Saturday, April 7, 2018

नेपालको लागि केहि गर्ने कि?

२०७४-१२-२३
नेपालको लागि केहि गर्ने कि?
नेपाल प्रकृतिले सुन्दर, मलिलो माटो, हिमाल, पहाडको समिश्रण, जातजाती, भेष भुषा र संस्कृतिले सम्पन्न देश आज मानिसहरु गरीब छ भन्दै गर्दा कसरी स्वीकार गर्ने मिथ्या बिचारलाई? म त सक्दिन नेपाललाई गरीब भन्नलाई। नेपालमा धेरै आन्दोलन भए, प्रत्यक दशकमा राजनैतिक परिवर्तन भएको छ, व्यक्ति फेरिएको छ, प्रणाली फेरिएको छ तर व्यक्तिको काम गर्ने तरिका फेरिएको छैन विचारमा परिवर्तन छैन, अरुलाई दुख दिदा खुशी हुने हाम्रो सरकारी संयन्त्र छ, आफूमात्र ठीक र बाकी सवै गलत भन्ने संसकार छ। यहि संसकारलाई परिवर्तन गर्नु पर्ने आजको आवश्यकता हो।
हिजो राजालाई सेतो हात्ती देख्ने आखाहरुलाई पनि परिवर्तन गर्ने पर्ने देखिन्छ। राजा सेतो हाती भएका थिए भने अहिलेको रास्ट्रपतिमा त्यो पन देखिन भएन । दमकल र एम्बुलेन्सलाई रोकेर रास्ट्रपति र प्रधानमन्त्रीको लागि बाटो खाली राख्नु आवश्यकता छैन। अनि प्रत्यक रासट्रपतिलाई आवशको सुविधा उपलव्ध गराउदै जाने हो भने त हिजोको राजा नै ठिक कि भन्नुपर्ने खर्चको आधारमा हेर्ने हो भने। पुर्खयौली राजा हुदा सताव्दीऔसम्म पनि एकै दरबारले काम गर्छ तर रास्ट्रपतिलाई निवास दिदै गर्दा एक सताव्दीमा त पुरा नगरै रास्ट्रपतिको निवासले ढाकिने छ। त्यसैले यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। पाच वर्षे कार्यकाल सकिए पछि रास्ट्रपति वा प्रधानमंत्री सामान्य नागरिकको हैसियतमा जिउन सक्नु पर्छ बल्ल यसलाई गणतन्त्रको मुलुक भन्न सुहाउछ। सत्ता भन्दा बाहिर गएपछि पनि पुरा सुरक्षाको घेरामा भूपूहरु रास्ट्रको ढुकुटी रित्ताउदै हिड्ने आट गर्छ भने कसरी बन्छ समतामुलक नेपाल? यतातर्फ पनि सोच्ने कि घुम्ने मेचमा वसी देश हाक्नेहरुले?
नेतागणहरु नेपाली जनता बुझने भएका छन र प्रश्न गर्न सक्छन सामान्ती भनेको के? कोहो त सामन्ती? सामन्ती पर्थाको अन्त्य भयो त? के नेपालमा समानता छ त? एक नेता विरामी हुन्छ, उ जेनतेन उपचार गर्न पनि सक्छ तर रास्ट्रले करौडौ खर्छ गर्छ उसको उपचारको लागि तर अर्को निरिह नेपाली सिटामोल पाउदैन। के यहि हो समानता? के यहि हो प्रजातन्त्र? के यहि गणतन्त्र? अव आवाज नउठाउने त? आफुले गर्दा सवै ठिक र अरुले गर्दा सवै बेठिक भन्ने प्रवृति पनि गलत भएन र? पुर्व प्रधानमन्त्रीले गल्ति नै गरे आफ्नो दल चुनावमा हारेपछि वृद्दभत्ता पाउने उमेर घटाइदिए? तर यो एमालेले चुनावमा लगाएको नारा हैन र? चुनावमा उनीहरु वृदभत्ता पाचहजार बनाउछु भनेकै हो। आखिर बृद्दी गने भनेको भत्ता र उमेरको समायोजन गर्ने भने त हिसावमा खासै परिवर्तन त हुदैन नि प्रधान मंत्री र अर्थमन्त्री ज्यू। अव बोलेर हैन गरेर देखाउने कि?
सधै भारतले हेप्यो, १९५० को सन्धि खारेजी आदि शव्द खेल कति खेल्ने? अव दुइ तिहाहिको मेजोरिटी छ गरेर देखाउने बेला भएन र ? भारतले नेपाललाई नेपालीहरुले हेप्पिन चाहदाको दिनसम्म मात्र हेप्ने हो। जुन दिन नेपालीले आवाज चर्को स्वरले निकाल्न सक्छ त्यही दिनबाट यसको समाधान भैहाल्छ किनकि नेपाल र भारत दुवै स्वतन्त्र रास्ट्र हुन यद्दपी आकारमा फरक देखिए पनि। प्राधानमंत्री ज्यू भारतले चर्को स्वर गरेमा तपाई गर्जनु होला किनकि नेपालीहरु आवश्यक पर्द्दा गर्जन सक्छन, घाटी चुडाल्न् सक्छन तर स्वाभिमान मेटाउने परम्परा छैन त्यसको मर्यादा गर्नुहोला र सगरमाथाको शिर झैँ उच्च राख्नुहोला नेपाल र नेपालीको शान र मानलाई।

No comments: