२०७४-०६-०१
अहिले एक्काइस सताब्दिका बालबच्चाहरु किन यान्त्रीक र कम सामाजिक बन्दैछन ? अहिलेका बच्चाहरु कुनै इलोक्ट्रोनिक यन्त्र जस्तै मोबाइल्, कम्प्युटर्, ट्याब आदिसँग प्रेम गर्दछन नकी घरका कुनै सदस्यसङग । किन उनिहरु आफ्ना आफ्न्तसँग टाडिन्छन ? किन शिक्षक्, बा, आमा, दाजु, दिदी आदिका कुरा सुन्न तयार हुँदैनन ? किन आफ्नो पढाइलाई भन्दा उनिहरु फेसबूक्, इन्स्टाग्राम्,र बिभिद इलेक्ट्रोनिक खेलमा बढी ध्यान दिन्छन । अहिलेको शिक्षाले किन यि बच्चाहरुको रुचिलाई सम्बोदन गर्न सकेको छैन । प्रत्यक बाबु आमा आफ्नो सन्तानलाई सवैभन्दा अगाडी देख्न चाहन्छन तर उनका बालबच्चाहरु उनिहरुको इच्छा विरुद्द लागेको कटुसत्य हाम्रा सामु छ ।
यसको समाधान के हो त ? अहिलेको शिक्षा र समाजले बालबच्चाको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ । शिक्षा, शिक्षक्, बा, आमा काटेको निबुवा जस्तै बन्नुपर्छ । एक पटक निबुवाको स्वाद लिसकेको व्यक्तिले निबुवा काटेको देख्छ भने उसको जिब्रोमा पानी आईहाल्छ । तर कसरी काटिएको निबुवा बन्ने त अग्रजहरु ? यसको अनुसन्धान गर्नु नै आजको परम आव्श्यकता हो ।
प्रत्यक बाबु आमा आफ्नो सन्तानलाई फक्रन लागेको फूलको रुपमा देख्न चाहन्छन । उनिहरुको वास्नामा सवै वरिपरी घुमिराखुन भन्ने चान्छन तर पनि आफ्नो बच्चा आफुले सोचे जस्तो अध्य्यन नगरेको देख्दा , कहि कतै बरालिएको देख्दा, लुकिछुपी आफले सोचेको भन्दा केहि चित्त नबुझाएको देख्दा, कहिले बोलिले, कहिले हातले कहिले लट्ठिले आफैले कुट्दै गर्दा त्यो पिडा बच्चालाई भण्दा आफ्नै मुटुमा बढी पिडा भएको हुन्छ तर पनि वच्चा बुझ्दैन, अनि भनिदिन्न्छ तैले पिट्नै मात्र त जानेको छस, पिट कती पिट्छस पिट्, त्यै त जानेको त्यती नै त होनी । अनि त्यो पिट्ने बाबु आमालाई केहोला ? विस्वास लाग्दैनकी कुनै पनि बाबु आमा आफ्ना सन्तानलाई मन दुखाउनलाई पिट्छन भनेर । जव आफ्नै सन्तान आफैतिर फर्कदै चर्को स्वरमा उनिहरुकै विरुद्द्मा विरुद्द्मा बोलिराख्दा सायद ति वच्चालाई याद हुँदैन कि उनिहरुको त्यो कटु वचनले आफ्ना बाबु आमाको मुटुलाई छियाछिया पारिराखेको छ । जीवनको पहिलो दशकको यात्रा पार गर्दैगर्दाको अवस्थाको वालक तैले के जानेको छस भनि आधा शताब्दी पारगरिसकेका पढेका व नपढेका किन नहुन, तर पनि अक्षर नपढेका तापनी जीवन त पढेका हुन्छन नि तर उनिहरुको आखामा गोभार नै लाग्छ । ति वच्चालाई के थाह अक्स्फोर्ड र क्याम्बृजका डा विद्वानले राजालाई दिन नसकेको जवाफ सामान्य भेडा गोठालाले दिएका थिए भन्ने कुरा । जीवन पढेर मात्र होईन भोगेर पनि बुझ्न सकिन्छ । आजका वच्चाहरु आफ्नो पेट आधा भरी खाई बच्चाको खुशिको लागी जे गर्न नि तयार बाबु आमालाई बुझ्दैन बच्चा अनि दोश दिन्छ ति आधापेट खाई बच्चाको पुरा पेट भराउन खोज्ने ति त्यागी बाबु आमालाई ।

प्रत्यक अशल शिक्षक आफ्ना विध्यार्थिलाई सवैभन्दा अव्वल बनाउन चाह्न्छन । ति विध्यार्थी सवैभन्दा अनुशासित्, नेतृत्वशिल्, मर्यादित र आज्ञाकारी बनुन भन्ने चाहन्छन तर के गर्नु जे नगर भन्छ एक अशल शिक्षक त्यही कुराहरु गर्न आजको विद्यार्थीहरु तत्पर देखिन्छन । गृहकार्य दिएमा कि गर्दैन र बहान गर्दै भन्ने गर्छ लोड्सेडिङ , भोज्, घरमा कोही बिरामि, कपी नभएको, खाना पकाउन परेको आदी यस्तै यस्तै बहाना देखाउछन । अनि जुत्ता, मोजा, नङ्, कपाल आदि, मोबाइल शिक्षक र शिक्षालयको निएम बनाउछन तर शिक्षार्थिहरु ति नियमहरु उल्ल्ङ्घ्न गर्न पाएमा पुरु सार्थी सोच्ने गर्छन जस्तो देखिन्छ अहिले । त्यसैले आजको आवश्यक्ता ति शिक्षार्थिहरुलाई उनिहरुको रुची अनुसार उनिहरुलाई सही मार्गमा डोर्याउन सक्नु नै हो ।
के थाह ति बिधार्थी हुन वा कुनै बाबु आमाका सन्तान, समान चरित्र का छन । आजको शिक्षा, वा समाजले यी कलीला बाल बच्चालाई सही मार्गमा डोर्याउन सक्नु पर्छ । कसरी बच्चाले बाबु आमालाई बुज्ने, र बाबु आमाले बच्चालाई कसरी बुझ्ने, यही नै हो आजको अनुसन्धानको विषय ।
No comments:
Post a Comment