२०८१/११/२९
केही तिता कुराहरु:
तलका दुबै भनाई राजनैतिक हुन। एकमा दम्भ छ भने अर्कोमा ब्यङ्ग।
चिनियाँ राष्ट्रपति सीको भनाई : जुनसुकै बेला युद्धका लागि तयार छौ।
त्यस्तै गरी पूर्व एमालेका सांसद गंगा चौधरीलाई सोधिएको एक प्रश्न:
राजाले समयमा चौधरीहरु त कमलरी थिए नि?
उनको उत्तर थियो:
हिजो देश भित्रै कमलरी थियो आज लाखौं नेपाली विदेशीको कमलरी वस्दै ट्वाइलेट सफा गरिरहेका छन्।
आखिर सत्ता र वाद बदलिएर हुँदैन सोचमा परिवर्तन चाहिएको छ। शिक्षाले सही शिक्षा दिन सकेको छैन। आडम्बर दिइरहेको छ र म तँ भन्दा के कम भैरहेको छ।
त्यस्तै गरी हिजो MCC को बारेमा बहस हुँदै गर्दा नेपालको सम्वृद्धिको ढोका खोलिने छ आज त्यही अमेरिकाको राष्ट्रपति नेपाल का नेतालाई ठगको संज्ञा दिएको अवस्था छ। हो यो केहो?
हिजो राणा जहाँनिया थियो, निरकुँश थियो भनियो तर त्यही राणा विदेशी सहयोग लिनको लागि तयारी थिएन तर अहिले दुर्भाग्य छ:
फलानो दललाई भोट नदिएमा विदेशी सहयोग आउँदैन देश चल्दैन।
प्रश्न उठेको छ:
के नेपालको सरकार सडकमा कचौरा लिएर जीवन चलाउनको लागि भिक माग्ने भिखारी जस्तै हो त?
किन भन्न सक्दैन नेपाल सरकार:
युवाहरु तिमीहरु नेपालमा वस।
उच्च शिक्षा नेपाली पैसा खर्चेर विदेशी विश्वविद्यालयमा लान दिदैनौ भनेर।
तिमीलाई शिक्षा र रोजगारी यहीँ दिइन्छ।
राष्ट्रको लागि केही गर।
सरकारबाट बाहिरिएपछि राष्ट्रपति, प्रधानमन्त्री अरु नागरिक झैं किन बस्दैनन?
नेपालको संविधानमा समानतालाई मौलिक हकभित्र राखेपछि राष्ट्रपतिलाई बस्ने निवास दिइन्छ भने उसको घर सफा गर्ने, सुरक्षा दिने अन्यलाई किन दिइदैन।
यो गलत अभ्यास किन त्याग्दैन।
यी र यस्ता कुरामा सुधारकाे खाँचो छ।
यी र यस्ता कुराको सिकाइ विद्यालय र विश्वविद्यालयले दिन सक्नुपर्छ।
आज विश्वको शिक्षा असफल भएको छ। त्यसैले त एक देश अर्को देशसँग लडिरहेकाे छ। शिक्षाले विश्वमानवलालाई जोड्नुपर्ने हो तर खण्डिकरण गरिरहेको छ विज्ञान र प्रविधिको दुरुपयोग गरिरहेको छ। यो गलत अभ्यासलाई त्यागेर शिक्षामा सिप, प्रविधिको सही सदुपयोग गरी एक मानवले अर्कोलाई सहयोगको भावना र मानवीयताको भावना हुनुपर्ने हो अर्थात् शिक्षामा विज्ञान र प्रविधिको मात्र प्रयोग नगरी त्यसभित्र मानवीय मूल्य र मान्यताको साथै नैतिकताको जरा भिजाइदि सक्नुपर्छ।
No comments:
Post a Comment