Sunday, March 29, 2020

संकटको वेलामा जो जहाँ छ, त्यो त्यही ठीक छ।

२०७६/१२/१०
संकटको वेलामा जो जहाँ छ, त्यो त्यही ठीक छ।
कहिले काहीं प्रत्यक देशको सरकार निकै अप्ठ्यारोमा पर्छ। आफ्नो देशको नागरिक वाहिरएको हुन्छ, अनि त्यहाँ केही दैवी प्रकोप वा महामारी देखापर्छ , सम्वन्धित देशका नागरिक , आफन्तजन र मानवता कर्मीहरु ती विदेशीएका नागरिकको पक्षमा आवाज उठाउनु हुन्छ। जायज पनि देखिन्छ तर उहाँहरु त्यही समयमा विर्सनुहुन्छ कि उहाँहरुको एक आफन्त घरमा आइपुग्दा सिंगो देशको लागि दुरदशा हुनसक्छ। एक महिना अगाडि मैले कहीं कतै वुझेको मानिसको अगाडि यही कुरा बोल्दै गर्दा मैले अडानकासाथ भनिन किनकि उहाँ भन्दै हुनुहुन्थ्यो राज्यको जिम्मेवारी हुदैन? हुदैन भनेर कसरी भन्ने । हुदैन भनेर भन्नको लागि भन्नेसंग स्पस्टता रहनुपर्छ भने सुन्नेसंग विना पूर्वागर्ह सुन्ने क्षमता हुनुपर्छ।
कुनै विदेशीएको नागरिकलाई द्वन्द्व , आन्दोलन र मानवीय संभार भैराखेको वेलामा स्वदेशमा राष्ट्रले कुनै हालतमा पनि झिकाउन पर्छ तर महामारीले पिछा गरेका देशमा रहेका नागरिकलाई महामारीको को निर्काैल नभएसम्मका लागि जहा छन त्यही देशमा बन्दोबस्ती गरिदिनसक्नुपर्छ किनकि महामारी बाट ग्रसित नागरिक यदि स्वदेशमा भित्रन्छ भने उ पुरै कुलको विनासको कारण, समाज र देशको विनासको कारण वन्नसक्छ। त्यसैले यस्ता कुरा मानवअधिकारवादी र सम्वन्धित सवै सचेत हुनुपर्छ । मानिस प्यारो हो, नागरिक प्यारो हो तर महामारी त क्षेप्र्यास्त भन्दा पनि घातक छ। सवै सचेत रहाै र असल मानव वन्ने बाटोमा लागि नकि मेरो विदेशीएको छाेरो र विदेशीकि छोरीको मोहमा नभुलाै किनकि आगमन पछिको अँगालोमा पाएको सन्तान सवैको विनासको कारण हुनसक्छ।
जो जहा रहनुभएको छ उहाँहरुलाई त्यही रहनको लागि आग्रह गराै र देशको शाषकलाई अनावश्यक अमानवीय दवाव नदिआैं। सभ्य नागरिकको पहिचान यहीं हुने छ। तितो पोखेको छु मेरो लागि होइन समग्र मानवताको लागि त्यसरी नै वुझिदिनको लागि अनुरोध गर्दछु।

No comments: