२०८१/११/१९
शिक्षा स्वास्थ निशुल्क, शिक्षा पछिको रोजगार वा स्वरोजगारको खाका कोर्दै नेपालका ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार र १ संघीय सरकार एक जुट भएर लाग्नुपर्छ। पराधिनलाई ल्याउनुपर्छ, हाम्रा आफ्नै मौलिक रैथाने , अन्नपात, फलफुल, सागसब्जीको जोहो गर्नु पर्छ अनि मात्र राष्ट्र उभो लाग्न सक्छ। देखाउने काम गलत हो । त्यसैले यथार्थमा मानव समाजलाई डोर्याउनुपर्छ।
प्रत्येक स्थानीय तहको सरकारको सोच शिक्षामा जोड दिनुपर्दछ। आज हजारौ बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट बन्चित भएका छन् । विद्यालय, शिक्षक र विद्यालयको नेतृत्वको कारण School is dead भन्ने अवस्थामा छन भने School is bad for children भन्ने लेखहरू पढ्दै गर्दा ओइगातको कुरा जस्तो लाग्दछ तर यथार्थमा सत्य यही नै हो। नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने १२/१३ लाखको हाराहारिमा कक्षा १ मा बालबालिका भर्ना भएका हुन्छन् भने SEE परीक्षामा करिब ५ लाख विद्यार्थी सामेल भएका हुन्छन्। अनि बिच बाटोमा नै करिब ७ लाख विद्यार्थी अलपत्र परेका हुन्छन्। अब के ती ७ लाख बालबालिकाका लागि विद्यालय छन् त? सुन्दा School is dead अचम्म लाग्नसक्छ, ओइगातको कुरा लाग्न सक्छ। तर यथार्थता यही नै हो।
आज सडकका पेटीमा वा अन्य कतै बरालिएका बालबालिका छन् भने ती विद्यालयका कारणले पनि छन् । अस्वस्थ प्रतिस्पर्धा, राम्रा र योग्य बालबालिकालाई प्रवेश परीक्षा लिइ विभिन्न कक्षा मा भर्ना गर्ने र कमजोर बालबालिकालाई विद्यालय भित्र छिर्न दिइदैन भने त्यस्ता विद्यालय पनि अर्थहिन नै हुनेछन। त्यसैले प्रत्येक विद्यालयमा बस्ने र अध्ययन गर्ने स्थान भएपछि र विद्यालयमा विद्यार्थी जन्मदर्ताको प्रमाणपत्र, EMIS transfer, grades sheets लिएर विद्यालय छिर्छन् भने त्यस्ता बालबालिकाहरुलाई पढ्ने अवसरबाट वन्चित गराउँन हुँदैन। त्यसैले शहरका पेटीमा बालबालिकाहरु विद्यालय नगइ कुलतमा लागेका छन् भने न त्यो स्थानको शैक्षिक संस्थाहरूमा ठिक भए , न स्थानीय सरकार नै। यदि बालबालिकाहरु कुलत फस्छन् , कोही सडकमा मागेर जिवन यापन गर्छन भने त्यो शहर वा गाउँ सभ्य समाज हुन सक्दैन। सभ्य समाजभित्र त दया, माया करुणा, आपसी मेलमिलाप , सामाजिक सोच, समाजको संरक्षण र सामाजिक न्याय मौलाएको हुनुपर्छ।
त्यसको लागि स्वास्थ्य रहन सबै नागरिकले पाउनुपर्छ। स्वास्थ्य भैसकेपछि शिक्षा। शिक्षामा पनि सिप जोडिएको हुनुपर्छ। जब शिक्षामा सिप हुन्छ, बोलिमा माधुर्यता, ओठमा मुस्कान, सोचमा आत्मनिर्भर र पराधिनलाई बहिष्कार गर्ने ल्यागत रहन्छ अनि मात्र मानव समाज सुख र सम्वृद्धिले सम्पन्न भएको समाज बन्ने छ। त्यसैले नेपालका सबै स्थानीय तहका सरकारहरु आफुलाई हाकिम र मालिक नठानी समाजसेवीको रुपमा लिन सके मात्र समाजमा भाइचाराको भाव उजागरत रहने छ। शिक्षक र शिक्षण पेशालाई सबैलो पहिलो रोजाइको पेशामा परिणत गर्नसक्नुपर्छ। जसको कारण स्वरुप सबै सरकारहरु बलिया र जनप्रिय हुनेछन्। त्यही मार्ग नै समाज परिवर्तनकाे मार्ग हुनेछ।
No comments:
Post a Comment