२०७६-१०-१४
नेपाल सरकार र नेपालका अदालतहरु सवैका लागि हुनुपर्छ । नेपालको संविधान ले बाच्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर के अदालतले साच्चिकै न्याय दिलाएको छ त? न्यायमा ढिला भन्नु नै न्याय नदिनु हो, हैन र? एकै प्रवृतिका मुद्दामा कोही जेलमा छन भने कोही देशको सन्माननीय र माननियमा पदमा आसिन देखिन्छन। जव राजनैतिक आन्दोलन र लुटपातको विचमा भिन्नता छुट्टयाउन सकिदैन सधै सरकार र अदालत विभादमा परिरहन्छ।
नेपाल सरकार र नेपालका अदालतहरु सवैका लागि हुनुपर्छ । नेपालको संविधान ले बाच्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर के अदालतले साच्चिकै न्याय दिलाएको छ त? न्यायमा ढिला भन्नु नै न्याय नदिनु हो, हैन र? एकै प्रवृतिका मुद्दामा कोही जेलमा छन भने कोही देशको सन्माननीय र माननियमा पदमा आसिन देखिन्छन। जव राजनैतिक आन्दोलन र लुटपातको विचमा भिन्नता छुट्टयाउन सकिदैन सधै सरकार र अदालत विभादमा परिरहन्छ।
शान्ति सम्झाैतालाई समयमा नटुङ्ग्याउदा आजको दिनमा निश्पक्ष भएर हेर्दा रेशम चाैधरी र अन्य विवादास्पद पात्रहरुलाई हेर्दा के भन्ने? विचार अभिव्यक्ति को स्वतन्त्रता नेपालको वर्तमान र विगतको संविधानमा पनि ग्यारेन्टी गरेको थियो तर व्यक्ति हत्या र तोडफोड आगजानी हिजो पनि निसेधित थियो र आज पनि। त्यसैले सरकार अदालत र अदालतबाट न्याय प्रदान गर्ने न्यायमुर्तीहरु यतातर्फ ध्यान दिनै पर्छ। अन्यथा फेरि ठूलो दुर्घटना हुनसक्छ।
मत्स्यन्यायको अन्ते गरी सवैको आत्माले सर्वस्वीकार्य न्यायको स्थापना गर्नु आजको सरकार र अदालतको कर्तव्य ठहरिने छ। अन्यथा एक दिन अहिलेको वर्तमान प्रतिनिधि सभामा सुनिएको गर्जन छोटे राजाहरुको भोलिका दिनहरु असुरक्षित हुनसक्ने छन। आफ्नै सहयात्रीहरु कसरी छोटे राजा भए भन्ने र भन्न खोजिएकाले समयमा नै स्वीकार गरी सही दिशा निर्धारण गरी यात्रा सुरु गरिहाल्नु पर्ने देखिन्छ।
फेरि अर्को पाटो MCC को रहेको छ। यो केहो सवै वुझ्न चाहने नेपालीहरुले अध्ययन गर्न पाउनुपर्छ। अरुबाट प्राप्त सहयोगले देश सम्पन्न बनाउछु भन्नु मुर्खता वाहेक केही हुदैन किनकि त्यहा केही न केही अदृश्य स्वार्थले जरा गाडेको हुनसक्छ। सरकार सहयोग लिनेबाटो खोज्नुभन्दा प्रत्येक नेपालीलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ। त्यतातिर सोच्ने हो कि? विदेशिएका नेपालीहरुको पहिचान न कर्मभूमि न जन्मभूमिमा नै छ। केवल देशलाई रेमिट्यान्स भित्र्याइदिने , गाउँ शहर उजाड अनि वृदा बाबा आमाको विचल्लीको माध्यम बनेको छ। यतातर्फ पनि सोच्ने हो कि?
विदेशी पनले गर्दा बाबुआमा पनि अलिक स्वार्थी वनिरहेको अवस्था छ। नेपालमा रहेका आफ्ना नातिनातिना ततेरी वुहारीलाई आफ्नो रोजिरोटिको व्यवस्था मिलाउनको लागि तयार हुदैनन् तर तिनै बाआमा विदेशमा रहेका नातिनातिना ततेर्न जानको लागि आतुर देखिन्छन् । त्यसैले पनि हाम्रो देशको शिक्षाले बाटो विराएको जस्तो देखिन्छ किनकि प्राय अहिलेको नया जनशक्ति न अध्ययनको लागि नत रोजिरोटिको लागि नै आफ्नो देश नेपाललाई प्रथम छनोटको स्थान बनाउन नै सकेको छ।
कुनै पनि देशले शिक्षा आफ्नो देशको आवश्यकता पुर्ति गर्नसक्ने जनशक्ति तयार गर्नुपर्छ। कुनै देशलाई वरवादिमा पुर्याउनु छ भने त्यो देशको शिक्षालाई ध्वस्त पारिदिए पुग्छ किन कि अयोग्य डा विरामीलाई उपचारको सट्टामा मृत्युसैयामा पुर्याइदिने छ, कमसल इन्जिनियरले कमसल भवन वा सडक, कमजोर धर्मगुरुले सामाजिक अस्थिरता र कमजोर शिक्षकले अयोग्य जनशक्ति उतार्ने छन अन्तत देश नै वरवाद हुने छ। शिक्षाको वारेमा नया चिराबाट सोच्नुपर्ने देखिन्छ ।
No comments:
Post a Comment