२०७४-१२-१४
किन नेपाली समाज सामुदायिक विद्द्यालयाका शिक्षकलाई मात्र दोषी देख्छ?
किन नेपाली समाज सामुदायिक विद्द्यालयाका शिक्षकलाई मात्र दोषी देख्छ?
के वर्तमानका अस्थायी शिक्षकहरु आफ्नै कारणले अस्थायी भएका हुन कि नेपाल सरकारको अकर्मण्यताले हो? यदि मैले जवाफ दिनुपर्छ भने भन्नै पर्छ नेपाल सरकारको कमजोरीले नै हो। एकातर्फ नेपालका विद्द्यार्थी संगठनहरु अस्थायी शिक्षकलाई सहुलियत रुपमा दिएको आन्तरिक प्रतिसप्रदालाई ललकार्दै छन् भने अर्को तर्फ अस्थायी शिक्षकहरु पनि। दुवै शिक्षक विद्यार्थीको दृस्टीकोणवाट मुल्यांकन गर्दा दुवैको आवाज सहि छ। अहिले आन्दोलनमा रहेका विद्द्यार्थीहरुले बुझ्नै पर्छ कि तिनै अस्थायी शिक्षकले कक्षाकोठामा सिकाइएका अंक, अक्षर र अन्य विषयवस्तुको पस्काइले गर्दा नै उनीहरु उच्च शिक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र लिन सफल भएको तितो यथार्थतालाई नजर अन्दाज गरि उनीहरुलाई परिक्षामा सामेल भै स्थायी शिक्षक बन्न दिनुहुदैन भन्दै गर्ने बिद्द्यार्थी मित्रहरु देश हाक्ने सभासद, गाउपालिका हाक्ने गाउ अध्यक्ष, नगर प्रमुखको शैक्षिक योग्यता कम्तिमा पनि स्नातक उत्रिण भन्न किन सक्नु भएन। यदि यो आवाजलाई बुलन्द पार्न सकेको भए अहिले सडकमा अस्थायी शिक्षकको विरुद्दमा आवाज उठाउने मित्रहरु गाउप्रमुख, नगर प्रमुख हुदै सभासद सम्म पुग्ने हैसियत राख्नुहुन्थ्यो।
त्रिविका शिक्षकहरु पनि यसरी नै भर्ना भै स्थायी बनेका छन। त्यस्तै गरी माओवादी लडाकुहरु पनि। आन्दोलनमा लागिरहेका विद्द्यार्थी जुधारु मित्रहरु तपाईहरु जागरूप हुनुहुन्छ, साच्चै नै परिपर्तन खोज्नु भएको छ भने यो देशको मुहार फेर्छु भन्ने आट र दृढ संकल्प छ भने नेपालको सेना र प्रहरी बाहेक अन्य क्षेत्रमा कार्यरत शिक्षक, कर्मचारी सवैलाई पाच वर्षे करारमा कार्य गर्न लगाउन पर्छ भन्ने तर्फ लाग्नोस। यो नया प्रयोग पनि हुनेछ र न्यायोचित पनि। आफैलाई पढाउने शिक्षकको विरुद्दमा नलागेमा नै न्यायोचित हुनेछ। तपाईसग भएको योग्यताले किन विश्वविद्यालयाको आयोगलाई ढकढक्याउन सकेन र केवल विद्य्यालायका शिक्षकलाई मात्र देख्नु भयो । नेपालका सामुदायिक विद्यालयका शिक्षकहरु बिना परिक्षा कोहि शिक्षक भएका छैनन। फरक यति हो उनीहरुलाई अस्थायी वा करार वा अन्य तरिकाले परिक्षा लिएर् कक्षामा पसेका शिक्षकलाई विना सुविधा बाहिर निस्कीअ हामी तिनको स्थानमा जागीर खाना तयार छौ भन्ने भनाई नै अप्राकृतिक हो। तपाई सिर्जनशील मित्रहरु शिक्षक पेशामा आउनको लागि आतुर हुनुहुन्छ। यो आतुरीपनलाई स्वागत गर्नै पर्छ। एक पटकको आयोगलाई तपाई मित्रहरुले आफ्नो गुरुहररुको मानको लागि पनि अवरोध खडा नगर्नुहोला। ति तपाईलाई अध्यापन गराउने शिक्षक कमजोर भएका भए तपाई उच्च शिक्षा लिने शिक्षार्थी हुनुहुन्नथ्यो।
म एक मावि तहको दितीय श्रेणीको स्थायी शिक्षक भएर पनि नेपालको पछौटे पनलाई अन्ते गर्नको लागि यदि साच्चै परिवर्तन खोज्ने हो भने ,असमानताको अन्ते गर्ने हो भने स्थायी र पेन्सनको व्यवस्थाको नै अन्ते गर्नुपर्छ तर सेना र प्रहरीलाई भने स्थायीमा राख्नुपर्छ। पेन्सनको व्यवस्था देश सम्पन्न नभैन्जेलको लागि स्थगित गर्नुपर्छ । पाच वर्षे करारमा कार्य गर्न लगाउनु पर्छ। कार्यमा दत्त चित्त दिई कार्य गर्नेलाई पुरस्कृत र काम चोरलाई बर्खास्थी गर्न सक्नु पर्छ। संगै पढेको एक साथी कुनै सरकारी निकायमा कार्य गर्छ, उ उमेर भैन्जेल तलव खान्छ र उमेर पुगेपछि पेन्सन तर अर्को साथी कृषिमा लाग्छ, न उसको तलव हुन्छ न पेन्सन नै।परोक्ष वा अप्रतक्ष रुपमा दुवैले आफ्नो जिविकाकाको लागि नै कार्य गरेका हुन। यी दुवैको न्यायको लागि नेपाल सरकारले नेपाल र नेपाली समवृद्दीमा नपुगीन्जेलासम्मको लागि पेन्सनको व्यवस्था अन्ते गरि निस्चित उमेर कायम गरि सवैलाई रोजी रोटीको व्यवस्था हुने गरि वृद भत्ताको व्यवस्था गरेमा सवैको कल्याण हुनेथियो र साच्चै नै सामाजिक न्याय पनि।
जिन्दगीभरी दिन रात नभनी हलो जोति सवैको प्राणको रक्षा गरिदिने त्यो हलि दाइको आवाज तपाई हामीले नबोले कसले बोलिदिन्छ। कृषि पेशाले सवैको जीविका माथी प्रभाव पार्दछ। उ सवैको लागि अन्नदाता हो तापनि हामी उसको महत्वलाई लत्याइरहेका छौ। सामाजिक न्यायको लागि पनि त्यो चाहे किशान होस वा मजदुर वा कुनै सरकारी निकाएको कर्मचारी वा शिक्षक, निस्चित समय नागेपछी सवै नेपालीले विना भेदभाव वृद्भ भत्ताको व्यवस्था राज्यले गर। अनि मात्र नेपाली समाज समाजवादको बाटोमा लम्कंछ। युवा मित्रहरु यदि तपाईमा आट र शाहस छ भने यता तर्फा लाग्नोस र नया पहिचान बनाउनोस। यसैमा सवैको कल्याण हुनेछ।
जिन्दगीभरी दिन रात नभनी हलो जोति सवैको प्राणको रक्षा गरिदिने त्यो हलि दाइको आवाज तपाई हामीले नबोले कसले बोलिदिन्छ। कृषि पेशाले सवैको जीविका माथी प्रभाव पार्दछ। उ सवैको लागि अन्नदाता हो तापनि हामी उसको महत्वलाई लत्याइरहेका छौ। सामाजिक न्यायको लागि पनि त्यो चाहे किशान होस वा मजदुर वा कुनै सरकारी निकाएको कर्मचारी वा शिक्षक, निस्चित समय नागेपछी सवै नेपालीले विना भेदभाव वृद्भ भत्ताको व्यवस्था राज्यले गर। अनि मात्र नेपाली समाज समाजवादको बाटोमा लम्कंछ। युवा मित्रहरु यदि तपाईमा आट र शाहस छ भने यता तर्फा लाग्नोस र नया पहिचान बनाउनोस। यसैमा सवैको कल्याण हुनेछ।
राजनैतिक दलका नेताहरु पनि शिक्षकलाई झोले शिक्षक भन्दै नलर्कार्नोस किन कि तपाईहरु पनि उनिहरुबाट नै दिक्षित हुनुभएको हो। नेताले शिक्षकलाई मर्यादा गर्दैन भने देश कता पुग्छ। तपाई नेताहरु कामचोर शिक्षकलाई औला ठडाउने अधिकार छ, विद्यालयमा वच्चा पठाउनोस र विद्यालयमा नजर लगाउनोस, विद्यालयको शैक्षिक गुणस्तर स्वत वृदी भैहाल्छ। एकै ठाउको माटोमा पनि जसले मल जल बढी गर्छ उसले राम्रो फसल उत्पादन भित्र्याउछ, जसले हेलचक्र्याई गर्छ उसले कम। अहिले देखिएको शिक्षाको असमानता जागरिलो र अल्छी किसानले उब्जाउने फसल जस्तै हो। अहिले सक्रिय किशानको पाटो निजि विद्द्यालय देखिएका छन् भने अल्छिको पाटो सामुदायिक विद्द्यालय। सामुदायिक विद्द्यालायका शिक्षकलाई झोले शिक्षक भन्दै हेआको नजरले हेर्ने कुचेस्टा विद्द्वान नेता गणले नगर्दा नै उहाहरुको विद्द्वाताले स्थान पाउछ किनकी झोले शिक्षक भन्दै शिक्षकलाई गाली गर्दै गर्दा यो देशको कार्यकारी पदमा पुगेर देशको मुहार फेर्छु भन्नेले आफ्नो मात्रै फेरेको देखेका छन नेपालीले। त्यसैले भन्नै पर्छ अस्थायी शिक्षकलाई स्थायी बनाउनको लागि हुन गैरहेको परीक्षालाई संचालन हुन् दिई प्राक्रितिक सामाजिक न्यायको लागि बाटो छोडिदिन अनुरोध गरे।
No comments:
Post a Comment