२०७४-१२-१२
हिन्दु समाज विचित्रको पनि छ। झट्ट हेर्दा र सुन्दा विश्वास नै गर्न नसकिने। कृष्णभक्त बालसखा सुदामा आफ्नो खाना पकाउने भाडोमा एक सिता चामल भेट्छन। भेटेको सितामा पनि आधा पारी आफ्नो श्रीमती वसुन्धरालाई भाग लगाई आधा सिता आफु नखाई श्री कृष्णलाई अर्पण गर्नै लाग्दा उनको श्रीमती निद्राबाट बिउझन्छिंन र सुदामालाई भन्न थाल्छिन: श्रीकृष्णलाई त सुन्दर सुनका पात्रमा मिठा मिठा भोजन मन्दिरमा गई उनको नाममा अर्पण गर्दछन। यो आधा सिता किन ग्रहण गर्लानाहोला नि भन्दै गर्दा सुदामा पन भन्छन भक्ति भावले आधा सिता वा फूलको पात्रले मात्र अर्पंण गर्दा पनि श्री कृष्ण खुशी हुन्छन। त्यति मात्र हो त्यो भक्ति भावले अर्पण गर्नुपर्छ। यति सुनिसकेपछि वसुन्धरा पनि आफ्नो सुतेको स्थानबाट उठि उनको नाममा राखेको आधा सिता पनि उनी पनि अर्पंण गर्न चाहँन्छिन। सुदामा तिमि भोकै हुन्छ्यौ नि भन्दै गर्दा उनी जवाफ दिन्छिन एक श्रीमान भोकै रहन सक्छ भने कसरी श्रीमतीले खान सक्छे उ पनि श्रीमान् सरह भोकै रहन सक्छ। त्यसैले उनको भागमा राखेको सिता श्रीकृष्णको नाममा नै अर्पण गर्न आग्रह गर्दा सुदामा उनलाई आफ्नै हातले सुद्द भक्तिका साथ अर्पण गर्न अनूरोध गर्छन। अर्पणको वेलामा सुदामा सारा संसारमा रहेका मानिसको भोक मेटाउन सकोस भनि अर्पण गर्छन। उनीहरुले अर्पण गरेको आधा आधा सिता श्री कृष्ण र रुक्मिणीको हातमा पुग्दछ। जव श्री कृष्ण र रुक्मिणी ति आधा आधा सिता खान्छन सवै मानिस र देव देवात्माहरु भोकबाट मुक्त भएको दृस्टान्त छ विष्णु पुराणमा। जेहोस यसले मानव समाजमा दृढ समर्पणका साथ कोहि व्यक्ति लागि पर्छ भने उसले आफ्नो लक्ष पनि प्राप्ती गर्न सक्छ। भक्ति भाव र समर्पणको अगाडी अन्य धन दौलत निकम्मा रहन्छन।

No comments:
Post a Comment