Saturday, March 22, 2025

मेरो दाम्पत्य जीवनको सुरुवात २०५६ फागुन २६ गते शान्ति बरालसँग

 २०८१/११/२६

मेरो दाम्पत्य जीवनको सुरुवात २०५६ फागुन २६ गते शान्ति बरालसँग उनका बराल परिवारका अग्रज ससुरा हजुरबुबा ,बुबा लगायत समग्र बराल परिवारको आशिरवचनबाट मेरा दुई ठूला बाहरु र मेरो बाको निर्णय बमोजिम बाहरुको सल्लाह बमोजिम सुरु‌ भएको यात्रा आजको दिनमा २५ वसन्त पार गर्दै छ। मानिसको जीवन हाँसो, खुशी, वियोग, विछोड र पुनर्मिलनको सम्बन्ध नै महत्वपूर्ण रहने छ। जीवन केवल अनुभवको सँगालो नै हो। यही जीवन बुझ्ने कुरामा प्रत्येक मानिसले आफुले खोजेको कुरा प्राप्त गर्न सक्दैन होला तर पनि पश्चताप र खुशीका साथ जीवन चलिरहेको हुन्छ।
मैले उनका बुवा , आमाले उनीलाई विदाई गरेर डोलिमा राख्दै गर्दा शान्तिको ममीले भनेको कुरा र मेरो प्रतिक्रिया अझै पनि सम्झनामा ताजा रहेको छ। उहाँको भनाई थियो:
हाम्रीनछोरीको हात हजुरको हातमा सुम्पेका छौं। उनी अरुभन्दा भिन्दै छन। पाले पुन्य मारे पाप भन्दै हुनुहुन्थ्यो। मेरो जवाफ थियो:
सुख दिन नसकेपनि दुख चाहिँ दिन्न।
त्यो मैले दिएको वचन आजको दिनसम्म मन वचन र कर्मले पालना गरेको छु। तर सुखको कुरा व्यक्तिगत अनुभुति हो।
मलाई लाग्दैन:
राम्रो विस्ताराले निद्रा दिन्छ।
वस्तुको प्राप्तिलाई सुख दिन्छ।
सन्तानले दिएको सफलताले दिने शान्ति।
वा सन्तान प्राप्ति।
यो त अनुभुतिको कुरा हो। यो नितान्त ब्यक्तिगत हुन्छ। असाध्यै ठूलो पिडा, वेदना र अभावमा पनि कोही मुस्कुराइरहेको हुन्छ। त्यो मुस्कुराहट नै सुखको सन्देश हो। खुशीको सन्देश हो। सुख, शान्ति र समृद्धि मानिसले चाहेर मात्र हुँदैन। यसमा लगनशीलताको जरुरी छ। लगनशीलताले मात्र पनि काम गर्दैन। भाग्यले पनि साथ दिनुजरुरी छ। त्यसैले आफु खुशी र सुखी हुनको लागि त्याग पनि चाहिन्छ। त्याग पछिको प्राप्तिले मनमा शान्ति मिल्छ। त्यही शान्तिको रुपमा लिएको छु मेरी शान्तिलाई यद्यपि कहिल्यकाहीँ मेघ गर्जने र भारी वर्षा भैहाले पनि त्यो प्राकृतिक हो भन्ने बुझिहाल्छु नि। त्यसैले मलाइ लाग्छ:
Shanti was mine.
She is still mine.
She will be mine too.
It's my faith. My faith is personal. It continues till the time if there is not puncture .
Hope
My faith may not be shattered.
Why?
It's because Shanti is with me. Name is enough though there may be thundering and thunderstorms around real life.
मानिसको पिडामा लगाएको मलम र डाक्टरले दिएको औषधीले त काम गर्दोरहेनछ। छटपटावले आत्तिएको देख्नेलाई पिडा भएको कुरा कसले देखिदिने।
सबैभन्दा ठूलो कुरा र उनको समर्पणले ऋणी बनाएको छ। गत माघ महिनाको प्रयागराजको यात्रा अनि त्यहीन प्रयागराज महाकुम्भमा नदिमा डुुब्लुकी मार्नको लागि गरेको सबै व्यवस्थापन। उनी आफु जानलाई असहज भए पनि आफ्नो सहयात्रीलाई पठाउनको लागि भारतीय पैसाको व्यवस्था, कपडा प्याकिङ र बाटोमा कहीँ कतै खान नपाएमा बुढो भोको नरहोस् भनी ड्राइ फ्रुट लगायत अन्य खानेकुराको व्यवस्था। साच्चै भन्ने हो भने भारतका वनारस, प्रयागराज र अयोध्यामा उनीले उत्प्रेरणा नदिएको भए सायद म पुग्दैनथे। त्यसैले त्यो सबैको श्रेय मेरी अर्धाङ्गिनी शान्तिलाई नै जान्छ र आगामी दिनमा नाम अनुसार सान्त रही जीवनका यात्रा सरल, सहज र सुन्दर बनाउने प्रयासमा सदैव उनी र म जुट्नै पर्छ बालुवा र सिमेन्ट जुटेझै।जसले गर्दा सम्बन्ध केहो र कस्तो हुनुपर्छ हामी स्वयं महशुस गर्नुपर्छ। त्यसैले एकपटक स्वर्गीय ती अग्रज पण्डित र बराल परिवार जन प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै उहाँहरुको आशिरवचन र वर्तमान रहेका हामी दुवै परिवार तर्फका मान्यजन प्रति आभार हुँदै हाम्रो यात्रा सफलताका साथ साथै सम्पन्न गर्ने छौ भन्दै यहाँहरुको शुभकामना ग्रहण गर्दै सत्कर्ममा लाग्ने वचनवद्धता पनि व्यक्त गर्दछु।
मेरो जीवनमा सहज रुपमा अगाडि बढाउन सहयात्रा गरिदिने
शान्ति र स्वयं आफुलाई पनि वैवाहिक जीवनको आगामी दिनमा अझै सुस्वास्थ्य र एक आपसमा बुझ्नसक्ने सामर्थ्य हामी दुबैमा दुबो झैं टिकिरहोस भनी शुभकामना साथै हार्दिक बधाई हामी दुबैलाई। हामी दुइलाई यात्राको बन्धनमा बादिदिने हाम्रा पुज्य पिताहरु , अग्रजहरु र हजुरबुबाको जोडिलाई स्मरण गर्दै उहाँहरु प्रति आभार ब्यक्त गर्दछु।

No comments: