,२०८१/१२/०५
काठमाडौं महानगरपालिकाले सोचोस!
यो पशुपतिनाथको क्षेत्र हो त्यसैले जे भएको छ पशुपतिनाथको कृपाले होकि यहाँ घट्ने घटनामा विश्व समाजलाई चकित पारेको छ:
ठूलो भुकम्प गए यहाँ ठूलो जनधनको नोक्सान हुन्छ। तर पनि नोक्सान जुन तहको मानिसले गरेका थिए त्यसको तुलनामा सामान्य नोक्सानी भयो २०७२ को महाभूकम्पमा। अझै पनि असनका गल्लीमा केराको बोट अडाइ राखैझैं घरमा टेवा लगाइ राखिएका घरहरु अझै देख्न पाइन्छ।
फेरि महामारी काठमाडौंमा छिर्यो भन्यो मान्छे बाच्ने सम्भावना न्यून छ। फेरि COVID-19 आयो त्यसले मानिसमा भए पैदा गरे पनि अरुले गरेको आँकलन जस्तो मानिसको मृत्यु भएन।
फेरि अर्को तितो कुरा:
मानिसलाई लाग्ने गर्छ डाक्टरले मानिसलाई मृत्यु देखि बचाउँछन। यदि डाक्टरको उपचारले मानिस बाच्ने भएको भए डाक्टर उपेन्द्र देवकोटा अझै जिवितै हुने थिए किन कि डाक्टर आफैं थिए, अस्पताल उनको आफ्नै थियो। उनीसँग सबै थियो:
पैंसा, ज्ञान र प्रविधि तर उनी कति बिरामीको लागि भगवान भए कतिको लागि अर्थहिन किनकी उनको अस्पतालको उपचार महङ्गो थियो। घरबार बेचेर उपचार गरायो अन्तमा घर पनि छैन मान्छे पनि रहेन। अनि त्यो परिवारले के भन्ला? यति बुझ्नुपर्छ डाक्टरले मानिसको मृत्यु रोक्न सक्तैन तर पिडा भने हटाइदिन्छ। डाक्टरले बुझ्नु पर्छ बिरामीलाई बचाउन सक्दैन भने उसको चिरफार गर्नु गलत छ। किनकि चिरफारमा ठूलो धनराशीको खर्च, विरामी प्राय अर्धचेतन अवस्थामा।
मानिस भ्रममा जिइरहेको छ। विद्यालयको हकमा अन्तरास्ट्रिय मापदण्ड भनेर भन्दै गर्दा त्यसमा कार्यरत शिक्षक र कर्मचारीको ज्याला पनि त्यही बनाउन पर्ने होइन र। काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा भवन अडिटको नाममा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको संख्या नघटोस। अहिले काठमाडौं महानगरपालिकाले भन्न थाकेको छ विद्यार्थीको लागि खेलमैदान आवश्यक छ। १ विद्यार्थी बराबर धन्दै ४ वर्गमिटर को खुला ठाँउ। यही कुरालाई मान्ने हो भने विश्व निकेतन, ज्ञानोदय मावि, रत्नराज्य, तरूण मावि, जनकल्याण माविमा कतिजना विद्यार्थी हुनेछन। यही तरिकाले सोच्ने हो भने School is dead सत्य र हो साँचो सावित हुनेछ। त्यही किसिमको विद्यालय बनाउने हो भने प्रत्येक सामुदायिक विद्यालयमा करिब १० रोपनी जग्गा हुने हो भने केही indoor game खेलाउन र करिब १५०० विद्यार्थी पढाउन सकिने हुन्छ। त्यसैले यो नेपाल हो अन्यत्र के छ होइन नेपाल के गर्दै छ भन्ने सन्देश पस्कन सक्नुपर्छ।
विद्यालयको भवन अडिट, नक्सा आदिका कुरा सुन्दर छन। अहिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नु भनेको संस्थागत विद्यालयमा बढ्ने हो। के स्थानीय सरकार सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थी संस्थागत विद्यालयहरुमा पठाउन खोजेको होकि भन्ने गन्ध आउन थालेको छ। अन्तराष्ट्रिय मापदण्ड एक कुरामा खोजेर हुँदैन सबै गास, वास, कपासमा पनि हुनुपर्छ। राजनैतिक नेतृत्वको सुझबुझ भएको इमान्दार र चरित्रवान व्यक्ति हुनुपर्छ भन्ने नै हो।
सुन्दर भवन, खुला चौर, ठूला कोठा, विद्यार्थी मैत्री फर्निचर, फुलेका फुलले भरिएका बँगैचा मिठो बोलिदिने शिक्षक, अनुशासित विद्यार्थी बनाउन सकेमा कति सुन्दर हुने थियो। शिक्षक र कर्मचारीको पारिश्रमिक त्यही अनुसार भएमा सुनमा सुगन्ध हुने थियो। विदेशी सोचले नेपालको भलो हुदैन।
सम्बन्धित तहका सरकारले शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ भन्नुभन्दा पहिले विद्यालयका पूर्वाधार तयार गर्नुपर्छ। पशुपति मित्र माद्यमिक विद्यालय चाबहिलमा विद्यार्थीको संख्या बढ्दो छ तर अहिले विद्यार्थी बसेर पढ्ने ठाउँ छैन, प्रयाप्त कक्षा कोठा, प्रयोगशाला र जताततै जस्ताले वारी विद्यालयको वातावरण कुरुप भएको छ। यसको निराकरण तुरुन्तै गरिदिनुपर्ने हो। जस्ताबाट हुने चोटपटकबाट बच्चा बचाउन विद्यालय परिवारलाई असहज भएको छ। सायद यो पशुपति मित्र माद्यमिक विद्यालय चाबहिलको मात्र समस्या नभएर विद्यालयमा रहेका भवन भत्काइ सकेपछि र भवन निर्माणका सिलसिलामा झेलिएको अवस्था हो। यसमा कहीँ कतै मुद्दा मामिला छन भने पनि चाँडो सुनुवाई गरी भोलि हुने सम्भावित दुर्घटनाबाट बच्नुपर्छ। कार्यक्रम कार्यक्रमका लागि नभएर उपलब्धिमुखी हुनुपर्छ।
विद्यालयको जस्ताले देख्नेसबैले भन्न थालेको छ:
के गरेको होला?
हुँदाहुँदैको भवन भत्काएर यस्तो के गरेको होला?
न आम्दानी न विद्यार्थी खेल्ने मैदान। अलपत्र।
यो अलपत्रको साची विद्यालय प्रशासन हुनुपरेको छ।
चाँडोभन्दा चाँडो यसको निकास सम्बन्धित निकायले दिओस र अन्तमा आज के गरेको होला भन्नेले भोलि आहा भन्ने अवसर जुटोस शुभकामना।
जे बन्छ विद्यालय मैत्री बनोस।
विद्यार्थी मैत्री बनोस।
स्थानीयका बालबालिका भित्रिने विद्यालय बनोस।
अन्तिम विद्यार्थी संख्या घटाउने खेलमा नलाग्नको लागि काठमाडौं महानगरपालिकालाई हार्दिक अनुरोध छ। यसले भोलिका दिनमा शिक्षा माथि प्रश्न उठ्छ।
No comments:
Post a Comment