Wednesday, April 11, 2018

मेरो सपनाको विद्द्यालय


२०७४-१२-२१
मेरो सपनाको विद्द्यालय

विद्द्यालय मेरो सुन्दर रहोस, जहाँ कलिला नानीहरु हास्तै गरुन

गुरु आमा अनि शिक्षकहरु, उनलाई जिउने कला सिकाउदै गरुन।। 

जता हेर्यो उतै मुस्कान, कटकटासको आवाज नरोहोस त्यहा

मन्द मुस्कानको साथमा शैक्षेणीक क्रियाकलाप फैलाओस यहाँ ।।


   
तोते बोली बोल्नेदेखि, जवानीतिर लम्कनेहेरु
घरको दर्द विर्सीएर, सुन्दर आकांक्षा बोक्नेहर।।
भोलिको सपना पुरा गर्ने, लक्ष बोकी हिड्नेहरु 
रमाउदै रहुन आगनमा, सुन्दर ध्वनिमा रम्नेहरु।।  
 शिक्षाको आरध्य रहोस, पशुपति जस्तै दुनियामा 
ज्ञानले देशको विकृति अन्ते गरोस, हाम्रो यहि आगनीमा।।      
फूलहरु फूलिरहे,  सुन्दर मेरो वगैचामा 
मेरा दीक्षित नानीहरु, रहून सवैको हृदयमा।।   
                                    शान्तिको ठाउ सधै बनोस, मेरो सपनिको विद्द्यालय 
सिक्ने र सिकाउने स्थलो बनोस, मेरो कल्पनाको विद्द्यालय।।
रोजाई बनोस सवैको, सडक देखि महलको  
सिर्जित र दिक्षित बालकहरु नक्साकार बनुन नेपालको 
गाथा मात्र गाउने होइन, निस्कनु पर्छ युवाहरु 
सपनामात्र देख्ने होइन, पसिना पनि चुहाउनु पर्छ।।   
सपनाको केन्द्रबिन्दु, हाम्रो  विद्द्यालय  बन्नु पर्छ   
छलकपट  हैन यहाँ जिउने कला सिकाउनुपर्छ।।
                                    भोलिको सुन्दर नेतृत्व, दिक्षित युवा बढ्दै जाउन 
पशुपतिको गाना गाउने, नेपाली युवा यतै आउँन।।
पढाई लेखाई गराई, खेल्दै रमाउदै मात्र यहा 
मुस्कानको सुन्दर संसार, बन्न सिकाउछ जहाँ । ।   
शिक्षाको केन्द्र बन्ने मेरो सपनाको विद्द्यालय 
सवै हासी खुशी भै रमाउने यहि शिक्षालय ।।
भेदभाव नरहोस् यहा, बिचार पवित्र बन्दै जाओस 
जय सम्भौ मात्र हैन, सरस्वतिको गाथा नि गाइयोस।।
                              लालीगुरासले मात्र पुग्दैन, मखमली पनि चाहिन्छ यहा
हिमाल पहाड तराइको, संस्कृत पनि सिकांइनु पर्छ जहा।।    
उचो निचोको कुरा होइन , समानताको पाठ सिकाउने 
आराक्षणमा होइन, प्रतिस्प्रधामा जिउन सिकाउने।।   
जय नेपाल भन्दै, नेपालीको माला जपाउने 
टुक्रेको होइन नेपाल, समान सवै हिमाल पहाड तराइ बनाउने ।।
यस्तै रह्यो मेरो, सपनीको विद्द्यालय  
गुणस्तरीय शिक्षा दिलाउने, बनोस मेरो शिक्षालय।।   
मेरो सपनिको विद्द्यालय !!!



No comments: