Sunday, March 29, 2020

नमस्कार

नमस्कार
सहयात्री शिक्षक मित्रहरु, कर्मचारी, प्यारा भाइवहिनीहरु, अभिभावक तथा सम्वन्धित सवै एवं मानव जगत ।
आजका दिनसम्म सारा सन्सार कोरोना भाइरस (corona virus) नामको महामरीबाट आक्रन्त भएकोले र नेपाल सरकारले पनि यस महामारीबाट वच्नको लागि पुरा नेपाललाई नै लकडाउन (lock down)गरेको अवस्थामा एक असल नागरिकको हैसियतमा रही गृह कोरेनटाइनमा वसी आफु, आफ्नो परिवार र सारा मानव समाजलाई यस आक्रान्तबाट वचाउनको लागि सहयोग पुऱ्याउनको लागि अनुरोध गर्दछु ।
प्रिय भाइवहिनीहरु जो एसीसी (SEE) परिक्षाको लागि पुरा तयारी गरेर पनि परिक्षाको अगिल्लो दिन चैत्र ५ गते माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित समिति ( Covid- 19 तथा संक्रमण, रोकथाम तथा नियन्त्रण समितिको निर्णय अनुसार अर्काे सूचना प्रकाशन नभएसम्म SEE परिक्षा स्थगित गर्ने निर्णय भएकोले यस विषम परिस्थितिमा धैर्य रही आफ्नै घरमा रही आफ्नो अध्ययन जारी राखि नेपाल सरकारले तोकेको समयमा परिक्षा दिनको लागि तयारीकासाथ रहनको लागि अपिल गर्दछु । यस समयमा आत्मवल दरो गरी भावी समयमा यस दुखद क्षणलाई सुखद वनाउको लागि प्रयत्नरत रहनको लागि जुटिरहनु । केही नराम्रा क्षणहरु मानव सभ्यताका लागि सुखत क्षणमा परिवर्तन हुनसक्दारहेछन । सारा पृथ्वी प्रदुषणले आक्रान्त भैरहेको अवस्थामा हाम्रो शहर नेपालको राजधानी काठमाण्डौ पनि प्रदुषित भएतापनि अहिले तेस्रो दिनको LOCK DOWN मा आइपुग्दा काठमाण्डौ शहरको वायुमा सुधार आइसकेको छ । ठीक त्यसरी नै भाइवहिनीहरुले आफ्नो पढाइमा अरु सुधारको समय प्राप्त भएको ठानी अध्ययन गरेमा मनमा शान्ति र परिक्षामा सोचे अनुसारको ग्रेड प्राप्ति गर्न सकिने छ ।
त्यस्तै गरी ११ र १२ को लागि तयारीमा जुटेका भाइवहिनीहरु पनि त्यही गतिमा रहनु र अध्ययन गर्नु । अरु सवै विध्यार्थी जसले परिक्षा दिएर वस्नुभएको छ, सवै कुरा सामान्य भएपछि तपाइहरुको नतिजा हामी पस्कने छौ । घरभित्रको समयमा आफ्ना अग्रजसंग खाना पकाउन सिक्ने, कपडा धुने, घरको सरसफाइ, कथा सुन्ने, सुनाउने, आफ्नो पारिवारिक इतिहास, आफ्नो स्थानको वारेमा जानकारी, दैनिकी लेखन, गाउघरमा पाइने अन्नवाली, फलफुल, तरकारी, जीवजन्तु, चराचुरुङ्गी, जातजाती, घरमा प्रयोग हुने सामान तथा सामाग्रीहरुको नाम र के को लागि प्रयोग हुदारहेछन आदि । समाचार सुन्नु, ज्ञानवर्दक कार्टुन तथा फिल्म हेर्नु र हेरिसकेपछि तिनिहहरुको वारेमा कस्तो अनुभुति भयो यीनीहरुको वारेमा लेख्नु । यदि यसो गर्नुहुन्छ भने तपाइहरुको कोरेनटाइम फलदायी रहनेछ ।
अभिाभावक ज्यूहरु तपाइ आफ्नो वालवच्चालाई तपाइको आफ्नो कथा सुनाउनोस, दिनचर्याको वारेमा वताइदिनोस, तपाइले भोगेको र अहिले भएको परिवर्तनको वारेमा सुनाइदिनोस, तपाइले हिजोका दिनमा खाएका खाना र वनाउने तरिकाको वारेमा वताइदिनोस त्यो ज्ञान वालवच्चाहरु उनीहरुले पढ्ने पुस्तकमा प्राप्त नगर्न सक्छन । यो समय आफ्ना वच्चाहरुलाई परिवारको महत्वको वारेमा वताइदिनोस । आफ्नो परिवार, समाज, देश र मानवसेवा र असल मार्गमा हिड्नको लागि उत्प्रेरित गराइदिनुहुन अनुरोध गर्दछु । तपाइ आफुलाई विश्वास गर्नुहोस, तपाइको वच्चा माथि भरोसा गनुहोस र राम्रो र नराम्रो कुराको याद दिलाइदिनोस, समयले साथ दिएको छ तपाइ तपाइको वच्चासंग रहहनको लागि । यसको सही सदुपयोग गरिदिनुहोला ।
सहयात्री शिक्षक मित्रहरु, तपाइहरु पनि यस समयलाई प्रयोग गरी आउदा दिनमा तपाइ हाम्रा कक्षाहरु कसरी प्रभावकारी वनाउन सकिन्छ । यसैको खोजमा लागौ जसले हामीलाई परिवर्तनको मार्गमा डोऱ्याई एक सफल र असल शिक्षकको रुपमा पहिचान वनाउन सहयोग पुऱ्याओस । म पनि त्यसैको खोजिमा छु । आसा छ तपाइको खोज र मेरो खोज भावी दिनको लागि उपयोगी बन्न सकोस ।
आदरणीय सज्जनवृन्द, हामी एक्काइसौ शताव्दीका मानिसहरु सभ्य छौ, सम्वृद छौ भन्छौ तर हातहतियारको होडमा दौडिरहेको देख्छौ । आफुलाई शक्तिशाली छौ भन्ने भ्रममा वाचिरहेका छौ । कहिले धर्मको नाममा, कहिले शक्तिको नाममा, त कहिले धनको नाममा, कहिले पदको नाममा, कहिले राजनितिको नाममा, कहिले हतियारको नाममा होडवाजी गरिरहेका छौ तर पनि विर्सन पुग्छौ कि हाम्रो मृत्यु अटल सत्य हो । हामीले लगाउने कपडा भ्रम हो । यो कपडा हाम्रो मानव समाजले लगाइदिएको हो । यो भ्रम हो र जिउनको लागि चाहिदैन तर खाना अपरिहार्य हो । हामी गास विना वाच्न सक्दैनौ । एक्काइसौ शताव्दीको मानिसको भ्रमलाई तोड्नको लागि प्रकृतिमा कोरोना भाइरसले आतकिंत वनाएको छ । जुन देशहरु आफुलाई शक्तिशाली मान्ने गर्थे ती देशलाई कोरोना भाइरसले कमजोर सावित गरिदिसकेको छ । त्यसैले आजका दिनमा तपाइ , हामी सवैले आत्मवल दरो गर्नुपर्छ ।जव आत्मवल दरो हुनेछ हाम्रो इमिन्युटी शक्ति पनि शक्शिाली हुने छ । जव इमिन्युटी शक्ति हामीमा रहन्छ, कुनै किसिमका महमारीले हामीलाई छुन सक्ने छैन । स्वस्थ्यमा चेतनशिल रहौ, सन्सारका विज्ञका अनुरोधलाई स्वीकार गरौ, आफु पनि वाचौ र अरुलाई पनि वचाउने यात्रामा सरिक हौ ।
चन्द्र कान्त पण्डित
नि प्र अ
पशुपति मित्र मा वि
चावहिल, काठमाण्डौ

No comments: