२०८१/११/१४
नेपाली जनताले खोजेको गणतन्त्र आएजस्तो लाग्दैन !
- हिजो राजा हुँदा सडक जाम भन्ने गर्थे आज राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारीमा त्यस्तै देखिन्छ।
- सुरक्षा राष्ट्रपति होस वा सामान्य नागरिक सबैलाई चाहिन्छ। तर त्यो पाइएन र राजतन्त्र र गणतन्त्र बिच एक निर्वाचित अर्को जन्मजात त्यति बाहेक अरु भिन्नता कहीँ कतै देखिदैन्।
- राजतन्त्रमा एक दरबार हुँदा सधैँको लागि पुगेको थियो तर गणतन्त्र मा पाँच पाँच वर्षमा महलको खोजीगर्नुपर्ने देखियो र जताजतै गणतन्त्रमा असमानताको विउ रोपियो जसले राजतन्त्र र गणतन्त्र बिचको भिन्नता नेपाली नागरिकले गर्न पाएका छैनन्।
- मन्दिर दर्शनमा जुन दिन राष्ट्रपति नागरिकको लाइनमा बसेरै दर्शन गर्ने परिपाटी बदलिदैन् त्यो दिनसम्म राजतन्त्र भन्नु वा गणतन्त्र भन्नु शक्तिको पुजा बाहेक अन्य केही होइन। त्यसैले यस्ता कुरामा समग्र नेपाली सचेत हुनुपर्छ र नेपाली जनताले चाहेको गणतन्त्र सम्वृद्धिको गणतन्त्र हुनुपर्छ, समानताको गणतन्त्र हुनुपर्छ, समाजवादको गणतन्त्र हुनुपर्छ। अनि मात्र नेपाल समुन्नत बन्न सक्नेछ।
- हिजो राजाको छोरा राजा भए आज नेताका सन्तान र परिवारजन।
- दलको नेताको पृथ्वीमा अन्तिम सास रहुन्जेल अरु दलको नेतृत्वलाई नेता मान्न तयार नभएपछि आखिर गणतन्त्र र राजतन्त्र भनेका एक सिक्काका दुई पाटा जस्तो भएको छ। अर्थात। गणतन्त्र पनि नयाँ बोटलमा पुरानो रक्सी राखे जस्तै देखिन पुगेको छ।
- धरानका नगरप्रमुख हर्क साम्पाङ उनका मतदातासँगै हिडेर श्रम दान गरेर पानी पिवाउन सफल हुनुभयो र उहाँ स्थानीय तहको सरकार प्रमुख पनि भएकोले सुरक्षा त उहाँलाई पनि चाहिन्थ्यो होला। त्यती लामो समय जनश्रम गर्दैगर्दा पनि उहाँ सुरक्षित भएको हामीले पाएका छौ। अरुले के गर्छ होइन आफुले के गर्ने हो त्यो नै महत्वपूर्ण हुनेछ।
- अव त आचरणमा परिवर्तन गर्नुपर्छ कि?
- सडक जाममा पर्दा कत्तिको मानसिक पिडा हुन्छ। त्यसको बोध राष्ट्र प्रमुखले कहिले गर्न पाउने। जीवन अनुभवको सँगालो हो। त्यसैले अवका दिनमा गणतन्त्रका नायकहरू उनीहरुका मतदाता भन्दा माथी कहिल्यै हुन नसक्ने भएकोले सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठ गैजाला किन भनेको होला समग्र नेतृत्वलाई बुझ्नको लागि अपिल गर्दछु।
- यसमा सम्बन्धित सबै सजग हुनुपर्ने देखिन्छ।
No comments:
Post a Comment