२०७६/०८/१५
वधाई तथा सहानुभुति
वधाई तथा सहानुभुति
चुनाव हुनुभन्दा अगाडिका राजनैतिक दलका नेताहरु भएता पनि चुनाव पश्चात ति व्यक्तिहरु राजनैतिक दलका नभएर सिङ्गो समाजको र देशको प्रतिनिधि हुनसक्नु पर्छ। समाजलाई हाकि समाजको सेवकको रुपमा प्रस्तुत हुन सक्नु पर्छ। चुनिएका व्यक्तिको एकल परिवार हुदैन र सारा समाजलाई आफ्नो परिवारको रुपमा लिई सवैलाई न्याय दिलाउन सक्नुपर्छ। मत्स्य न्यायलाई निरु्त्साही पारी सामाजिक न्यायलाई फस्टाउन दिनुपर्छ। सुदामा र उनको श्रीमती वसुन्धराले जस्तै पुरा समाजलाई आफ्नो सम्झी सवैको पेट भराउनसक्ने माग गर्न सक्नुपर्छ र जनताको महल खडा भए पछि मात्र आफ्नो दरवारको सपना देख्नुपर्छ। सच्चा अर्थमा राजनिति यही हो र यस्तै हुनुपर्छ। सम्पुर्ण मतदाता जहा जसले जसलाई मतदिए पनि सवैको स्थान प्राप्त भएको छ। जित्नेले उत्तरदायित्वको वोध गर्नुपर्यो भने हार्नेले जनताको मन जित्न नसकेको तितो यथार्थतालाई स्वीकार गर्न सक्नु पर्यो। हो सवैले योग्य व्यक्तिलाई उचित स्थान दिनसक्नु पर्यो। यति यसो गर्न सक्ने आँट देखाउन सक्ने व्यक्ति नै यथार्थमा सवैको लागि पुजनिय, ढोगनिय र स्मरणिय हुनेछन। सवै विजेतालाई वधाई र प्रतिस्प्रधामा पछि परेकालाई सहानुभुति। सवैको कल्याण होस।
No comments:
Post a Comment