२०७५-०१-१४
दोषी को ?
कहिलेकाही म
कुनै घटना प्रति दोषी को भनि छुट्टाउन सक्दिन किन कि घटाना त्यस्ता हुन्छन जताबाट
फर्केर हेर्दा नि
ठिकै त होनी जस्तो लाग्छ , सायद मसंग न्यायाधीशको क्षमता नभएर होला। तपाईलाई कस्तो
लाग्छ?
कुनै विद्द्यालयमा नया शैक्षिक शत्रको सुरुवातको समयमा कक्षामा को जाने? के
गर्ने? भनि शिक्षकहरु दोधारमा पर्छन। किनकि उनीहरुको साथमा कक्षामा जानको लागि नया
समय तालिका हुदैन। यदि विद्द्यालयमा प्रत्यक कक्षामा एक मात्र कक्षा हुदा त समस्या
पर्दैन तर प्रत्यक कक्षामा वर्ग छुट्टाइएको अवस्थामा समस्या देखिने रहेछ। शैक्षिक
शत्रको सुरुको समयमा विद्द्यार्थीको न्यून उपस्थितिको कारणले कक्षाहरुमा वर्ग
छुट्टाइएका हुदैन र करिव वर्ग 'क'मा अध्यापन गराउने शिक्षकहरु कक्षामा पुगि कक्षा
संचालन गरिरहेको अवस्था देखिन्छ। प्राकृतिकरुपमा पानी अग्लो स्थानबाट तल बगे झैँ
गरी। तर वर्ग 'क'मा अध्यापन गराउने शिक्षकको अनुपस्थिमा भने समस्या देखिदो रहेछ।
विद्द्यालयमा
विद्द्यार्थी भए पनि नभएपनि बिहान १० देखि साझको ४ बजेसम्म सवै शिक्षक अन्तिम
घंन्टीको पर्खाइमा रहने अवस्थामा पनि समस्या रहदैन किना कि शिक्षक विद्द्यालयको प्रांगणमा
नै उपलव्ध हुन्छन। पहिलो र अन्तिम घंन्टीको सहुलियतको रुपमा विद्द्यालयमा
शिक्षकहरुले उपयोग गर्दा पनि समस्या देखिदो रहेछ। प्रसंग रह्यो कुनै विद्द्यालयमा
अध्यापन गराउने एक शिक्षक अन्तिम घन्टी कुनै कक्षाको बर्ग 'ख' मा अगिल्लो शैक्षिक शत्रमा अध्यापन गराइरहेको तर नया शैक्षिक शत्रमा वर्ग 'क' मा मात्र
विद्द्यार्थी राखेर कक्षा संचालन भएको अवस्थामा अन्तिम घन्टी आफ्नो छैन भनि विद्द्यालयको
प्र अ लाई विना जानकारी विद्द्यालय छोडी कुनै शिक्षक घरमा गएको अवस्थामा प्र अ ले उक्त शिक्षकको आधा
विदा जनाउदै गर्दा शिक्षकलाई नया शैक्षिक शत्रको समय तालिका उपलव्ध गराउन नसक्ने प्र
अ पनि अन्तिम घन्टी आफ्नो कक्षा छैन भनि विद्दयालय
प्र अ लाई विना जानकारी विद्द्यालयबाट बाहिरिने शिक्षक उत्तिकै दोषी हैनन र ?
यदि विद्द्यालयका
अरु शिक्षक जो विना जानकारी विद्द्यालयबाट अन्तिम घन्टी अगावै बाहिरिएको अवस्थामा एक
शिक्षकको मात्र आदा विदा कटाउदा अन्याय शिक्षक माथि पर्यो कि? मेरो नजरमा प्र अ जसले
आफ्ना शिक्षकलाई समयमा कुन कक्षा कसले लिने भनि निर्णय दिन नसक्नु, तर अन्तिम घन्टी
नरहेको अवस्था ठानी विद्द्यालयबाट घरतिर गएको शिक्षकको आदा विदा कटाउनु न्याय संगत
होइन कि? शिक्षकले आफ्नो विद्द्यालयको प्र
अ लाई नसोधी विद्द्यालयबाट बाहिरिनु पनि दोष नै हो। त्यसैले मेरो बुझाइमा शिक्षकलाई
कारवाही गर्ने प्र अ आफ्नो भूमिकामा न्यायोचित हुन सक्नु पर्छ। यस घटनामा मेरो बुझाइमा
दुवै दोषी देखिन्छन, हैन र? यस घटनालाई पढीसकेपछी
हजुरहरुले प्रतिक्रिया जनाइदिएमा आउदा दिनमा यस्ता घटना प्रति प्रअ र शिक्षक दुवै सजग रही शैक्षेणिक क्रियाकलापमा सुधार
भै शिक्षाको गुणस्तर वृदीमा सहयोग पुग्थ्यो कि? मैले सुनेको यस तितो घटनाले म भित्र द्वन्द सृजिएको छ। यस द्वन्दलाई सान्त पार्नको
लागि हजुरहरुको प्रतिक्र्याको आशामा छु । म भित्र सृजिएको द्वन्दले कसैलाई चोट पुर्याएको छ भने माफी
चाहन्छु।
No comments:
Post a Comment