Sunday, March 29, 2020

वर्तमानका वच्चाहरुमा सिकाउन नसकेको कुरा

२०७६ -१२ -१४
वर्तमानका वच्चाहरुमा सिकाउन नसकेको कुरा
कमजोरी कहाँँ र कस्को रह्यो ? विद्यालय वा घर वा अभिभावक वा समाज वा देशको संविधान । अहिलेका वच्चाहरु आफ्नो अधिकारको वारेमा आवाज उठाउन सक्ने भएका छन । नितिशास्त्र र वर्तमान शिक्षा नितिले पनि सवै वालवालिकालाई आज्ञाकारी वन्नुपर्छ नै भनेको छ । वस फरक यति हो कि हिजोको गुरुकुल शिक्षामा गुरुको वचन नै अन्तिम वचन हुने थियो । गुरु जे भन्नुहुन्थ्यो त्यो नै अन्तिम निर्णय हुन्थ्यो । तर आज यो अवस्था छैन । आजको वदलिदो सोचमा वालकलाई पिटाइ, सजाय र दवावमा राख्नुहुदैन भन्ने सोच बढिरहेको छ जुन सराहनिय हुदाहुदै पनि कहि कतै कठिनाई पनि सिर्जना गरेको छ । कुनै पनि शिक्षक, र वावुआमा आफ्ना वालवालिका र सन्तानलाई सजाय दिनको लागि उत्प्रेरित हुदैनन । जव वालवच्चाको सोच र वावुआमा र शिक्षकको सोचमा फरक आँउछ, अनि यस्तो विचारको प्रादुभाव हुन्छ ।
जुन घरमा आज्ञाकारी सन्तानको वास हुन्छ त्यो घर नै वास्तवमा वैभवशाली घर हुनेछ यद्दपी त्यही घरमा वालवच्चाको वावुआमा उनीहरुको रोजी रोटीको लागि दिनभरी कामको खोजिमा भौतारिन किन नपरोस । जगदम्नी ऋषिका छोरा पर्शुरामले आफ्नो वुवाको आदेशले आफ्नो आमा जयन्तीको शिर छेदन गरिदिएका थिए ।उनी खुशि भए । वरदान माग्न भने । उनले भने मेरी आमाको काटिएको शिर जोडिदिनोस । जगदम्नी ऋषि केही क्षण निशव्द भए । पर्शुरामले प्रश्न गरे ढिला गरेकोमा । अनि उनले तुरुन्त काटिएको शिरलाई जोडिदिए । जगदम्नी ऋषि आफ्नो श्रीमती जयन्तीसंग माफि माग्न वाध्य भएका थिए किनकि उनले उनको सतित्व माथि शंका गरे जसको पर्शुरामले याद दिलाएका थिए । त्यसपछि पर्शुरामले त्यसवेलाका अत्याचारी, अपराधी राजा कात्र्यविर्य अर्जुनको अन्त्य गर्न सफल भएका थिए । त्यसैले आज पनि हिन्दुहरु पर्शुरामलाई आदर्श पात्रको रुपमा सम्झन्छन र भोली पनि सम्झने छन ।
अहिलेको मानव अधिकारवादी संघ संस्थाले वालवच्चालाई सजाय दिनुहुदैन भनि उनीहरुले वाल अधिकारको वारेमा आवाज उठाउन सफल भएका छन । वालवच्चाहरुलाई अधिकारको वोध गराउन भन्दा पहिले उनीहरुलाई कर्तव्यको वारेमा सचेत गराउन पर्छ, जुन पाटो अहिलेको संघ, संस्था, विद्दयालय र स्वयम वावुआमा पनि चुकेका छन । आफ्ना सन्तान अरुका भन्दा ज्ञानी, सुन्दर र सफल देख्न चाहन्छन तर त्यो पाउदैनन । आफु आदा पेट खाना खाएर पनि वच्चालाई पुरा पेट खुवाउछन, आफुलाई पुरानै कपडामा सन्तुष्ट भै वच्चाको लागि नया कपडाको खरिद गर्छन तर त्यही वच्चा उनीहरुको भावनामाथि कुठाराघात गर्छन भने ती वच्चाका पिता माता कति पिडित हुन्छन होला । यति मात्र हो र कुनै वच्चा त आवश्यकता पुरा गर्न नसक्ने भए किन जन्माएका थियौ भन्न समेत पछि पर्दैनन । यी र यस्ता आवाजहरु दिनानुदिन प्रत्यक विद्यालयमा अभिभावकहरु विद्यालयका शिक्षकमाथि गुनासो गरिरहेको अवस्था छ । यसको अन्ते गर्नु नै आजको आवश्यकता हो । शिक्षक, विद्यालय र वावुआमा ती वालवच्चालाई कर्तव्यपरायण वनाउन असफल भएको छ ।
जुन घरमा अज्ञानी र हठी सन्तानको वास हुन्छ, त्यहा विनास हुन्छ । रामायणमा उल्लेख भए अनुसार एक दिनको कुरो हो जव राजा कार्तवीर्य राजाका ४ छोरा जगदम्नी ऋषिको घरमा पुगे उनीहरुलाई जयन्तीले कामधेनु गाईको सहायताले छप्पन भोग खुवाइ पठाइन । ती राजकुुमारको मनमा त्यो गाई उनीहरुको आफ्नै वनाउन चाहे । कार्तवीर्य अर्जुनले त्यो गाई उनीहरुको खुशिको लागि जवरजस्ती ल्याउने निर्णय गर्छन । त्यही समयमा सन्तानका प्रत्यक आवश्यकता पुरा गर्नु पर्दैन । जायज माग मात्र पुरा गर्नु पर्छ भनेकी थिइन उसकि श्रीमतीले तर उनको कुराको सुनुवाइ नभएकोले कामधेनु गाई जवरजस्ति लुटेर लगे । अन्तमा पर्शुरामले कार्तवीर्य अर्जुनका ४ छोरा र उनको समेत अन्ते गरिदिए । त्यसैले प्रत्यक वावुआमाले आफ्ना वालवच्चाको जायज मागलाई मात्र सम्वोधन गर्नु पर्छ अन्यथा अर्जुनको जस्तै पुरा वंशको विनाश हुन्छ । त्यसैले प्रत्यक वालवालिका आफुभन्दा मान्यजनप्रति आज्ञाकारी वन्नुपर्दछ । जायज मागमा मात्र जिद्दी जायज हुनेछ । अन्यथा सदाका लागि पछुताउने दिन आमन्त्रित हुन सक्छ ।
आजको आवश्यकता नै वालवच्चालाई वालमैत्री रुपमा शिक्षा प्रदानका साथै आज्ञाकारी र अनुशासित र भोलिका जिम्मेवार नागरिकको रुपमा दिक्षीत गर्नु पर्ने छ । यसको लागि मानव समाजका सम्पूर्ण अंगहरु जिम्मेवारीका साथ अघि बढ्नु पर्ने छ ।

No comments: