Sunday, March 29, 2020

दैनिकी ज्यालादारीमा

२०७६/१२/१५
दैनिकी ज्यालादारीमा जीवन गुजारा गरिरहेका परिवारको वारेमा नेपाल सरकारको सोच पुगेमा राम्रो हुनेथियो। उनीहरुको लागि गास र अलपत्रमा परेकालाई गन्तव्यसम्म पुर्याइदिएमा राम्रो हुनेथियो । अहिलेको महामारी साथै भोकमरीबाट पनि सवैलाई वचाउन पर्छ। कोरोना गलत हो देखिदैन तर सारा सन्सारमा भुत भएको छ। त्राही त्राही पारेको छ। शक्तिशाली राष्ट्रहरु शक्तिको होडमा मिसायल बनाए, क्षेप्र्यास्त बनाए, लडाकु बिमान बनाए तर जिवाणुसँग भिड्ने antidote बनाहन चुकेका रहेछन किनकि घमण्ड थियो नि सम्पन्नताको।
सन्सारलाई सचेत गराउदै छ कोरोना। पुर्वीय आहार व्यहार, संस्कार संस्कृति कति वैज्ञानिक रहेछन। चाहे त्यो अभिवादन नमस्कार होस, चाहे त्यो घरबाट निस्केर फेरि घर छिर्दा हात गोडा धुने परम्परा , खाना खाने समयको हातगोडा र नुहाइ चोखो कपडा फेरि खाना खाने संस्कार , जुठो नखाने आदि सवै वैज्ञानिक पो रहेछन त।
मानिसले थुपारेको अकुत सम्पत्ति पनि अर्थहीन रहेछ। रोगलागे के भो त नेपालमा नभएर विदेशमा गराैला नि उपचार पनि भन्ने सोच। खै कहाँ छ त उपचार? हामीसँग नभएका कुराहरु धेरै छन यस धर्तीमा। नभए देखापर्छन। कृष्णले परिवार नातागोता सवै मानवीय भ्रम भनेका थिए। जसको पुष्टि आज कोरोनाले गर्दै छ। धन्दै सन्सार नै lockdown को अवस्थामा छ। संक्रमित मानिस isolation मा छ भने शंकास्पद मानिस चाँही quarantine मा छ। कोही संक्रमित होस त को पुग्छ उसँग छोरा, छोरी, वुवा, आमा भन्दै। त्यसैले एक्काइसौं शताब्दीमा मानिसको पहिचानको लागि कोरोना आएको छ। त्यसैले हामी सवै मानव सचेत हुनु छ। बाचाै र वचाआैं सन्देश फिजाआैं र नेपाल सरकारले गरेको lockdownको घोषडालाई सफल पार्दै परदेशी कोरोनालाई आमन्त्रित नगराै।
घरमा नै रहेर पनि सिर्जनशिल काममा समय विताआैं। आत्मवल दरो पाराैं। कोरोना माथि करुणा नदेखाउ। हेलचक्राइ नगराै, चैते हुरी झै आएको कोरोना यसको अन्तेसँगै यो पनि हराउने छ। तपाईं हामी सचेत हाै र शान्त जीवन जिआै।

No comments: