७ माघ २०७६
यात्रा, आफन्त र नयाँ चिनजान
यात्राले मानिसमा प्रफुल्लता बढाइदिदोरहेछ, आफन्तले मानवताको डोरोलाई कसिलो पारिदिदोरहेछ भने नयाँ चिनजानले पनि भर्खरै मात्र चिनजानभएको हो भन्नेनलाग्दो रहेछ, अनि शरिरलाई वस्नको लागि सुख समथर भुभागमा भएतापनि जव शिखर वा पहाडका टाकुरामा पुगिन्छ नि अनि लाग्छ त्यस्तो खाल्टोमा पनि मानिस किन वसेका रहेछन भनेर। यी कुराहरु जव आफ्नो वाल्यकाल विताएका बडहरेका डाडाहरु अनि पण्डितहरुको कुलको मन्दिर भएको ठाउँ , म जन्मिएको ठाउँ , सिद्दी गणेश मन्दिर भएको ठाउँ , थापाथर, वस्नेतथर अनि डाँडा गाँउको टाकुरामा पाइला टेक्दा हुनेगर्थ्यो तर अहिले जव मैले मेरा पाइलाहरु कास्की जिल्लाका रमणिय स्थलहरु पुम्दिकोट, झाझरमारे कोट, नोलाङको टाकुरा, रुपाकोट, खडागाँउ, देउरालीले त सोच्न वाध्यवनाइदियो कति काठमाडौंको प्रदुषणमा केका लागि हराउँदै छस भनेर। जहा म पुगे केही क्षणमा चिनजान भएका व्यक्तिले वर्षाएको माया, धेरै समयपछि आफन्तजनमा भेटघाट हुँदा वर्षिएको श्रदालाई कसरी कुन शव्दले अभिव्यक्ति गर्नपर्ने हो मसँग त शव्द नै भएन निशव्द रहे तर म भन्न सक्छु जीवनभरको लागि त्यो क्षण सदा स्मरणिय रहनेछ। अर्कोतर्फ आफन्तबाट भड्किएको मनलाई कसरी भरत वन्न र वनाउन सकिन्छ। भरत मानव सभ्यताका लागि एक अतुलनिय पात्र रहे जसले पूर्णरूपमा लोभ र लालचबाट माथि उठेर आमा कैकैलाई समेत अपराधको भागि सम्झि उनको अनुहार समेत हेर्न नचाहेका व्यक्ति जुव उनको ठूली आमा शुभद्राले सम्झाउँछिन अनि सम्झन्छन र आमाबाट भएको एेतिहासिक भुललाई सच्चाउन जादा निसाद, राजा जनक र लक्ष्मणलाई समेत भ्रममा पारि अन्तमा उनको रामप्रतिको श्रदा, समर्पण, र आदरले वर्तामान रहेका मानिसलाई समेत नतमस्तक पार्न सफल भएका छन। भरत जस्तै पात्रहरु केही मात्रमा हामी देख्न सक्छाै भने अँहकारको भुमरीमा डुबुल्की मार्दै आफैलाई सिद्याउने रावणहरु पनि जिइराखेका छन।

के गर्नु स्वस्थानिको समय छ , दक्ष प्रजापतिले आफ्नै ज्वाइ महादेवलाई त्यतिधेरै अपमान गर्नसक्छन र जस्तो लाग्छ तर पनि यसै समयमा पनि आँखा घुमाउने हो भने हामीले धेरै दक्षहरु देख्नसक्छाै अनि पार्वती पनि जो आफ्नो श्रीमानमाथि गरिएको अपमानलाई सहन गर्न नसकी देहदहन गरी देहत्याग गरेको क्षणहरु। झट्ट हेर्दा स्वस्थानीको कथामा रहेका नवराजलाई हात्तीले माला लगाई लावण्यदेशको राजा चुनेको कथा आैयात लाग्नसक्छ , भित्तामा राष्ट्रपतिको रुपमा लेखिएका प्रचण्ड र २०६२/०६३ आन्दोलनका नायकको रुपमा चिनिएका गिरिजाप्रसाद कोइरालाको तिव्र चाहना हुँदाहुँदै डाक्टर रामवरण यादव राष्ट्रपति हुनु र अहिले पनि माकुने र खनालले चाहना गर्दागर्दै विद्यादेवी भण्डारी राष्ट्रपति हुनुमा कुनै फरक देख्दिन म यी तीन पात्रहरुमा।
जव म पोखरा २८ झाझरमारेमा रहनुभएका मेराे अर्धाग्नीका भानिज दाइ मेरा पनि दाइ श्यामप्रसाद अधिकारी र उहाँको श्रीमती भएको घरमा संयोगले ४ वजेतिर माघ ५ पुगे उहाँहरुले वर्षाएको त्यो प्रेमले म त्यही घर उहाँहरुको साथमा रात विताए। कति दिल खुशिरह्यो त्यो क्षण जसले मेराे कास्की जिल्लाको भ्रमणमा रहेको एक क्षण सदाको लागि डेरा जमाउन सफल यस अर्थमा पनि रह्यो कि भोलिपल्ट विहान चियापिएपछि म घुमफिरमा निस्कने कुरा गर्दैगर्दा उहाँको दाजु विश्वरमणलाई भेटेर जानु अन्यथा नपसेकोमा दाजु विश्वरमणको परिवारले नपठाएको भनि गुनासो गर्नुहुनेछ भनेपछि कति खुशि रहे यद्यपी मेरो व्यक्तिगत भेटघाटलाई भन्दा पनि मेराे जिल्लाका विभिन्न भूभाग भेटी मेरो कर्मस्थलो काठमाडौं फर्कनु नै छ। त्यो खुलेको आकाश, अन्नपूर्ण , माछापुच्छ्रे र धाैलागिरीमा चाँदिजस्त्तै टल्केको हिँउले त त्यही पुगेर एक पटक हिँउखेल्न पाएहुन्थ्यो जस्तो लाग्यो तर मनैमनले मात्र खेली खाना खाइ झाझरमारे कोटमा पुगे। वरिपरि घुमे जता फर्किए पनि सुन्दरै सुन्दरमात्र। पुरै पोखरा देखिने कति अविश्मरणिय स्थान र क्षण। केही क्षणको दृश्याअवलोकन पछि म तल बाटोमा झरी मोटोरसाइकलमा र साैर्यतर्फ मोडिए। मास्ठानको शिवमन्दिरमा रोकिइ एक क्षण त्यहा पनि हराए। जव म नोलेङ डाडामा पुगे त्यही स्थानीय पदम वहादुर गुरुङ र देवी गुरुङसँग भेट भयो र त्यहाँ बाट देखिने सवै स्थानको नामवताउनुभयो। त्यहाँबाट देखिने स्थानहरु क्रमश:
सिक्लेस, तप्रेङ, थाक, मुङ्जा, तारकाङ, ह्याङ्जा, बरालडाडा , खेम्जि, वारचोक, पुरानो र नया भाचोक, सैमर्याङ, साप्ले, ताछे , छलाङ, कयारे, सैमर्याङ, मकैखोला, लुदी, ठूलो ढुङ्गा , थुम्सिकोट, नैदार, पाख्रिकोट, रविडाडा, मिजुरेडाडा, क्यारी, गहते, ठूलोसरा, मुङ्ग्री, सुवारा, राम्चे , भादगाउँ , बेत्यानी लिप्यानी , गिलिङ, करापु, टक्सार कुम्तुङ, धनपोखरा आदि स्थानको अवलोकन गरे र टिपोट पनि। देवी दिदिले कालो चिया खुवाउनु भयो। म आभारी हुँदै लिप्यानी , बेत्यानी, तालवेसी , रुपातालको पूर्वीभागबाट भङ्गरा, तालबाराही मन्दिर हुँदै खोलाको छेउ निस्केर रुपाकोट, खडागाँउ देउरालीको बाटो पारगर्दै फेदी, ढोडवेशी , मालेपाटन र राजाको चाैतारा पुगि साझ दाजु भाइ घर आइ , खाना खाइ, स्वस्थानी वाचनपश्चात केही भाग बिश्णुपराणको कथा श्रवण पछि सुते।

No comments:
Post a Comment