२०८०/०२/०६
नेपाल शिक्षक संघ जिएको छ भन्दा हुन्छ, बलियो कसरी?
प्रकाश स्नेही , नेपाली कांग्रेसका केन्द्रीय सदस्यले - अहिले नेपाली समाजमा सबै भन्दा कम आलोच्यको पात्र वा पेशा कोही वा केही छ भने त्यो शिक्षक हो र शिक्षण हो भनेर सत्य वचन बोलेको सुन्दा शिक्षक गौरवान्वित भयौं तर शिक्षक नेतृत्वले शिक्षक संघ बलियो छ भन्दै गर्दा झुट बोलेको आभास भयो। स्नेहीले शिक्षकहरुलाई सम्बोधन गर्दै भन्नुभयो उहाँको शिक्षक आन्दोलन थाहपाएसम्म सडक देखि सदन सम्म समर्थन गर्ने बताउनुभयो। विश्वास गरौं त्यो दिन छिटो आउनेछ।
नेपालको शैक्षिक आन्दोलन कमजोर र निरीह भएको छ। संयोगले शिक्षक संघको संघीय अधिवेशनको उद्घाटन सत्रमा मैंले नेताको सम्बोधन सुन्ने क्रममा सुनेको थिएँ :
आफैंले अध्यापन गराएका विद्यार्थीहरु शिक्षक संघको केन्द्रीय नेतृत्वमा रहेको र आन्दोलन गरेका छौँ, शिक्षकका मागहरू पुरा गरेका छौं भन्ने नेतृत्वलाई इंकित गर्दै शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्र प्रसाद उपाध्याय आदरणीय व्यक्तित्व जसले आफ्नो जीवन शिक्षकमा बिताउनुभयो र शैक्षिक आन्दोलनको नेतृत्व गर्नुभयो , अरु शिक्षकले पेन्सन बुझ्दै गर्दा आफुले स्थापना गरेको संघ र आफ्नो विद्यार्थी र वर्तमानका शिक्षक संघका केन्द्रीय पदाधिकारीलाई सम्बोधन गर्दै गर्दा ए मेरा विद्यार्थी तपाईं नेतृत्वमा हुँदै गर्दा पनि आफुले पेन्सन र उपचार खर्च कहिले पाँउछु भनेर भनेको सम्बोधनले शिक्षक संघ बलियो छ या कमजोर। यही देश हो माओवादीको आन्दोलनमा लागेका क्यान्टोमेन्टमा रहेका ८६४० घोटाला काण्ड ग्यानेन्द्र शाहीले बोल्दै गर्दा र हजारौ लडाकुहरुलाई नेपाली सेनामा भित्याएको छ, अरबौंको घोटाला क्यान्टोनमेन्टमा भएको छ भनेर संसद हल र सन्चार माध्यमहरुले भनिरहेका छन एकातिर भने अर्को तर्फ जव शिक्षक संघको संस्थापक केन्द्रीय अध्यक्ष शिक्षक संघको कार्यक्रममा यस्तो सम्बोधन गर्नुहुन्छ भने शिक्षक संघ कहा छ बुझ्नुपर्दैन। जव शिक्षक नेतृत्व बुझ पचाउँछ , शैक्षिक आन्दोलन कमजोर हुन्छ, शिथिल हुन्छ र स्खलित भएको अवस्थाको जीव जस्तै होइन र? यदी शिक्षक संघ बलियो भएको भए, शिक्षकको नेतृत्वले जसरी माओवादी नेताले आफ्ना लडाकुहरुलाई नेपाली सेनामा भर्ती गर्न सफल भयो , त्यसरी नै आफ्नो शिक्षकको संरक्षण गर्ने सामर्थ्य राख्थ्यो, हैन र? शिक्षकले झुटो बोले सत्य कसले बोल्छ?
मिति २०८०/ ०२/०५ गते युवक मावि पकनाजोलमा शिक्षक संघ काठमाडौं महानगरपालिकाले भित्ते पात्रो विमोचन/लोकार्पण कार्यक्रममा अर्का शिक्षक संघका नेता वा संस्थापक केन्द्रीय उपाध्यक्ष मिठाराम विश्वकर्मा दुखीले २२ वर्ष शिक्षक पेशामा रही अस्थायी शिक्षक भएर निस्कन परेको र आफ्नो श्रीमतीले समेत गोल्डन ह्याण्डसेकको रकम समेत नपाएकोमा आफु केही बोल्न नसकेको भन्दा लज्जा बोध गरिरहनुभएको थियो। अब पनि हामी भन्न सक्छौं त शिक्षक संघ कहाँ छ र कुन हविगतमा छ र बलियो भएको हो त?
हुनसक्छ फिस्टोले बाँसको टुप्पोमा रहँदै गर्दा आफ्नो बाबुआमालाई भन्दै गर्दा: हेर्नुहोस न मैले बाँसलाई नुगाउन सके।
बाबुआमाको जवाफ थियो: खुट्टीहेर्दै पत्यायौं।
हो आज त्यही अवस्था छ शिक्षक संघको।
नेपालका शिक्षक संघको नेतृत्वले आफुलाई नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था हो भन्दै गर्दा २०४६ पछाडि नेपाली कांग्रेस नै प्राय सत्तामा रह्यो शिक्षक संघले आन्दोलन गर्यो , शिक्षक आन्दोलित पनि भयो , सरकारसँग सम्झौता गर्यो शिक्षक नेतृत्वले तर कार्यान्वयन गरेन । किन?
किनकि :
शिक्षक संघ अन्य शैक्षिक संगठन र शिक्षक महासंघ कमजोर छ शिथिल छ, भन्ने प्रमाणित गर्दैन र ? जब शिक्षक सडकमा आँउछन् सरकार उनीहरूसँग सम्झौता गरिदिन्छ अनि गरेको सम्झौता कार्यान्वयन गर्दैन किन? किनकि शिक्षकको नेतृत्व गर्ने शिक्षक कमजोर भयो । उनीहरू दवाव समुहको नेतृत्व हो भनेर सरकारले बुझ्न सकेन। सत्तामा रहने मन्त्री प्रधानमन्त्रीले आफ्नो सामान्य कार्यकर्ता हो भन्ने बुझ्यो भने अन्य निकायले त शिक्षक केही गर्न सक्दैन भन्ने बुझ्यो, हैन र?
यति कुरा त शिक्षक संघले बुझ्नुपर्दैन र?
२०१५ मा शिक्षक संघ नै थिएन, तर पनि आम चुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेको थियो। त्यो बेलामा नेपालमा विद्यालय र शिक्षक नै सिमित थिए।
२०४६ मा शिक्षक संघ थिएन नेपाली कांग्रेसकाे नेतृत्वमा आह्वान गरिएको आन्दोलनमा नेपालका शिक्षकले साथ दिए र २०४८ को आम चुनावमा सामान्य बहुमत ल्यायो। काँग्रेस मात्यो नेताहरु नेता रहन सकेनन् नेपाली कांग्रेस ३६ र ७४ मा विभाजन भयो त्यसको असर आजको दिनसम्म शिक्षक संघमा नि रह्यो र नेपाली कांग्रेसमा पनि। भर्खरै सम्पन्न अधिवेशनमा पनि त्यस्तै समुहमा विभाजन भयो।
यो गलत थियो।
जव शिक्षक संघ गठन भयो , कांग्रेसका नेताका अगाडि पछाडि लाग्न थाले न शिक्षकका माग नै पुरा गरे न नेपालको शिक्षा निति नै। आज सामुदायिक विद्यालय तिनै शिक्षक नेतृत्वले कमजोर बनाइरहेका छन् । आफुलाई जागिर चाहिएको छ सामुदायिक विद्यालयमा तर सन्तान संस्थापन विद्यालयमा।
फेरी तेती भन्दै गर्दा शिक्षक संघका नेतृत्वले शिक्षक संघ बलियो भएको छ भन्दा लाज लागेर आयो।
बलियोको अर्थ मैंले बुझिनँ कि साथमा बलियो भएको भ्रम रह्यो नेतृत्वमा र दर्शक वृन्दका केही ताली पड्कियो।
अन्योल यही रह्यो। शिक्षकले सांचो र झुटोको पहिचान गर्न सक्नुपर्छ।
शिक्षक संघले बुझ्नुपर्छ न नेपाली कांग्रेसले शिक्षक संघलाई सहयोग गर्न सक्यो न शिक्षक संघका शिक्षकहरुले नेपाली कांग्रेसलाई जिताउन सक्यो !
स्थानीय तह देखि संघीय चुनावमा नेपाली कांग्रेसलाई जिताउन नसकेकोमा पनि कसरी बलियो भयो शिक्षक संघ?
हो शिक्षक नेताले भन्नु पर्थ्यो हामी बाच्न सफल भएका छौं। त्यति भनेको भए सत्य हुनेथियो र सावित हुने थियो शिक्षक झुटो बोल्न जान्दैनन्।
यही काठमाडौंमा स्थानीय तहमा नेपाली कांग्रेसले चुनाव जितेको स्थानमा किन स्वतन्त्रले संघीय चुनावमा पासा पल्टायो। किनकि सुनिन्छ अन्तरघात भयो।
फेरी तनहुँको उपचुनावमा राष्ट्रपतिले छोडेको स्थानमा किन काँग्रेसले चुनाव हार्यो?
शिक्षक संघ बलियो भएको भए न आज रोदन गर्नुपर्ने थियो नबिलौना नै। न उपनिर्वाचनमा कांग्रेस हार्ने नै थियो। उसले गर्जने सामर्थ्य राख्थ्यो हैन र?
शिक्षक सडकमा आउनुपर्ने थिएन।
विद्यालयमा विद्यार्थीहरूलाई अनुशासित बनाउदै शैक्षिक गुणस्तर वृद्धि गर्न तर्फ लाग्नु पर्ने थियो हैन र?
नेपालका विद्यार्थीहरुलाई नेपालमा नै आफ्नो भविष्य देखाउन सक्नुपर्ने थियो, हैन र?
फेरी नेपाली कांग्रेसका शुभेच्छुक संस्था भए पनि भातृ संगठनको रुपमा लिनु , नेपाली कांग्रेसका लागि महासमिति सदस्यमा जानु शिक्षकको लागि गलत छ। शिक्षक सिधा पेशा छोडेर त्यता लाग्दा भैहाल्छ , हैन र?
शिक्षकहरु बुझ्नुपर्छ: शिक्षकले विद्यार्थीलाई राजनैतिक वादको वारेमा सिकाउनुपर्छ तर राजनितिमा लाग्ने होइन।
के नेपाली कांग्रेसका केन्द्रीय नेतृत्वले भन्न सक्छ : नेपाली कांग्रेस साच्चै जीवित छ भनेर।
छ भन्न सक्नुहुन्छ भने भन्नुहोस नेपाली कांग्रेसकाे चुनावी चिन्ह केहो र आफ्नो कार्यकर्तालाई कहाँ मत खसाल्न लगाउनुभयो गएका स्थानीय, प्रदेश र संघीय चुनावमा?
नेपाली कांग्रेस मान्नोस या नमान्नुहोस् गिरिजाप्रसाद कोइरालाको पद ललोपता र आफु भए ठिक र अरु भए बेठिक भन्ने मान्यता को कारके नै हो। आज त्यस्तै देखिदै छ शिक्षक जगत। जब संगठन झुण्डमा परिणत हुन्छ न संगठन बलियो हुन्छ न नेतृत्व नै। मलाई २०५२ को गिरिजाप्रसाद कोइरालाको नेपालीको नाममा गरिएको सम्बोधनमा ३६ ले इंकित गर्दै भनिएको थियो - म इनिहरुसंग झुक्दिन । यो गिरिजाप्रसाद कोइरालाको अंहकार बोलेको थियो। त्यही अंहकारको कारण आज नेपाल अस्तव्यस्त भएको छ। जव बोल्नुभयो अनि बारम्बार स्टेप स्टेपमा अन्य दलका सभासदसँग झुक्नुपर्यो। जब सम्सद भंग गरियो, चुनावी नारा थियो कांग्रेसको :
मध्यावधि किन हो: दुई तिहाई लिन हो।
चुनावी परिणाम के भयो?
एमालेले अल्पमतको सरकार बनायो।
त्यही २०५२ सालमा ३६ समुहका नेता वर्तमान नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा , व्यक्तिगत रुपमा पूर्ण सफल दुई दुई पटक नेपाली कांग्रेसकाे निर्वाचित पार्टीसभापति , ५ पटक देशको प्रधानमन्त्री। सफल होइन त उहाँ?
व्यक्तिगत रुपमा शेरबहादुर देउवा पूर्ण रुपमा सफल हुनुभयो तर नेपाली कांग्रेस र नेपालको लागि पूर्ण असफल ।
किन?
किनकि नेपालमा राजनैतिक अस्थिरता बढ्यो।
भ्रष्टाचारमा शिर्शष्थ नेताको नाम जोडियो। नेपालको अर्थतन्त्र कमजोर रह्यो नेताको मजबुत भयो। यसै प्रसंगमा भन्नुपर्छ पूर्व विध्यार्थी संघको केन्द्रीय अध्यक्ष वर्तमान नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पूर्व गृहमन्त्री भुटानी सरणार्थी मुद्दामा तानिए र अन्य केन्द्रीय नेतृत्वको नाम जोडिएको छ। किन? के नेपाली कांग्रेस र नेपालीले खोजेको यही होत ?
कदापि होइन। केहो त?
नेपाली जनताले खोजेको:
सुशासन र
विकास
हो।
के सुशासन र विकास भएको छ त?
केही हदसम्म विकास भएको छ, सुशासन त छँदैछैन।
गणतन्त्र आएको छ, सरकारको नेतृत्वमा उही पुरानो ढर्रा छ। शिहदरबार सर्वसाधारणको लागि खुल्ला छैन।
हिजोको राणाको प्रधानमन्त्री, राजाको प्रधानमन्त्री र आजको प्रधानमन्त्रीको शैली एउटै छ।
सरकारमा गएका व्यक्ति राष्ट्रपति प्रधानमन्त्री जव पदावधि समाप्त हुन्छ किन सर्वसाधारण नेपाली नागरिकको हैसियतमा रहन सक्दैन?
किन नेपालको संविधान २०७२ मा समानतालाई मौलिक हक भित्र राखेको?
समानता के हो?
आदि प्रश्नहरुको उत्तर नभएता संविधानमा राख्न को लागि मात्र राखिएका छन।
फेरी अर्को प्रसंग: हिजो शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालालाई जे आक्षेप लगाउनुभयो आज त्यही आफु अनुसरण गरिरहेको अवस्था छ। तर पनि उहाँका नगिचका मानिसको आँखामा उहाँ सफल हो र समग्र नेपाल र नेपालीको लागि असफल। शेरबहादुर देउवाले हिजोको गल्तिहरु स्वीकार गरी गुट र उपगुटको कुरा नगरी समग्र नेपालको उन्नतिको लागि समता र समानताको आधारमा सुदामा मार्गमा लोभलाई त्यागी अगाडि बढेमा अझै पनि भविष्य छ अन्यथा आजको वर्तमान भोलिको लागि भुत नै हुने हो। भुतको रुपमा सवार हुने दिन नआओस, यही रह्यो शुभकामना।
नेपालका शिक्षक संगठनहरु शिक्षा ऐनको कुरा गरिरहेको छ शिक्षक संघ लगायत अन्य शैक्षिक संगठनले तर शिक्षा ऐनमा के छ? कतै शिक्षा ऐन आउँदै गर्दा Pandora Box खोले जस्तो त हुँदैन। शिक्षा ऐन आउँदै गर्दा शिक्षकका आवाजहरु सम्बोधन हुन सकेनन् भने यो गलपासो पनि हुनसक्छ। हुनसक्छ २०६२ भन्दा अगाडिको राजनैतिक सोच Thesis statement मा नेपाल पछि पर्नाको कारण राजा र राजतन्त्र थियो। तर आज आएर त्यो झुटो सावित भएको छ। राजतन्त्र मात्र दोषि रहेनछ। यसको पछाडि अरु थुप्रै कारण छन्।
शिक्षकले बुझ्नु पर्छ र बुझाउनु पर्छ राजनैतिक वाद हामीले लगाउने वस्त्र वा खाने चिज जस्तै हो भनेर।
कसरी?
वस्त्र जस्तो लगाए पनि लाज ढाक्ने , सुन्दरता थप्ने र तातो र चिसोबाट बचाउने हो जुनसुकै रंगको लुगा लगाउनुहोस् थोरै सुन्दरतामा असर देखिन सक्छ तर यसको उदेश्यमा फरक होइन। फेरी खाने कुरा पनि जे सुकै खानोस खाध्य कुराले ठिक मात्र खाए राम्रो गर्छ नत्र नराम्रो। जस्तो सुकै खाए पनि पछाडि दुर्गन्धित भएर निस्कन्छ, हैन र?
हो त बुझ्नुपर्छ नि : राजनितिमा पनि देश र जनताको सम्वृद्धिको लागि हो। कसरी सम्वृद्धि वनाउने हो भन्ने मात्र फरक हो।
हेरौँ त संसारमा वादहरु:
अमेरिकामा प्रजातन्त्र छ तर विश्वका कम्निष्ठहरु अमेरिकी साम्राज्यवादका भन्छन तर आफ्नो सन्तानको भविष्य त्यहाँ देख्छन्।
अर्को वाद राजतन्त्र बेलायतमा छ , सम्वृद्ध छ। त्यो पनि संसारका मानिसको सपनाको घर बनेको छ।
फेरी कम्न्यूष्ट चिनमा छ , चिनको उपस्थित संसारका झुपडी देखि महलसम्म उपस्थित छ। तर पनि त्यहाँ सम्वृद्धि भएपनि अध्ययनको लागि रोजाइको केन्द्र बन्न सकेको छैन।
यसको अर्थ वाद समस्या होइन व्यक्तिको चेतना हो। साथमा आलु पाएपछि कसरी सदुपयोग गर्ने:
उपभोक्ताको रुचि हो:
जिरा आलु बनाउने कि?
ग्रेभी तरकारी बनाउने कि?
सुक्का आलुको तरकारी बनाउने कि?
अरु सब्जीमा मिसाएर बनाउने कि?
पानी राखेर वोइल गरेर खाने कि?
सुक्खा घ्यू राखेर कुकरमा उमालेर खाने कि?
आलु परौठा खाने कि?
आलु पकौडा खानेको ?
आलु चप खाने कि?
आलुदम खाने?
आलुको अचार बनाउने?
जिब्रोको स्वाद मात्र फरक हो जसरी खाए पनि। यसले भोक मेटाउने हो र शरिरलाई चाहिने तत्व उपलब्ध गराउने हो, हैन र?
हो अव शिक्षक संघको नेतृत्वले आत्मसात गर्नुपर्छ:
शिक्षक संघ बाचेको छ। किनकि कनिकुथी गरेर पनि स्थानीय तह देखि केन्द्र सम्म आफ्नो संगठन बनाउन सकेको छ।
फेरी बुझ्नु पर्छ नेपाली उखान: नामर्दको स्वास्नी हुनुभन्दा मर्दको कमारी हुन वेस।
किन ?
मर्दले आफ्नो स्वास्नीको त के कुरा कमारीको पनि संरक्षण गर्न सक्छ।
हाम्रो नेतृत्वले हाम्रा अग्रज नेतृत्वको संरक्षण गर्न सकेन तर भ्रममा जिएको छ बलियो छु भनेर। हात्तीको भ्रमको कारणले उ कमजोर सावित भयो शिक्षकको भ्रमको कारणले अंहकारी भए।
सानो बच्चा हात्तीलाई सांग्लोले बाद्धा चुडाल्न सकेन, उसको खुट्टामा घाउ भयो अनि उसले आगामी दिनमा पनि सानो सांग्लो चुडाल्न सक्दिन भन्ने विश्वास उसमा रह्यो तर शिक्षक संघ महासंघको गठन गर्न सकेन अझै बलियो छु भन्ने भ्रममा जिएको छ।
अव जे भए पनि सच्चिने बेला आएको छ। शिक्षक संघले ७७ वटै जिल्लामा स्थानीय, प्रदेश र संघीय समिति गठन गरेको छ। बाँचेको छ। यो बचाइलाई शक्तिमा बदल्नु छ, हनुमानको हुँकार आवश्यक पर्दा शिक्षकले निकाल्नु छ। राजनैतिक दलको नेतृत्वको अगाडि पछाडि लाग्नुको साटो शैक्षिक जगत कसरी परिवर्तन गर्न सकिन्छ, हाम्रा आजका विद्यार्थीलाई स्वदेशमा राखी उनका बाबु आमाको सपना र काखलाई कसरी भरी पार्न सकिन्छ, देश बाहिर अध्ययनको लागि पुरा छात्रवृत्तिमा जान पाउने विद्यार्थीलाई जान दिने र अरु निजी खर्चमा जाने विद्यार्थीलाई रोकि यही विश्व प्रतिस्पर्धामा खरो उत्रन सक्ने शिक्षा कसरी दिन सकिन्छ, र समग्र शिक्षक मा रहेका लाई कसरी अन्त्य गर्न सकिन्छ। त्यतातर्फ सोच्यौं भने जिएको शिक्षक संघमा हनुमानको बल उत्पन्न हुनेछ।
फिष्टोका भ्रममा जिउन छोडौं र यथार्थ जिउने गरौ। शिक्षकहरु राजनैतिक दलका सल्लाहकार रुपमा कार्य गर्ने हैसियत बनाऔं। सबैको कल्याण यसैमा हुनेछ।
जय शिक्षक संघ।
No comments:
Post a Comment