Sunday, March 29, 2020

हामी नेपाली सुरक्षित हुने छाै

२०७६/१२/११
हामी नेपाली सुरक्षित हुने छाै
नेपाल सरकार अहिले कोरोना भाइरसबाट सुरक्षित हुने जे बाटो अँगालेको छ त्यो सराहनीय छ। नेपाली हामी आत्तिनु पर्दैन किनकि तपाई हामी विच आत्मविश्वास छ । त्यही आत्मविश्वासले हामीलाई कोरोना भाइरसले सन्सारलाई त्रसित पारेपनि हामीलाई केही गर्ने छैन। आजको दिनसम्म पनि केवल हाम्रै देशको विदेशीएका नागरिक आफ्नो आगनमा गलत समयमा प्रवेशको कारणले हो। तपाईं विदेशीएका दाजु भाइ दिदीबहिनी जहा हुनुहुन्छ त्यही केही समयको लागि रहनुहोला। तपाईं नेपाल आउनु राम्रो हो तर तपाईसँगसँगै कोरोना पनि आयो भने तपाईंको कुल, समाज र देशको विनासको कारण हुनसक्छ । जहा रहे पनि धैर्यताकासाथ रहनुहोला। एक दिन फेरि तपाईंको आगमनले हाँसो ल्याउने छ तर यसपालिको आगमनले शंका र त्रास मात्र। राम्रो साेचाै राम्रै नतिजा पाउने छाै।

No comments: