Friday, January 31, 2020


17 January 2020
योग्यता जेष्ठताभन्दा सुन्दर हुन्छ जुन कुरा रामले आफ्ना पिता दशरथलाई बताएका थिए। जव दशरथ भन्दै थिए तिमिमा भएको गुण अरु कुनै भाइमा छैन। राम आफ्नो भाइ भरतलाई राजा वनाउन चाहन्थे । त्यही समयमा दरवारमा जेष्ठ सुपुत्र नै राजाहुने परम्परा छ भनि दशरथले रामलाई वताउदै गर्दा योग्यतालाई प्राथमिकतामा राख्नु पर्छ भनि वताएका थिए।
राजा दशरथ रामलाई अयोध्याको उत्तराधिकारी घोषणा गर्न चाहन्थे तर पनि जनप्रतिनिधिबाट सुझाव लिन चाहन्थे।उनले जनसभामा के रामलाई अयोध्याको उत्तराधिकारी बनाउन सहमत छाै भनेपछि सवैले एकै सवरमा सहमति जनाए तर रामले विरोध गरे। उनले भने जेष्ठतालाई आधार बनाइदिनु हुदैन । यसमा उनको असहमत रह्यो। एक सभासद उठेर रामलाई प्रशन सोध्ने अनुमति मागे। राम भन्छन उनलाई उनी जनप्रतिनिधि र जेष्ठ भएकोले प्रश्न सोध्न अनुमति होइन वाद्य पार्नसक्नु हुन्छ भनेपछि रामलाई प्रश्न सोधे:
१- तारका राक्षसको वध कसले गर्यो? रामले भने-"मैेले"
किन भन्दा धर्मको रक्षा गर्न भनि जवाफ दिए।
२- अहिल्यालाई श्राप मुक्त कसले गर्रयो ?"मैले " रामले उत्तर दिए।
३- मिथिलाको शिवधनुष कसले तोड्यो? "मैले" रामले उत्तर दिए।
अन्तमा रामको उत्तर र उनले गरेका क्रियाकलाप कलापले नै उनलाई योग्यताको श्रेणीमा पनि सर्वोत्कृष्ट ठहर्‍याएको थियो र सर्वसम्मतिले राम नै धर्म, संस्कार र परम्पराको संरक्षण गर्नसक्ने योग्यता रहेकोले उत्तराधिकारी राजकुमार चयन गरिएको थियो।
किनकि त्यस शिव धनुष उचालन्नको लागि गुरुको आदेशको पालना गरी कर्तव्य निरवाह गरेको जवाफ दिए।यो आवश्यकता हिजो मात्रै नभएर आजको लागि पनि उत्तिकै अपरिहार्य छ। त्यसैले जहाँ योग्यताको अनादर गरिन्छ राम्रालाई होइन आफ्नालाई पद उपलव्ध गराइन्छ त्यँहा गलत नतिजाले स्थान छोटो समयमा जमाउदो रहेछ। अन्तत व्यक्ति र संसथा धरासही हुनपुग्दारहेछन।

No comments: