Friday, January 31, 2020

मोटर साइकल पार्किङ चार्ज केका लागि?

२०७६-०८-२९
मोटर साइकल पार्किङ चार्ज केका लागि?
आज खिचापोखरीमा दिनको ३ बजेतिर पुगेको थिए मोटरसाइकलमा । मोटरसाइकल सडकको छेउमा सबैले पार्किङ गरेको स्थानमा छोड्दै गर्दा एकजना भाइले रसिद दिदै नहराउनुहोला भन्नुभयो। हराएमा रु १०० जरिवाना लाग्ने छ । हेलमेट सँगै लैजानुस अँकल भनि सम्वोधन सुनेपछि मैले लक गरेको जानकारी दिए। एक घण्टा ९ मिनेट समय भएछ बैकमा कामसकिएर फर्किदा। पार्किङ चार्ज उठाउने भाइले मलाइ रु ४० पार्किङ शुल्क मागेपछि मैले यो शुल्क केको लागि भनि सोधे। गाडिमा आउदा रु १५ मा आँइन्छ तर यो शुल्क किन तिर्ने। कर त पैले तिरेको छ। सडकमा पार्किङ शुल्क केको लागि उठाउने। सडक धुलाम्य छ। प्रति लिटर पेट्रोलकिन्दा रु ५ पहिल्यै नै तिरेको छ। मैले शुल्क तिर्नुपर्छ भने यसको सदुपयोग हुने अवस्थाको सुनिस्चित नभइन्जेलसम्म म शुल्क तिरदिन। मैले विरोध गर्न पाउनुपर्छ भने। त्यसपछि ति भाइसँग कसलाई भन्नुपर्ने हो म भन्छु भने। भाइले नरमस्वरमा झगडा हुनसक्छ भनेपनि मैले सम्बन्धित व्यक्तिसँग कुरा गर्छु भनेपछि भाइले सम्वन्धित मान्छेसँग कुरा गर्नको लागि मलाइ सेलफोन दिनुभयो। कुरा भयो। मैले पुरानै कुरा दोहर्याए। यो पैसा केको लागि भनि सोधे? सजिलै उत्तर आयो पार्किङको लागि।के नेपाली जनता कर मात्रै तिर्ने कि करको सदुपयोग भएको पनि अनुभव गर्न पाउने? मैले भने कर धेरै ठाउमा तिरिएको छ र काठमाडौंमा पार्किङ चार्ज लिन नपाउने पुरानो कुरो सुनाएपछि त्यसो भए रु २५ तिर्नको लागि भन्नुभयो। मैले तिर्दिन भनेपछि आजलाई जानोस अव बाइक पार्किङ नगर्नोस भन्नुभयो। मैले त्यहाबाट पैसा नतिरिकन जानको अनुमति दिएपछि म भाइलाई धन्यवाद भन्दै हिड्नलाग्दा पैसा उठाउने भाइ पनि यसरी नै आवाज उठाउनु पर्छ भन्नुभयो।
काठमाडौंका धारामा पानी नदिदा पनि खानेपानी सँस्थानले पैसा उठाइरहेको छ। अव पानी दिनको लागि सम्वन्धितलाइ दवाव दिनुपर्ने देखिन्छ। सामान्य मानिसले ढाँट्दा उ सजायको भागिदार बन्छ तर सरकार , दल , र सम्वन्धित सरोकारवालाले ढाँट्दा के गर्नेहोला? अव सवै नेपालीले तिरेको कर कहाँ र कसरी प्रयोग भएको छ। यसको वारेमा जानकारी पाउनुपर्छ कि हैन र?

No comments: