Saturday, August 4, 2018

नेपालको आवश्यकता

२०७५-०४-१८
नेपालको आवश्यकता
योग्य व्यक्ति ठिक ठाउमा हुनुपर्छ। जुनसुकै सस्ठाको हाकिम होस या सर्वोच्च अदालतको प्रधान न्यायधिश वा प्रहरी प्रमुख वा प्रधानसेनापति वा गभर्नर वा मुख्य सचिव वा क्याम्पस प्रमुख वा विद्द्यालयको प्र अ आदि आदि जोसुकै हुन, जे सुकै लगाउन तिनको वास्था गर्नु पर्दैन तर के काम गर्छन र कार्य कसरी गरेका छन त्यतातर्फ ध्यान दिनुपर्छ। जो होस उ नेपाली नागरिक नै हो।उसको राजनैतिक सोच के छ त्यसलाई वास्था गर्नु पर्दैन तर उसले निस्पक्ष रुपमा काम गरिरहेको छ भने उसलाई प्रोत्सहान गर्नु पर्छ र खराव कार्य गरेको छ भने उसलाई दण्डित पनि गर्नु पर्छ।त्यही नै असल नेतृत्वको लक्षण हो।
जव देशको शाषक आफ्ना नागरिक् माथि आस्थाको आधारमा कार्वाही गर्न थाल्छ भने उसको विरुद्दमा लाग्नु उसको प्राकृतिक क्रतव्य हुने छ।जिउने हक सवैको समान छ।रास्ट्रप्रतिको दायित्व पनि उत्तिकै छ म देशको प्रधानमन्त्री त कुचिकार वा प्रहरी वा सेना वा डाक्टर वा इन्जिनियर आदि आदि भन्न थाल्छ भने उ पथ भ्रस्ट नै हो। यस्तो अन्याय गर्न कोहि पुग्छ भने त्यसको अन्ते सुनिश्चित् छ किन कि अन्तमा सत्यको नै विजय हुन्छ। यहि प्राकृतिक मान्यता हो।
देशका शाषक आफ्ना जनतामाथि एक पछि अर्को गर्दै कर वृद्दी गर्दै जान्छ भने तिर्दाको दिनसम्म मात्र सुनिश्चित छ यदि सवै थकित भएर कर तिर्न तिरस्कार गरेमा एक दुईलाई त कार्वाही गर्न सकिन्छ तर सवैले एकै स्वरमा आवाज निकालेमा शाषकलाई नै सडकमा नै पछारिदिनेछन त्यसैले शाषक सतर्क हुनुपर्ने छ। शाषक मालिक होइन सेवक हो, जव मालिक आदेश दिन थाल्छ सेवक सेवामा नलागेमा उनीहरुको स्थान मालिक देखाउने छन।
अहिले नेपालमा उच्च पदस्थ कर्मचारीहरु वा अन्य कोहीको शैक्षीक प्रमाणपत्रहरु विवादस्पद भएको पाइएको छ। कुनै निकाएमा रोजगारमा नियुक्ति दिएको सस्थाले उसको परिक्षण कालमा नै निर्क्यौल गर्नुपर्ने देखिन्छ। नत्र कुनै व्यक्तिको अन्तिम क्षणमा अयोग्य ठहर्याइन्छ भने उसले गरेका कृयाकलापहरु के भन्ने? यतातर्फ सम्बन्धित सवैको ध्यान जानुपर्ने देखिन्छ।
चन्द्र कान्त पण्डित
पोखरा लेख्ननाथ-३२, कास्की