२०७६-०९-०३
सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा सरकार र सरोकारवाला नै दोषी हुन।कुनै विद्यालय सन्चालनमा असल प्रअको भुमिका महत्त्वपूर्ण हुन्छ तर के गर्नु- न यो देशमा शैक्षिक योग्यतालाई मानङ्क मानिन्छ, न शिक्षण पेशा प्रतिको लगनशिलतालाई नै तर सम्बन्धित सरोकारवालाले आफ्नो डम्फु बझाइदिेने शिक्षकलाई नेतृत्व सुम्पन्छ अनि शैक्षिक गुणस्तर भएन भनेर सन्चार माध्यममा देखिदा विडम्बना लाग्दछ। आफ्नो वच्चालाई प्राइभेट विद्यालयमा पठाइ अरुले विद्यालयमा वच्चा दिएनन, गरिवका सन्तान पढ्ने स्थलो भयो रे, र आफ्नो पेशाप्रति गैरजिम्मेवारी हुने व्यक्तिले नै यस्ता विद्यालयको नेतृत्व गर्दा कस्तो नतिजाको आसा गर्ने? किन शैक्षिक गुणस्तर खस्केको छ, त्यसमा वास्ता गरिदैन। कसलाई रहर हुन्छ सम्पति छ भन्दै अनावश्यक खर्च गर्न? शैक्षिक गुणस्तर कायम गरेका विद्यालयमा अहिले पनि विद्यार्थीले भर्ना पाउदैनन् स्थानको अभावले। कुनै विद्यालयमा विद्यार्थी छैनन तर शिक्षक दरवन्दी वचाउन पर्छ रे। कस्तो विडम्बना शिक्षक नेतृत्व विरोध गर्छ त्यसमा। एक विद्यालयमा विद्यार्थी छैनन् शिक्षक छन तर अर्कोमा विद्यार्थी छन शिक्षक छैनन। यसमा शिक्षक नेतृत्वले सहयोग गर्नुपर्दैन ?

सरकार कागजमा लेखिएको नियमावलीलले केही काम गर्दैन यदि सरोकारवाला जिम्मेवारी लिएका अधिकृतहरुले यसलाई कार्यान्वयन गर्दैनन् भने। अन्यत्र जानै पर्दैन- काठमाण्डाैका सामुदायिक विद्यालयमा हेर्ने हो भने आजको दिनसम्म पनि तल्लो तहका वा आधारभुत तहका शिक्षकहरुले माध्यमिक विद्यालयको नेतृत्व समालेका छन। संघ, संगठनको नाममा आफुलाई अडाई राखेका छन। कहाँ छ शिक्षक संघ, संगठन र महासंघ? किन आफ्नो तर्फबाट शैक्षिक गुणस्तर वृद्धि गर्न ध्यान दिदैन। आफ्नो संगठनमा भएका शिक्षकलाई योग्यता, दक्षता वृद्धि गरिसकेपछि मात्र नेतृत्व दिने गर। त्यसैमा सम्बन्धित संघ , संगठनको मान रहनेछ। भएका सम्पुर्ण सामुदायिक विद्यालयले राम्रो नतिजा दिनसकेको अवस्थामा शिक्षण पेशाको मर्यादा बढेर जाने छ। शिक्षक महासंघको नेतृत्वमा पुग्ने मित्रहरु आफ्नो सुविधा भोगको स्थान नबनाउनुहोला। अहिले फेरि शिक्षक नेतृत्वले रोदन गर्दैछ? किन? किनकि उ निरिह छ कमजोर छ। हिजो सम्झाैता गर्यो सरकारसँग तर सरकारले कार्यान्वयन गर्दैन आफ्नो सम्झाैतालाई किन? किन कि शिक्षक नेतृत्व शिक्षक वन्नै सकेको छैन। नेतृत्वमा पुग्यो तर नेतृत्व दिनै सकेको छैन । किन? किनकि उ त्यहाँ पहिले नै वेचिएर पुगेको छ। शिक्षकको आवाज वन्नै सकेको हुदैन। त्यसैले आजको आवश्यकता असल शिक्षक र नेतृत्वको खोजि नै हो। यदि मन, वचन र कर्मले समर्पित शिक्षकले विद्यालयदेखि शिक्षकको नेतृत्व गर्छ भने शिक्षाको गुणस्तर आफै बढ्ने छ।
No comments:
Post a Comment