Saturday, March 22, 2025

नेपालको शिक्षा जुन दिन अँग्रेजी भाषाको मोह बढ्यो

 

२०८१/११/२८
नेपालको शिक्षा जुन दिन अँग्रेजी भाषाको मोह बढ्यो त्यही दिनदेखि शिक्षाले बाटो बिराएको छ। किनकि शिक्षाले भाषिक र सांस्कृतिक रुपमा दरो रुपमा अन्योल सिर्जना गरेको छ।
अँग्रेजी भाषी र नेपाली भाषा बोल्ने व्यक्तिहरुको सामाजिकरण नै फरक छ। उनीहरुको धर्म संस्कार पनि फरक छ, अभिभावदन फरक छ।
अभिवादनका तरिकाहरू
१. हस्तमिलन (Handshake) – यो सबैभन्दा सामान्य अभिवादन हो, विशेष गरी औपचारिक वा व्यावसायिक सेटिङमा।
2. अँकमाल (Hug) – नजिकका साथी, परिवार, वा आत्मीय व्यक्तिहरूबीच गरिन्छ। केही देशहरूमा (जस्तै, अमेरिका र क्यानडा) यो धेरै सामान्य छ, तर व्यावसायिक वा औपचारिक ठाउँमा भने कम प्रयोग गरिन्छ।
3. गालामा चुम्बन (Cheek Kiss) – युरोपियन देशहरू (बेलायत, क्यानडाको फ्रेन्च-भाषी क्षेत्र) र केही अमेरिकी समुदायमा अभिवादनका रूपमा प्रयोग गरिन्छ। एकपट्टि वा दुईपट्टि गालामा हल्का चुम्बन गर्ने चलन छ।
4. हात हल्लाउने (Waving) – टाढाबाट अभिवादन गर्दा हात हल्लाउने चलन छ, जुन अनौपचारिक रूपमा सबै ठाउँमा प्रयोग गरिन्छ।
5. "Hi" वा "Hello" भन्नु – बोल्ने अभिवादन सबैभन्दा सामान्य हो। "How are you?" वा "What's up?" भन्नु पनि चलनमा छ।
6. जिब्रो चुम्बन (French Kiss) – यो अभिवादनका लागि प्रयोग हुँदैन, बरु प्रेमील वा रोमान्टिक सम्बन्धमा मात्र गरिन्छ। सार्वजनिक रूपमा सामाजिक अभिवादनका रूपमा यो उपयुक्त मानिँदैन।
तर यही अभिवादन नेपाली समाजमा फरक छ:
नमस्कार, नमस्ते , ढोग, आलिङ्गन आदि।
जुन कुरा एक समाजमा सभ्य र शिष्टताको संकेत मानिन्छ त्यही कुरा अर्को समाजमा भिन्दै।
हिन्दूहरू गाइलाई पुजा गर्छन, ढोग्छन प्राय अँग्रेजी भाषीहरु गाइको मासु खान्छन्।
मानिसका जन्मदेखि मृत्यु सम्म गर्ने संस्कार पनि फरक छन्। जव भेष, भाषा, धर्म र संस्कार फरक हुन्छ तब शिक्षामा एक भाषिको ठाउँमा अर्को भाषा बाल्यकाल देखि नै सिकाइन्छ भने त्यसले अन्योल सिर्जना गर्दछ।
नेपालमा अँग्रेजी भाषाको पठनपाठन औपचारिक रूपमा राणा शासनकालमा सुरु भएको मानिन्छ। विशेष गरी १८५३ (वि.सं. १९१०) मा जंगबहादुर राणाले बेलायत यात्रा गरेर फर्किएपछि अँग्रेजी शिक्षाको महत्त्व बुझे र दरबार हाइस्कुल (काठमाडौं) स्थापना गरे। यही विद्यालय नेपालमा अँग्रेजी शिक्षा सुरु गराउने पहिलो औपचारिक संस्थान बन्यो। विस्तारै विस्तारै नेपालमा सिकाइको माध्यम नेपाली र अँग्रेजी बनाउन थालियो। जसको प्रभावले प्रत्येक खानदानीया , ठूलाबडा भन्नेका सन्तानहरूलाई अँग्रेजी भाषाको माध्यमबाट शिक्षा दिलाइने संस्थागत विद्यालयहरु नेपालका कुना कुनामा च्याउसरी स्थापना भए। जसले गर्दा नेपालमा दुइ प्रकारको शिक्षा दिने संस्थाहरुको उदय भयो। अनि हुने खाने र हुँदा खानेका सन्तान अध्ययन गर्ने स्थलको रुपमा देखा पर्न थाले। जसको फलस्वरूप समाज विभिन्न वर्गमा विभाजन हुन पुग्यो। अँग्रेजी भाषाको अध्यापनले तपसिलका प्रभाव छोडेको छ:
१. शिक्षा र रोजगारी – नेपालमा मात्र नभएर विश्वका जुनसुकै मुलुकमा पुग्न सक्ने बनेका छन्।
2. वैदेशिक सम्बन्ध – अँग्रेजी ज्ञानले कूटनीति, व्यापार, र अन्तर्राष्ट्रिय सम्बन्धहरू विस्तार गर्न मद्दत गर्यो।
3. सूचना प्रविधि र विज्ञान – विज्ञान, प्रविधि, अनुसन्धान, र इन्टरनेटको क्षेत्रमा अगाडि बढ्न अँग्रेजी भाषा अनिवार्यजस्तै भएको छ।
4. सांस्कृतिक प्रभाव – अँग्रेजी भाषासँगै पश्चिमी संस्कृति नेपालमा प्रवेश गर्यो, जसले परम्परागत संस्कारहरूमा केही प्रभाव पार्यो।
5. माध्यमिक र उच्च शिक्षा – धेरै विद्यालय र विश्वविद्यालयहरूमा अँग्रेजीलाई प्रमुख शिक्षण भाषा बनाइएको छ, जसले नेपाली र अन्य मातृभाषाहरूलाई केही हदसम्म पछि पारेको छ।
यी सबल पक्षहरु भए भने यसको नकरात्मक प्रभाव पनि त्यतिकै परेको छ। जसको कारण सामाजिकिकरणमा अन्योल भएको छ। जन्मसंस्कार देखि मृत्यु संस्कारसम्म अन्योल छ।
त्यसैले भन्नुपर्छ:
मानव सभ्यता टिकाइराख्नको लागि आधारभुत तहको शिक्षा जुन सुकै राष्ट्रले पनि आफ्नो राष्ट्रीय भाषामा नै दिनुपर्छ। त्यसपछि माध्यमिक तहको शिक्षा र उच्च शिक्षा आफ्नो राष्ट्र भाषाको साथसाथै संसार जोड्ने अँग्रेजी भाषा वा अन्य कुनै अन्तराष्ट्रिय भाषा उचित हुनेछ। एकोहोरो अँग्रेजी भाषाको रटान दिनेहो भने आफ्नो मौलिक पन, भाषा, धर्म,संस्कार र संस्कृतिको लोप हुनेछ‌ । भाषा, धर्म,संस्कार र संस्कृतिको लोप हुनुभनेको राष्ट्रको पहिचान र अन्त्यमा राष्ट्र नै लोप हुनुहो।
प्रत्येक राष्ट्रकाे पहिले जिम्मेवारी त्यही राष्ट्रको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै अन्तराष्ट्रिय रुपमा जोडिदै मानव सभ्यतालाई सभ्य र शिष्ट बनाउन सक्नुपर्छ। त्यसैले भन्ने गरिन्छ:
शिक्षा देशको हावा ,पानी र माटो सुँहाउँदो हुनुपर्छ। जसलाई प्रत्येक राष्ट्रले पालना गर्नुपर्छ।

No comments: