Saturday, April 14, 2018

२०७४ लाई फर्किएर हेर्दा

२०७४/१२-३०/ २०७५ -०१ -०१
२०७४ लाई फर्किएर हेर्दा
मानिस असन्तोषी प्राणी नै हो र म पनि त्यसै भित्रको एक पात्र जो सधै शान्ति, र सम्वृद्दीको लागि आफ्नो मात्र नभएर सुदामाकी श्रीमती वसुन्धाराको विचारबाट अभिप्रेरित अनि सुदामाको निस्ठाले वाच्नसिकेको व्यक्तिको रुपमा आफुलाई उभ्याउदै गर्दा म खुशी नै छु किन कि मैले हिजो बुझेको जीवन र आझ भोगेको जीवनको भिन्नता पाएको छु मलाई २०७४ ले यहि ज्ञान प्रदान गरेको छ । नेपालको राजनीतिले पनि गति लिन्छ कि भनि आशा पलाएको छ। जुन दलले चुनाव जिते पनि यहि देशको माटो र यसको पेरिफेरिमा वसोवास गंर्ने व्यक्तिको सेवा, विकास र सुरक्षाको लागि नै हो। मैले पोख्दै गरेका विचारमा देशका नेताहरुले कुरा सुनिदिएकोमा खुशी पनि छु। मैले लेखेको थिए भनेको थिए पुर्व भिआपी जोसुकै हुन् उनीहरुलाई रास्ट्रले दिएको सुरक्षा कटौती गरि सम्पूर्ण नागरिकको सुरक्षामा ध्यान दिएमा नेताको सुरक्षा जनताले नै गर्छ कि दैवले तर सेना र प्रहरीले त सक्दोरहेंनछ भनि नारायणहिटी काण्डले नै प्रमाणीत गरेको छ। त्यसैले मैले डा बाबुरामलाई धन्यवाद टक्रयाय अव अन्य अरु अग्रज नेता गणले पनि यस आवाजलाई सुनिदिनुहुनको लागि अनुरोध गर्छु।

मलाई लाग्थ्यो मानिस केवल प्राप्ति र सफलतामा मात्र खुशी हुन्छ तर यो गलत बुझाई रहेछ मेरो। मानिस पिडामा पनि खुशी हुनुपर्दो रहेछ भन्ने सन्देश मलाई २०७४ ले नै सिकायो। हाम्री आमा दशैँ देखि बिरामी पर्नु भयो अनि उपचारको लागि यहि काठमाणडुमा रहदा पनि मन खुशी हुदो रहेछ किनकि मेरा साना वच्चाहरु आमा, आमा भन्दै कहिले पानी पिउनु हुन्छ त कहिले औसधि खानुभयो अनि कहिले खाजा समेत तयार गरि आमाको सेवा गरेको देख्दा म दङ्ग हुन्छु खुशी पनि तर विरामी पो हुनुहुन्छ मेरी आमा। मानिस दुइपटक बच्चा हुन्छ भन्ने सुनेको थिए तर भोगेको थिइन आज मेरी आमाले त्यो अवसर प्रधान गरिदिनुभयोको छ। आफ्ना सन्तानको पिडामा सुस्केरी हाल्ने आमा, आज त्यो अवस्थामा देख्दिन किनकि उहालाई आफ्नै शरिर धान्न गारो छ कसरी त्यो शरीर भन्दा वाहिरको कुरा सुन्ने? अनि सुस्केरी हाल्ने शक्ति कहाबाट प्राप्त गर्ने त्यो क्षीण शरीरले? यसैले उहालाई पिडा दिएको छ। त्यो पीडालाई कम गर्ने सामार्थ्य सामान्य मानिसमा अभाव नै हुदो रहेछ। उहालाई दुख्छ, अलिकति मलाई पनि दिनोस म सहन गर्छु भन्नु केवल आडम्बर मात्र रहेछ, त्यो पाइदैन। अनि सौचालय जान लागेको देख्दा मेरा साना वच्चाहरु आमा लड़नुहुन्छ कि भनि सहारा दिन पुग्छन र त्यो देखि म दङ्ग पर्छु। कस्तो मेरो मन? किन मेरो मन दङ्ग भयो त? के आमाको थर्थराहटमा वा वच्चाको आमा प्रतिको सेवामा? पक्कै नै मेरा अहिले कक्षा ३/४ उतिर्ण सर्वोत्क्रिस्ट भै कक्षा उतिर्ण भएका वच्चाको आमा प्रतिको प्रेम र संमान देखेर। 

आफ्नो शैक्षिक पेशामा आजको दिनसम्म पुरा भिझेको छु रमाएको छु र चिन्तित कत्ति हुनुपरेको छैन । मेरा साना वच्चाहरु मैले अध्यापन गर्ने विद्द्यालयमा अध्यन गर्दै गर्दा सानो छोरी प्रमा कक्षा इसिड़ी देखि कक्षा ५ सम्ममा त प्रथम नै भै पुरस्कृत समेत भएकोमा खुशी नै छु अनि अर्को छोरी प्रगुण जो प्रथम हुने गर्थिन तर अहिलेको परिक्षामा केवल ६ अंकको फरकमा दितीय हुन पुगेकि छन् यी दुवैलाई सादुवाद छ र जेठो छोरी प्रज्ञा कक्षा ११ को विद्द्यालय स्तरीय अन्तिम परीक्षाको तयारी गर्दै परिक्षा दीराखेकि छन् आसा छ उनी पनि राम्रै नतिजा पस्किने छन् भन्नेमा। वेखुशी हुनु पर्ने कारण रहेन तर समग्रमा चिन्तित यस अर्थमा छु कि सामुदायिक विद्यालयालाई नेपाली आखाहरुको नजर प्रति। अहिले सामुदायिक विद्द्यालयलाई उपेक्षित गर्न पुगियो भने कालान्तरमा गएर शिक्षा सामान्य मानिसको पहुच भन्दा बाहिरको हुनसक्ने छ। त्यसैले सरोकारवाला सवैले सामुदायिक विद्य्यालयको गुणस्तरमा वृद्दी गर्न सवै लाग्नै पर्छ। शिक्षा नै मानिसको पूजी हो। शिक्षा प्राप्तिको स्थलो सहज हुनुपर्छ, यसको लागि सम्पूर्ण सम्बन्धित समयमा नै चनाखो हुनुपर्छ। हाम्रो विदयालयमा हाम्रा विद्यार्थीले हामीले सोचे जस्तो उपलव्धी प्राप्त नगरे पनि निरासावादी हुनुपर्ने छैन। विधार्थीहरुको नतिजा र अक्षरांक संतोसजनक नै छ तर परिवर्तनको लागि स्थान प्रसस्त छ।
नेपालका सराकारी क्षेत्रमा काम गर्ने ढिला सुस्ती अनि पट्यार लाग्दो अनुभुति पनि समाल्न पाइयो र नया भयो जीवनको भोगाई।एउटा सरकारी निकाय अर्कोसंग जोडिएको छ तर एक सरकारी निकायका कर्मचारीहरु अर्को निकायका कर्मचारीलाई हेर्ने प्रवृती गलत पाए यसमा सच्चीन पर्ने देखिन्छ नत्र कर्मचारीका मालिक जनताले पाठ सिकाउने दिन आउन सक्छ, यसमा सम्वन्धित सवै चनाखो हुनुपर्ने देखिन्छ। यो तिती भोगाई यहि राजधानी काठमान्डुकै हो अहिले कहा के र को को जवाफ उहाहरुको संन्मानको लागि पस्किन।
मेरो शैक्षिक भोगाइको क्रममा त्यस्तै गरि उच्च शिक्षा लिदै गर्दा त्रिवि र पोखरा विश्वविद्यालयको अध्ययन गरेको थिए भने अहिलेको वर्षमा काठमाडौं विश्वविद्द्यालय अन्तर्गत नेसनल कलिजमा स्नातकका विद्यार्थी भाइवहिनिहरुसनग नया प्राकारको अनुभव बटुल्न पुगे। त्यसैले भन्नै पर्छ२०७४ सफल नै रह्यो। देशले पनि स्थानीय सरकार देखि संघिय सराकर समेत वनाएको अवस्थामा चित्त वुझाउनै पर्छ अवको सरकारले भ्रस्टाचारको अन्ते गरि देशको विकास र निकासमा काम गर्न सकोस नेतालाई गाडी हो भने नेपाली युवालाई खाडीमा जाने दिनको अन्ते गरी देशमा नै रोजगारीको सिर्जना गरियोस २०७५ भित्रमा विदेशिने युवाको संख्या न्यून रहोस।
प्रजातान्त्रिक र सामाजिक विचारधामा सानै देखि हुर्किएको र अन्यायको विरोध गर्ने सस्कार सानै देखि भित्रिएकोले हुनसक्छ मेरा शव्दले कोहि कसैको चित्त दुखाएको। तपाईहरुको चित्त सहि अर्थमा दुखेको छ भने तपाई परिवर्तन हुनुहुन्छ र अलिकति सामाजिक बाटोमा लाग्नुहुनेछ। यो मेरो विश्वास र ठम्म़ाई रह्यो। मेरो व्यक्तिगत जीवनको भोगाई २०७४ खुला आकास नै वन्यो सवैले पढ्न सक्ने र बुझ्न सक्ने। मेरो अर्थको पाटो २०७३ झैँ २०७४ पनि अधुरो नै रह्यो। मैले साथी भाई वित्तीय सस्था र अन्यबाट व्यवसाय संचालनको लागि लिएको रकम फिर्ता गर्न पाएको छैन किन कि मेरो रकम वजारमा छ र आफ्नो पुजीलाई बिक्रि गरि ऋणबाट मुक्त हुन्छु भनि चाहदा चाहदै पनि पुरा हुन् सकेको छैन। यसप्रति मैले चित्त दुखाएको अनुभुति गरेको छु तर विश्वास छ तपाईहरु सम्बन्धित सवैको चित्त वुझाउने नै छु। मेरो व्यवसाय नेपाल सरकारको बाटो विस्तार अनि २०७२ को महाभूकम्पले क्षेद बिक्षेद पारिदिएको छ, यसलाई पुनस्थानमा पुर्याउनको लागि जमर्को गरिरहेको छु। जेहोस मैले अर्थको कुरा आउदा नारायण गोपालको गित 'मुटुमाथि ढुंगा राखी हास्नुपरेको छ' । पिडा दिएको छु तर यसलाई पिडा नमानी मेरो कार्य सम्पन्नताको लागि पुकार गरिदिएमा तपाइँ सम्बन्धित र मेरो समस्याबाट मुक्ति प्राप्त हुन्थ्यो कि?

नव वर्ष २०७५ ले सम्पूर्ण नेपाली युवाको शैक्षिक केन्द्र नेपाललाई देख्न सकोस, नेपालको शिक्षाले विदेशी विश्वविद्यालयले प्रदान गंर्ने शिक्षा भन्दा उत्कृस्ट बन्न सकोस , खाडीमा जाने युवाको रोजगारी आफ्नै आगनीमा आइपुगोस, सवैमा उमंग, खुशी र लिन भन्दा दिन चाहने भावना वृदी होस, स्वतन्त्र र स्वावलम्बी सवै वन्न सक्ने वातावरण नेपालमा तयार होस्, नेपाली विदेश भ्रमणको लागि नकी शिक्षा र रोजगारीको लागि जान नपरोस, विदेशीको यात्राको गन्तव्य नेपाल बन्न सकोस, सम्पूर्ण नेपालीमा शान्ति र सम्वृदीले स्थान प्राप्त गरी नेपाल समाजवादको बाटोबाट समुन्नत बनि हामी सवै स्वतन्त्र र स्वाभिमानी नेपाली भएर जिउन सकौ, कोहि नेपालीलाई पनि आरक्षणमा राखी दोश्रो दर्जाको नागरिकमा नराखी सवल र सक्षम स्वतन्त्र नागरिककै हैसियतमा सवैले जिउन पाउने अवस्था सिर्जना गरि सवैको सान र मानलाई उच्च संमान प्रदान सबिधानाले प्रदान गर्न सकोस।जातीय र क्षेत्रीय आरक्षण अमानवीय क्रियाकलाप नै हुन। हाम्रा नेपाली दाजुभाईलाई आरक्षणमा राखी उनीहरुको आत्मसंमानमा आच पुर्याउने कार्यको अन्ते गर्नु पर्छ। देशमा सुशाशन, प्रत्यकको मनमा शान्ति र सहि मार्गमा सवै नेपाली लाग्न सकौ यहि रह्यो मेरो समग्रमा नया वर्ष २०७५ को मङ्गलमय शुभकामना! शुभ रहोस २०७५ सवै मानव समाज र जीव जिवात्माको लागि पनि।

No comments: