२०८१/१२/०१
शिक्षक सधैँ आन्दोलित हुनुपर्ने गलत संस्कार!
शिक्षक प्रकाश हो, सुर्य जस्तै हुनुपर्छ;
प्रकाश र न्यानो प्रर्दशनको स्रोत हुनुपर्छ।
शिक्षकको सोच गगन जस्तै विशाल र शान्त हुनुपर्छ।
शिक्षकको बोलिमा बिनम्रता, माधुर्यताको वास हुनुपर्छ।
शिक्षकको बोलिमा भविष्यका मार्ग कोरिएका हुनुपर्छ।
शिक्षकको दृष्टिमा समानता , स्वतन्त्रता अनि आर्थिक सम्पन्नताको लागि खाका कोर्न सक्ने दृष्टि हुन सक्नुपर्छ।
शिक्षकले विलौना गर्ने होइन, दलका ढोका चाहार्ने होइन, दलका ढोका चाहार्दै गर्दा आज प्रचण्डले आह्वान गरेको जनआन्दोलन हो वा हिँसात्मक जन बिद्रोह हो जे भने पनि पेरिसडाडामा पुग्दा त्यो मुक्तिनाथ अधिकारीको रूखमा तुर्लुङ्ग झुण्याइएको तस्बीरको याद आउँदो रहेछ अनि हिजो बाबुराम भट्टराईले १४ , १५, १६ वर्षका बालबालिकाहरुले सिदान्तका कुरा बुझ्दैनन, उनीहरुलाई नेताले मार भन्दा मार्न तयार हुने र मर भन्दा मर्न तयार हुने भन्दै दिएको भाषण आज social media मा भाइरल भएको देखिएको छ त्यसले जिस्काउँदा रहेछ।
त्यस्तै गरी पेरिसडाडाको बादल अनि बैध्य , नेत्रविक्रम चन्द आदि कतै हराएको देख्दा , श्रीपेच लगाएका राजा र गणतन्त्रका ठेकेदार भन्नेहरुको दैनिकी देख्दा खासै केही फरक देखिएको हुँदोरहेनछ। यदि प्रचण्ड, बाबुराम, बादल, नारायण काजी, केपी ओली, शेरबहादुर देउवा आदिको हैसियतमा नेपाली जनताको जीवनस्तर बनाउन सकेको भए, नेपाली युवालाई नेपालमा नै रोक्न सकेको भए , गंगा चौधरीले भनेझैं हिजो नेपालमा कमलरी थिए तर आज स्वरुप बदलिएको छ पैसा तिरेर विदेशमा कमलरी बस्नुपर्ने अवस्था नबनाएको भए सबैले भन्ने थिए : गणतन्त्र जिन्दाबाद तर आज तीनै गणतन्त्रवादीहरु भन्न थालेका छन: राजतन्त्र जिन्दावाद।
फेरि जब माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगे अनि मैले राष्ट्रियता खोजे। पेरिसडाँडा। के यो नाम हिजो परापूर्वकालदेखि थियो वा पछि राखिएको हो। मलाई यसले पनि अन्योल बनायो। अर्को पाटो रह्यो मार्क्स, लेनिन, माओ लगायत अन्यका तस्बिरहरु वा मुर्तिहरू। फेरि मेरो अन्तरमनले प्रश्न गर्यो: त्यो ठाउँमा किन पृथ्वीनारायण शाह रहेनन् जसले सबैलाई नेपाली बनाए। अनि खोजे रास्ट्रियता।
राष्ट्रियता मैले बुझे अनुसार त:
निश्चित भुभाग हुनुपर्ने हो,
त्यही भुभागमा वसोवास गर्ने वासिन्दा,
त्यहाँकाे प्राकृतिक र मानव निर्मित सम्पदा र संस्कृति
र
त्यही भुभागमा वसोवास गर्ने मानिसको साझा सोच नै राष्ट्रियता हो जस्तो लाग्छ। तर त्यहाँ कुनै अर्थमा पनि मैले राष्ट्रियता देख्न र बुझ्न पाइन। म एक शिक्षक त यति कुरा खुलस्त हुन सकिन। अरुलाई कसरी हुने।
राजा महेन्द्रको शाषन पछाडि नेपालमा संविधानहरु परिवर्तन भए तर त्यही २०२८ को शिक्षा ऐन कार्यान्वयनमा छ। नेपालका शिक्षकहरु र विद्यालय पन्चायति संविधान भित्रको शिक्षा ऐनमा चलिरहेका छन तर देशमा गणतन्त्र चलिरहेको छ। खासै भिन्दै देखिएको छैन गणतन्त्र र राजतन्त्रमा:
भन्ने गरिन्थ्यो राजतन्त्र जहाँनिया , निरकुँष, परिवारवादमा अल्झिएको सामन्ती शाषन। आज गणतन्त्रमा पनि त्यही छ।
नेताका छोराछोरी र आफ्ना आफन्त सरकारका वरिपरि छन। हतियार सर्वसाधारण, मारिदिने सर्वसाधारण तर नयाँ शक्ति त्यही रुपमा आएको छ। यो औंलाइदिने काम शिक्षकको नै हो। किनकि शिक्षक पथप्रदर्शक पनि हो। सत्य बोल्न सक्ने र बोलाउन सिकाउने पात्र हो। हुन त शिक्षकमा पनि त्यही गति छ। सधैँ नेता बन्दै आफ्नो साथिहरुको संरक्षण गर्न नसक्ने र झुण्ड तयार गर्दै अगाडि बढ्ने समुह बनेको छ। यो गलत अभ्यास शिक्षकले त्याग्नुपर्छ।
यो राजनैतिक गलत अभ्यासले भएको हो। २०२८ को शिक्षा ऐनले काम गर्दैगर्दा शिक्षकले नेपालमा गणतन्त्रको अनुभुति कसरी गर्ने? विद्यार्थीले संविधानमा लेखिएको अधिकार उपयोग गर्न नपाएपछि कसरी भन्नु: गणतन्त्र जिन्दाबाद।
हो अब सबै सच्चिनु जरुरी छ। तिमी प्रधानमन्त्री, राष्ट्रपति, सभासद्, मेयर बन्न त्यही संविधानको उपयोग गरेर पाएका छौ भने विद्यार्थीले माद्यमिक तहको निशुल्क पढ्न पाउने अधिकार उपयोग गर्न कहिले पाउने? गणतन्त्र र राजतन्त्रको बिचमा भेद नेपाली नागरिकले गर्न पाएका छैनन्। अव शिक्षक जाग्नैपर्छ, शिक्षकले सबैलाई जगाउनु पर्छ। शिक्षकको आवाज हनुमानको हुँकारमा हुनुपर्छ। अनि शिंहदरबारमा कम्पन छुट्नुपर्छ। जब कम्पन छुट्छ अनि बल्ल शिँहदरबारका ठेकेदारहरु आफ्नो सुरक्षाको लागि भने पनि शिक्षकका माग पुरा गर्छन्।
हिजो राजतन्त्र मुर्दावाद भन्ने नारा गुन्जिएको हुन्थ्यो भने आज सडकमा गणतन्त्र मुर्दावाद। यो किन भयो। गणतन्त्रवादीको समाजवाद कहाँ गयो। जनजिविकाका कुराहरु कहाँ गयो। आखिर हिजाका गणतन्त्रवादी आज सामन्ती भैसकेको झझल्को आइसक्यो। शिक्षक संविधान बालबालिकालाई पढाउँछ, संविधान जुनसुकै राष्ट्रको मुल कानुन हो र सबैले मान्नुपर्दछ भन्ने गर्दछ तर त्यही शिक्षक संविधानले दिएको अधिकार उपयोग गर्न पाएको छैन। माध्यमिक तहको शिक्षा निशुल्क अर्थात कक्षा १२ सम्मको शिक्षा निशुल्क। कहाँ छ त्यो निशुल्क शिक्षा पाउने स्थान वा विद्यालय।
शिक्षक सबैको साधा निधि बन्न सक्नुपर्छ, सबैको आवाज बन्नुपर्छ, सबैको पथप्रदर्शकको रुपमा विकास गर्नसक्नुपर्छ। अनि मात्र विद्यार्थी र अभिभावकले शिक्षकलाई साथ दिन्छन्। जब शिक्षकको साथमा विद्यार्थी र अभिभावक रहन्छन् तब सबै कुराको सम्बोधन हुन्छ।
शिक्षक महासंघ छ। राजनैतिक दलका ढोका तिमी चाहर। तिमीलाई त्यो जिम्मेवारी दिएको छ। खबरदार शिक्षकलाई सडकमा बोलाएर अलपत्र पारेर विगतमा झैं नभाग। शिक्षक महासंघले हिजोको दिनमा होस पुर्याएको भए आज नेपालमा २०/२२ थरिका शिक्षक हुँदैनथे। हिजोको आवश्यकता पुर्तिगर्नको लागि जे दियो त्यही लियो ।आज त्यही सबैलाई घाँडो भएको छ। त्यसैले राजनैतिक नेतृत्वसँग धावा बोल्नसक्ने सामर्थ्य शिक्षक महासंघले राख्नसक्नुपर्छ।
शिक्षकले अशिष्टता प्रर्दशन गर्ने होइन। शिक्षक आँट गर, धावा बोल, विद्यार्थी र अभिभावकको चित्त बुझाउ , आवश्यकता परे शिक्षक पदबाट राजिनामा देउ किनकि २०८४ नजिक आइरहेको छ।
शिक्षकलाई सडकमा बोलाएर सडकमा अलपत्र छोड्ने आन्दोलन गर्दैनगर बरु शिंहदरबार देखि ७५३ वटा दरबारमा आँखा लगाउ। सामर्थ्य देखाउ विद्यालय हाक्न सक्ने शिक्षकले समयले माग गर्दा शिँहदरबार मात्र होइन ७ प्रदेशका दरबार देखि ७५३ नै हातमा लिने उदघोष गर। यो सजिलै सम्भव छ: वास तिमीले त्याग गुटबन्दी त्याग झुण्ड त्याग र भन शिक्षक एकता जिन्दाबाद। सबैको लक्ष्य नेपाल बनाउनु छ। त्यही मार्ग समाउनु छ। शिक्षक, विद्यार्थी, अभिभावक एक भएमा नेपालको राजनैतिक पाटोमा फरक आउनेछ।
शिक्षकले विद्यार्थी र उनीहरुका अभिवसकलाई चित्त बुझाउने हो भने शिक्षकको उपस्थिति ७७ जिल्ला र ७५३ पालिकामा नै छ। राष्ट्रले मागेको बेला राजनीति सिकाउने शिक्षकहरु काठमाडौंका बालेन, धरानका हर्क साम्पाङ, धनगढीका गोपाल हमाल र २१ स्थान जित्न सफल रा. स्व. पार्टीले सकेको थियो भने शिक्षकले नसक्ने कुरै हुँदैन। अब शिक्षकले:
- सुर्यले झैं ताप र प्रकाश दिन सक्नुपर्छ।
- वृक्षले झैं सितलता, छहारी, फुल र फल दिनसक्नु पर्छ।
- पानी बत्तीमा परिणत भए झैं सरकारले कुरा नसुनेमा राजनैतिक शक्तिको रुपमा शिक्षक उदाउनु पर्छ अर्थात आफ्नो स्वरुप बदल्नुपर्छ। पानी बिजुलीमा परिणत भएझैँ।
- शिक्षक सबै सोशित पिडितको आवाज बन्न सक्नुपर्छ अर्थात Subaltern cannot speak. That's why teachers should be their voice for the sake of their rights.
अन्तमा शिक्षकले चाहेमा शैक्षिक गुणस्तर वृद्धि हुनेछ।
भ्रष्टाचार, कुरिती र कुसंस्कारको अन्त्य हुँदै समाज सभ्य शिष्ट र सम्वृद्धिले भरिएको हुनेछ।
शिक्षकको मार्ग शान्तिको हुनुपर्छ। अन्तमा भन्नुपर्छ:
शिक्षक एकता जिन्दाबाद र फेरि शिक्षा ऐेनको कुरा गर्दै गर्दा Pandora box रुपमा उदय नहोस अनि सबै विद्यालय संघीय सरकारको मातहतमा हुनुपर्छ। यसको हेक्का सबैमा रहोस।
No comments:
Post a Comment