२०७४-०५-३१
के नेपाली काङ्रेसले बिपिको प्रजातान्त्रीक समाजवाद अगाल्दै छ वा हात्तीको देखाउने दातको रुपमा प्रयोग गर्दै छ ? नेपाली राजनितिका चौतर्फी रुपमा नेपाली समाज्को ध्यान केन्दृत गर्न सफल व्यक्ति थिए बिपि कोइराला । यद्यपी नेपालका कम्न्युस्टहरु उनलाई हेर्नेदृस्टिकोण गलत बनाए पनी जव जेल जर्नल र उनका विचारहरु अध्ययन गर्छन अनि भन्छन बिपिलाई मैले बुझेको रहेनछु । तर बिपिका अनुयाईलाई त त्यसो भन्न पनि नसुहाउला ।
के नेपाली काङ्रेसले बिपिको प्रजातान्त्रीक समाजवाद अगाल्दै छ वा हात्तीको देखाउने दातको रुपमा प्रयोग गर्दै छ ? नेपाली राजनितिका चौतर्फी रुपमा नेपाली समाज्को ध्यान केन्दृत गर्न सफल व्यक्ति थिए बिपि कोइराला । यद्यपी नेपालका कम्न्युस्टहरु उनलाई हेर्नेदृस्टिकोण गलत बनाए पनी जव जेल जर्नल र उनका विचारहरु अध्ययन गर्छन अनि भन्छन बिपिलाई मैले बुझेको रहेनछु । तर बिपिका अनुयाईलाई त त्यसो भन्न पनि नसुहाउला ।
बिपिले भनेका थिए राजा महेन्द्रलाई सरकार १० वर्षको समय पाएमा प्रत्यक नेपालीको जीवन स्तर मध्यम वर्गिय वनआउने थिए तर के गर्नु प्रतक्ष्य वा अप्रतक्ष रुपमा नेपाली काङ्रेसले २०४६ पछिको सरकारको नेतृत्व लिदै आएता पनि गरिव गरिवै छ, भ्र्स्ट केही नेताहरु फेरी चुनावमा भाग लिन पाउनुपर्छ भनी सम्सदमा आवाज उठाउन पुग्छन । मैले बुझेको बिपिको सपना त समाज परिवर्तनको एक साध्यकै रुपमा थियो तर बिडम्बना एकै जना व्य्क्ती सधी प्रधानमन्त्री, मन्त्री, सभासदको आकाङ्क्षी हुन्छ । आकाङ्क्षी हुनु दोस हुने थिएन यदी त्यी पात्रले आफुलाई आफ्नो घर परिवार भन्दा माथी राखेर दल भन्दा पनि माथी उठेर नेपाल र नेपालीको लागी समर्पित भएर नेपालको कल्याणकरी कार्य्मा लागेको भए । तर के गर्ने दुर्दशा छ । एक नेता लन्चको लागी पाच तारे होटेलामा पुग्छ तर उसँग राजनितिमा हुम्मिएको अर्को पात्र आज कुना दयालुले खाना दिन्छहोला भनदै सडकमा भौतारिएको छ।
बिपिको समाजवादमा समाज परिवर्तनको आकाङ्क्षा थियो तर आज यो गौड भएको छ । यसलाई चिर्न सक्नु नै आजको आवश्यकता हो । नेपालेको राजनितिले कुनै पनि राजनितिक प्र्णाली आफैमा खराव नहुनेरहेछ । खराव त व्यक्तिको आचराण पो रहेछ । नत्र भने हिजो राणामा समस्या देख्यो, त्यसको अन्ते भयो, राजामा सम्स्या देख्यो त्यो पनि अन्ते भयो तर नेपाल दिनानुदिन गरिवीतिर लम्किएको छ किन ? आजको नेपाली समाज र राजनिती अविर फुल र धुपबत्तिमा भएको अदृश्य शक्तिको अभाव हो । यसको अर्थ नेपाली समाज ढुङ्गाअदेखी डराउछ तर निती र नियम प्रती होईन किनकी अदालतले दोशी ठम्माएको व्यक्ती राजनैतिक आरक्षणमा खुला समजामा हिड्छ तर, अपराधिले सजाय पाउनुपर्छ भन्दै गर्दा मृत्यु हुन्छ , उसको लासको अन्तेस्टी वर्षौसम्म हुँदैन, यही हो नेपालको राजनितिले स्थान छोडेको स्थान । देशको निती नियम, कानुन स्सवैका लागी समान हुनुपर्छ, देशको कानुनले सवैलाई समानुपातिक रुपमा अवसर प्रदान गर्नुपर्छ तर के गर्नु समानताको नाममा नेपालेको कानुन असमानाताको दस्तावेज भएको छ ।
नेपाली काङ्र्सको सरकारले यो वा त्यो दलको , यो हाम्रो दलको भन्दै कुनै पनि नेपाली नागरिकलाई भेदभाव गर्नु हुँदैन । सरकार नेपालीको अभिभावक बन्नसक्नु पर्छ। कर्मचारी, प्रहरी , सेना, शिक्षक , अन्यको पदोनती , न्यायधिश, प्रधानन्यायधिश को नियुक्ती तथा पदोनति आदिमा योग्य व्यक्तिलाई स्थान दिनुपर्छ। राजनैतीक नियुक्तिको बेलामा पैसाको चल खेल को कुरा सन्चार माध्यममा सुनिन्छन त्यी अप्रजातान्त्रिक चरित्र हुन र अन्य दलका समर्थकलाई नेपाली काङ्र्सको सरकार भएकोमा कामलाई पुरस्क्रीत र खराव आचरणका व्यक्ती दण्डित हुन्छन भन्ने सन्देश दिनुपर्छ। गरिवलाई करमा छुट र धनीलाई न्यायोचित कर लगाई समाजलाई सामाजिक न्याय भएको देश नेपाल भनेर विश्वले चिन्न सक्ने वनाउनु पर्छ नेपाललाई अनी मात्र नेपाल, नेपाली , र नेपाली काङ्रेसको इज्जत बढ्ने छ।
नेपाली काङग्रेस सदभावको दल, मैत्रीको दल,नेपालीको ढुकढुकिको दल, बिकासप्रेमी दल, समुन्न्तको दलको रुपमा पहिचान बनाउन सक्नुपर्छ। देशको बिकास भाषणमा मात्र होइन व्यबहारमा उतारी नेपाली समाजलाई देखाउन सक्नुपर्छ। नेताहरुमा त्यगको भावना हुनुपर्छ। एकै जना मात्र बारम्बार सभापती ,मन्त्री, प्रधानमन्त्री नभै सवैलाई स्थान दिनुपर्छ। सरकारको बाडफाड र दलिय भाग बण्डामा नेपालका अरु दल भन्दा एमाले अग्र पङ्तिमा देखिन्छ। तर सामन्तवादको विरोध गर्ने नेपाली काङ्रेस्मा यसको बिकास हुन सकेको छैन। गणेशमानले प्रधानमन्त्री नखाएर साना भएका छैनन, कृष्ण प्रशादलको सादकि जिवनले नेपाली काङ्रेसको उचाईलाई अपहेलित हुन परेको छैन भने बिपिको सिदान्तले काङ्रेसिजनलाई मागिखाने भाडो भएको छ। त्यसैले बिपिलाई मागिखाने भाडोको रुपमा नभएर देशको मार्गनिर्देशको रुपमा अघी सार्नु पर्छ र अवलम्बन गर्नु पर्छ। योग्यलाई स्थान, असक्तलाई सम्मान, गरिविलाई रोजगार अशिक्षितलाई आवशिय निशुल्क शिक्षा, युवालाई स्वदेशमा नै स्थान र सवै नेपालीलाई आत्म सम्मानको अवस्था सिर्जना गर्नु नै आजको आवश्यकता हो। यसको पुर्ती गर्ने जिम्मेवारी नेपालको पुरानो दलको हैसियतले नेपाली काङ्र्सले लिनुपर्छ। अहिले नेपाली काङ्रेसले बुज्नुपर्छ कि संगठन नहुँदा नहुँदै पनि कहिले ठुलो कहिले दोश्रो ठुलो दल बन्न पुगेको छ यसको अर्थ यो होइनकी नेपालीहरु नेपाली काङ्रेसलाई माया गर्छन्। अहिलेको आवश्यकता नेपाली काङ्रेसको लागि नेपाली जनताले माया गर्ने दल बन्न सक्नु पर्छ। यसको लागि यस भित्रका पात्रहरु नमनिय हुनुपर्छ। नेपालीले भरपर्दो अर्को दल नपाएर नेपाली काङ्रेसलाई मत दिदै छन।
No comments:
Post a Comment