Saturday, April 14, 2018

मेरो बुझाईमा कुनै राजनैतिक प्रणाली खराब हुदैन, तर व्यक्ति


२०७५-०१-०१
मेरो बुझाईमा कुनै राजनैतिक प्रणाली खराब हुदैन, तर व्यक्ति

नेपालको राजनीतिलाई करिव एक शताब्दीलाई मात्र अध्ययन गर्ने हो भने हामी बुझन सक्छौ हिजो र आजको अवस्था। 

एक सय चार वर्ष (1846 A.D until 1951A.D) जहानिया राणा शाषनले राज्य संचालन गरे भन्यौ र सत्य हो पनि। 

उनीहरुकै कारणले देश उदो गतिमा लाग्यो पनि भनिन्छ।  आजको नेतृत्व हिजोको राणा र राजा भन्दा फरक भएका छन् 

त? कुनै दलमा ठूलो नेता भएपछी उनका सन्तान, श्रीमान् वा श्रीमतीलाई जवरजस्त तरिकाले अगाडि बढाइन्छ तर जीवन नै त्यसैमा समर्पित भएका सदस्यलाई सधै कार्यकर्तामा नै राखिन्छ। अनि गणतन्त्र र प्रजातन्त्र त निमुखाको लागि छ र ? निमुखाको लागि छ भनिन्छ भने ति गोर्खाली अधिकारीको लासले कहिले अन्तेस्टी पाउछ त?
हिजोका राजा र  राणालाई त सेतो हात्तीको उपमा दिएको नै हो र उनीहरुले रास्ट्रको फजुल खर्च गरे भंन्दा केहि आपत्ती

 नहोला तर मदन भण्डारीकै शव्दमा रास्ट्रपति पाल्नु त बोको बराबर हो भन्ने गर्थे भाषणमा। के मदन भण्डारीको 

कल्पनाको रास्ट्रपति जस्तै भएको छ त नेपालको? पुर्व प्राधानमंत्री बाबुराम भट्टराईले २९ सदस्यीय सुरक्षा प्रहरी र सशास्त्र प्रहरीलाई विदाई गर्नु भनेको रास्ट्रको ढुकुटी एक व्यक्तिको सुरक्षामा कति खर्चेको रहेछ? वर्तमान नेतृत्वमा रहेका जो कोहि हुन् सराकार भन्दा बाहिर तुरुन्त ति सवैले आफ्नो अघिपछि लागि हिड्ने सुरक्षा निकायलाई फिर्ता पठाई आफ्नो मर्यादा राख्दै राम्रो हुनेछ। एउटा व्यक्तिको नाममा खटिएको सुरक्षा निकायलाई सदुपयोग सहि तरिकाले गर्ने हो भने एक  जिल्लाबाट लुटपात र चोरीको अन्ते हुनेथियो।

व्यक्तिको आचरण नवद्लिएसम्म जुनसुकै प्रणाली आए पनि केहि हुनेछैन। प्रजातन्त्र गणतन्त्र सवै आयो नि तर के कुनै
 नागरिक सरकारी निकाएमा पुग्दा काम सजिलै हुन्छ त? मैले आफै भोगेको छु सामाजिक कार्यको लागि सडकमा, नापीमा, वनमा, नगरपालीकामा समुहमा र वेग्लै जादा कस्तो व्यवहार हुन्छ भनेर। सम्बन्धित निकायका कर्मचारीहरु कामलाई टार्नखोज्ने, सभ्य भाषाले भन्दा काम नगर्ने तर समुहमा गएर चिच्चाएपछि  काम गर्ने शैली केहो? यसलाई के भन्ने? सरकारी निकायमा वसेर जागिर खाने व्यक्तिलाई सेवाग्रही माथी दुरव्यवहार गर्ने छुट छ कि छैन? नत्र सामान्य नागरिकको काममा किन ढिला हुन्छ?

हिजोको दिनमा नेपाल करिव खाद्यान्नमा आत्मनिर्भर थियो। विदेशी ऋण थिएन तर आज जन्मने वित्तिकैको वच्चाको 

शिरमा रास्ट्रीय ऋणको भार बोकेको हुन्छ। देशमा परिवर्तन भएको छ,विकास पनि कछुवाको गतिमा बढ्दै छ, तर नेता र 

उच्च पदस्थ कर्मचारीको हैसियत बढेको छ, कमजोर परिवारको युवा खाडीमा र सम्पन्न परिवारको युवा पश्चिमा मुलुकमा पुगेको छ, लाखौ लाख खर्चेर पुग्छ। के ति युवालाई देशामा नै रोजगारी र अन्तर्राष्ट्रियस्तरको शिक्षा पर्दान गरी विदेशिने रकमालाई स्वदेशमा नै रोक्न सकिदैन र ? नेपालमा प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र आएको पनि धन्नै आदा सताब्दी वा सो भन्दा माथि भयो तर नेपाल किन गरिव भयो? यो राजनैतिक प्रणालीको कारणले होइन खिया लागेको यन्त्रको कारण हो।यन्त्रलाई मोविल चाहिएको छ।

अव बोलेर हुदैन, गरेर द्खाउनु पर्छ देश हाक्नेहरु, सस्था हाक्नेहरु। बोलेर आकासको तारालाई पनि झार्न सकिन्छ तर छुन र पुग्न कठिन छ। नेताहरु अव रोमान्चमा होइन, यथार्थमा पुग्नु पर्छ । आज देशको प्रधानमन्त्री ओली जी भन्दै 
हुनुहुन्थ्यो पाच औले जस्ता संजिविनिकै काम गर्ने बुटीहरु भएको स्थानका मानिसहरु औसधि नपाएर मर्नु बिडम्वना हो र मर्नु हुदैन। प्रधानमन्त्री ज्यू बोलेर पुग्दैन। त्यही बोल्ने बेलामा कुनै स्थानमा आजकै दिनबाट एउटा औसधि निर्माण केन्द्रको स्थापना गरियो, अव यहाको वेरोजगारलाई रोजगार, रोगीलाई औसधि पाउने पक्का भयो भन्न सक्नु पर्छ। देशको प्रधानमन्त्री अव भाषणको लागि होइन विकास लिएर पुग्नु पर्छ। अनि फेर्छ देशले मुहार। हिजाका जहानिया, सामान्ती जस्ता शव्दले अहिलेका नेतृत्वलाई जिस्काइराखेका छन्। आफ्नो दल र व्यक्तिगत स्वार्थबाट माथि उठि देश र देशवाशीको कल्याणमा लाग्नु पर्ने छ। 

अन्यथा  अहिलेको दम्भ दम्भकै रुपामा मात्र हुने छ र पुर्व माओवादीको हैसियतमा। नेपाली भन्दै छन् अव रेल कुद्छ,

व्यापारी भन्दै छ पानि जहाज पानि आउदै छ वृद्दाहरु भन्दै छन् अव मासिक पाच हजार पाइन्छ आदि आदि। यी सपना नेपालीले देखेका होइनन, दलले नै देखाएका हुन् र पुरा गर्न सम्भव पनि छ तर इच्छा शक्ति दलसंग छ कि छैन? अव भ्रमको समयले नेटो काटेको छ। काम गर्नु परेको छ, र 'जुन जोगी आए पनि कानै चिरेका' भन्ने उखानलाई वदल्नु छ। यो जिम्मा वर्तमान सरकारकै हो। यो सरकार नेपालीको भएकोले कसले कहा भोट हाल्यो होइन, को कति इमान्दार भएर काम गर्दै छ त्यसलाई हेर्नु पर्छ। काम गर्नेलाई पुरस्कृत, नेताकोमा धाउने र काम चोरलाई दण्डित गरिदिएको अवस्थामा यन्त्र आफै कुद्न थाल्छन, र यन्त्र आफ्नो गन्तव्यमा पनि पुग्न सक्छ। यसैमा नेपाल र नेपालीको भलाई हुनेछ।

No comments: