२०७६-०९-१९
समय नै सवै थोक रहेछ
भन्ने सुनिन्छ -सुखमा नमात्तिनु र दुखमा नआत्तिनु । हाम्रा लोक उक्ति कति सान्दर्भिक छन। मानिस मानिस बन्नकै लागि धेरै सघर्ष गर्नुपर्छ । कलियुगका मानिसहरु आफ्नो कर्तव्यको वास्था गर्दैनन तर अधिकारको खोजि गर्छन, आफुले गर्नुपर्ने काम गर्दैनन तर अरुलाई त्यही काम गरेनन भनि दोषारोपण गर्दछन । त्यसमा पनि राजनिति त फोहरी खेलको रुपमा नै चिनिन्छ । नेपालमा ठूला राजनैतिक परिवर्तन भए तर दीन हिनको लागि परिवर्तन देखिएको छैन नकि किसानको लागि पनि । अहिले उखु किसानहरु मारमा परिरहेका छन। स्थानीय देखि सघिय सरकार नेपाली जनतालाई कसरी कर वृद्दी गर्न सकिन्छ भन्ने दा उमा छ । हिजो अरू सरकारमा रहदा कति र के कुरामा विरोध जनाएका हुन्छन आज तिनै विषयमा अरुले विरोध जनाउनु पर्ने अवस्था सृजना हुनु अमानविय र निन्दनिय नै हो ।
आज प्रत्यक स्थानमा कर लगाइएको छ र कर लगाउनु पनि पर्छ । कर लगाउनु भन्दा पहिले नेपाली नागरिकलाई कर तिर्नसक्ने त वनाउन पर्छ नि । ठिक त्यस्तै अवस्थामा नेपालका वैक तथा वित्तीय सस्थाहरु छन । चर्को व्याजदरको कारणले नेपालीहरु मारमा परेका छन । अन्तराष्ट्रीय मुलुकमा व्याजदर केवल ५'५% छ तर नेपालमा १५-१६% व्याजदरमा ऋण लिनको लागि वाध्य छन उध्यमीहरु । अनि कसरी उभो लाग्छ व्यक्ति ,समाज र देश? वर्तमान सरकारको लागि सरकार सन्चालनको लागि कुनै कठिनाई छैन तर पनि जनताका काम हुनसकेका छैनन ।नेताको हैषियत बढेको छ तर सर्वसाधरण रोजि रोटीकै ललागि भाैतारिनु परेको छ। कहिले गर्न पाउछन उनीहरु नागरिकको हैषियत, जहा समानता र न्यायिक स्वतन्त्रताको उपभोग । जहातही असमानता छ ।
भ्रष्टचार माैलाएको छ, युवा शक्ति पलाएन भएको छ, जग्गा जमिन बाझा छन तर अन्नको अभाव छ। पैसा नै सर्वाेपरि भएको छ । ऋण तिर्नको लागि वेचिएको जग्गा जमिनको कर सरकारलाई बुझासरकारलाई बुझाउन पर्ने तर त्यही व्यक्ति अझै ऋणमुक्त हुनसक्दैन । उ वित्तीय सस्थाबाट लिएको ऋणबाट मुक्त हुनको लागि आफ्नो जग्गा वेच्न वाध्यहुन्छ र सरकारलाई
ठूलो धनराषी करको रुपमा वुझाउछ तर उ ऋणमुक्त हुनसक्दैन । किन सरकार सही तरिकाको निर्णय गर्न सक्दैन । ऋण तिर्नको लागि वेचिएको जग्गामा के को लाभकर ? जग्गा वेचेर व्यक्तिले आफ्नो सम्पतिको रुपमा राखेको अवस्थामा त ठिकै छ तर लिलाम विक्रिबाट वचाउनको लागि वेचिने जग्गाको लाभकर सरकार उठाइरहेको छ जसको सही रुपमा सदुपयोग पनि भएको छैन । यसको लागि सरकार पुनरविचार गर्नुपर्ने देखिन्छ।
ठूलो धनराषी करको रुपमा वुझाउछ तर उ ऋणमुक्त हुनसक्दैन । किन सरकार सही तरिकाको निर्णय गर्न सक्दैन । ऋण तिर्नको लागि वेचिएको जग्गामा के को लाभकर ? जग्गा वेचेर व्यक्तिले आफ्नो सम्पतिको रुपमा राखेको अवस्थामा त ठिकै छ तर लिलाम विक्रिबाट वचाउनको लागि वेचिने जग्गाको लाभकर सरकार उठाइरहेको छ जसको सही रुपमा सदुपयोग पनि भएको छैन । यसको लागि सरकार पुनरविचार गर्नुपर्ने देखिन्छ।
समय वलवान छ । समयले नै मानिसको स्थान तोकिदिन्छ। हिजो महलमा हुनेहरु आज सडकमा छन र हिजो सडकमा हुनेहरु आज सरकारमा छन । अनि व्यक्ति गलत विचारबाट दिछ्ित हुदैगर्दा गलत व्यक्तिलाई अख्तियारी सुम्पन्न पुग्दोरहेछ जसले गर्दा भावि जीवनमा पछुताउनु पर्दोरहेछ । त्यसैले कुनै पनि निर्णय दिने स्थानमा रहेका व्यक्तिहरु कोही प्रति पुर्वाग्रही भै निर्णय गर्दा आफ्नो भावि जीवन पनि पश्चतापमा विताउन पर्ने हुन्छ जसको कारणले आफु कार्यरत सस्थाको भविष्य समेत अन्योलमा रहनेछ।
अभाव र असन्तुष्टीले मानिसलाई सफलताको बाटोमा डोर्याउछ यदि उ कर्मशिल छ भने तर मानसिक रोगिको रुपमा पनि उ पुग्न सक्छ यदि उ आफ्नो भविष्न्धय अन्धकार देख्छ भने । केहि पाउदैमा खुशी र नपाउदैमा दुखी हुन पर्दैन किनकि भनिन्छ नि - १००० सग सहयोग माग्दा एक जना मात्र सहयोगको लागि तयार हुन्छ तर १००० सल्लाह दिद पनि एकको मात्र कार्यन्वयन हुन्छ। त्यसैले जीवन जिउने कला आफै वृद्दी गर्नुपर्छ । एक असफलताले अरु सयाै बाटाेहरु खुलाइरहेको हुन्छ। दुखलाई अगाली जो सर्घष गर्न तयार हुन्छ सन्सार उसैको लागि हो जो एक सफलतालाई सर्वोपरी ठान्छ र त्यसैमा उन्मत्त हुन्छ उसको जीवन पनि तुरुन्त धराषयी हुन्छ ।
No comments:
Post a Comment