्दगी भरिलाई
।
मागेर खान नपरोस तिमीलाई, दिनलाई पुगोस है
कापी र कलम किताप सवै, रुचिले पाए है ।
शिक्षाको ज्योती बोकेर तिम्रो, उज्यालो दिलाउ
सवैलाई समान्, उच्च सस्कृत, सवैमा मिलाउ । ।
च च हुई गर्दै,पिङ पनि खेल्दै, रमाए दशैमा
बाटो र घाटो, सर र सफाई, बनाए नमुना
मिठो मिठो खानु, सवैसङ्ग मिल्नु , यही छ कामना । ।
दशैको पाति, पहेला जमरा, अक्षेता लगाए
अशिरवाद लिदै, मावली र घर्, जहाँ तही रमाए ।
किताप्, कापी खोल्नलाई चाहि, गरे है सामना
घरको र मनको फोहोर फाले, यही मेरो कामना । ।
पढ्नु र लेख्नु सही बाटो हिड्नु ,देवीको आशिर्वाद
अन्याय्, कुरिती सवैलाई तिमी, भन्देउ
मुर्दावाद । ।
नगर्नु चाकडि, गर्नु सेवा, यसैमा भलो छ
हेर है नेपाल्, कती है सुन्दर्, सवैले बुझ्नु छ ।
जहाँ गए पनि नभुल नेपाल्, फर्की आए है
चिची र पापा,चचहुई गर्दै खेल्नलाई आए है । ।
दशैको टिका, तिहारको भैलि, खेल्नलाई नभुल्नु
देशको भाषा सस्कृत
सधै, हृदयमा
लिरहनु । ।
दुर्गा माता देउ आशिक यिनलाई, असल बन्नलाई
सगरमाथाको शिर जस्तै उचो, शिर बनाइ राख्नलाई । ।
कामको कदर्, गर्न हो जाने, सवैमा समान
अन्याय, अत्याचार विरुद्द्मा जाउ, यसलाई नमान । ।
धानकोवाला झुल्नलाई देउ, बनाउ नमुना
सुस्वास्थ्य असल सधै सफल, सवै पर्वको
मङग्लमय शुभकामना । ।
No comments:
Post a Comment