Friday, January 31, 2020

जे छ आज तिमिसँग भोली त्यो तिम्रो हुदैन

२०७६ -०९- २६
जे छ आज तिमिसँग भोली त्यो तिम्रो हुदैन
मानिस विवेकि प्राणी भनिन्छ तर कहिलेकाहीँ किन मानिस भ्रममा वाचिरहेको छ जस्तो लाग्छ। किनकि उ वा उनी विहान घरबाट निस्कदा उसको वा उनको वैंक खातामा ठूलो रकम हुन्छ, सधैं आशिर्वाद दिने बाबा आमा अनि मायाको अँगालो वर्साइदिने श्रीमान वा श्रीमति र सवैभन्दा वलियो, ज्ञानि र दानी ठान्ने ति वालवच्चा , आडभरोसा दिने दाजुभाइ दिदिबहिनी साथै उसको वा उनको क्रियाकलापलाई आदर्श र योग्य ठान्ने छिमेकी हुदाहुदै समयले रित्तो बनाइदिदो रहेछ जव वैंक खाता रित्तिन्छ, आम्दानीको श्रोत हुदैन, कसैको कारणले उ वा उनी ठगिएको हुन्छ तर पनि त्यसवेलामा साथ दिने व्यक्ति हजारमा एक मात्र हुनेछ त्यो पनि रगतको नाताको व्यक्ति नभएर सच्चा मित्र हुनेछ। हिन्दुशास्त्र भन्नेगर्छ : लिनुपर्नेलाई भुलेमा नि केही हुदैन तर दिनु पर्नेलाई सम्झनै पर्छ। यसको अर्थ मानिस दानविर वन किनकि तिमिले जे जोड गरेका छाै नि त्यो पनि हिजो कसैको थियो। तिमिसँग भएको हजारको नोट जव तिमि चिया पसलमा मात्र छिर्छाै नि त्यो तिम्रो रहदैन। के गर्नु नोट बोक्दा झोलाको डोरिले बसालेको डाम अझै होला तर उ सँग चिया पिएको पैसा तिर्ने काैडी नै छैन। अझै पनि हिजो उ वा उनी जुनरुपमा थिए ठिक त्यही सोचमा छन तर मुल्यांकनकर्ताहरु समयलाई बुझ्दैनन र ति दुवैलाई दोषी देख्छन। कसरी भन्ने त मानिसलाई विवेकशील प्राणी भनेर?
नेपालको राजनितीमा हेर्ने हो भने त साँचो र झुटो छुट्याउन गार्हो छ। हिजोकोले जे गरेका थिए नि ति सवै गलत थिए रे आज हिजोकालाई गालिगर्नेहरु त्यही गर्दैछन र ति जनप्रेमी भएरे र जे गर्दैछन नि ठीक गर्दैछन रे । कस्तो अचम्म छ मानिस बुझ्नै कठिन छ।
राजनितीमा मात्र होइन ठीक त्यस्तै छ नातागोतामा पनि। मानिस हिजोको र आजको उही हो र त्यही विचारमा कुदिरहेको छ तर हिजो आदर्श वन्यो तर आज त्यसैलाई गलत सम्झदै छ किन ? के मानिस विवेकशिल प्राणी होकि अर्थको पुजारी वा शक्तिको पुजारी वा लोभको घैटो? भगवान कृष्णले त मित्रताम उचोनिचो हुदैन भनेर द्वारिकाको शहरमा नाङ्गै गोडामा कुद्दै सुदामालाई गरेको अंकमाल ,पर्शुरामले त मानिस जातले उचोनिचो हुदैन भनेर सवैको प्रेरणाको पात्र श्रवणकुमारको हातको पानी पिउदाको अवस्था र कुरुक्षेत्रका एक ब्राह्मण जसले परिवारको लागि पस्केको खाना घरको सदस्य कसैले एक सिता पनि नखाइ उनको दैलोमा माग्न आएका भिखारीलाई दिइ तृप्त पारेको क्षण हुदाहुदै पनि मानिस किन कृधग्न हुन पुग्दछ?
हिजो महलमा हुनेहरु आज सडकमा छन भने महलमा रहनेहरु पनि सडकमा आउन सक्छन। त्यसैले मानिसले विवेक गुमाउन हुदैन । जव विवेक गुम्छ नि मानिसको अस्तित्व समाप्त हुन्छ। चाहे मानिससँग अर्थ होस वा नहोस उ सँग विवेक हुनैपर्छ । विवेक भएको मानिसले अन्याय गर्दैन यद्यपि अरुको नजरमा दोस्रोको कारणले केही क्षणको लागि दोषी देखिन्छ तर पनि उ यथास्थानमा नै छ। उसको कारणले अरु पिडित भएको देख्दा उ छटपटिएको हुन्छ। त्यस छटपटाइबाट मुक्त हुनको लागि उ रित्तिन पनि तयार हुन्छ । रित्तिन्छ पनि। रित्तिदारित्तिदै पनि अरुलाई उ मलम लगाएरै छाड्छ। जव त्यो मानिस जसले उसलाई अनाहकमा शंका गर्यो नि उसले बोलेका र गरेका व्यवहार फिर्ता हुन्छ त जव उसले कुनै समयमा आफ्नो दायित्व पुरा गर्छ। त्यसैले प्राप्तिमा उन्मात र गुमाइमा धिक्कारि दुवै गलत छन। जोसमा होस गुमाउन हुदैन भने कसैको मृत्युुमा रित्तिनु हुदैन

No comments: