०७६ -०९ -२४
प्रत्यक असफलताले केहि सिकाइरहेको हुन्छ। इतिहास यही वताउछ । असफलताले मानिसलाई परिपक्क बनाउछ । केही न केही नया कुरा सिकिरहेका हुन्छन असफलतामा पनि । जसरी जन्म मृत्युको लागि हो भने जीवन कर्मको लागि । मृत्यु शाश्वत सत्य हो भने, खाना अपरिहार्य हो र वस्त्र सामाजिक आवश्यकता हो अर्थात भ्रम पनि मान्न सकिन्छ । मानिस कपडा लगाउन थाले तर जिव जन्तुहरु प्राकृतिक नै छन । उनीहरुको जीवनचर्या र मानिसहरुको जीवनचर्यामा खासै फरक छैन : वस्नु खानु, घुमफिर गर्नु , आराम गर्नु, । फरक त्यती मात्र हो मानिस विवेको प्रयोग गर्छ र तिनै भिमकाय जीवजन्तुलाई आफ्नो अनुकुल प्रयोग गर्न सक्षम भएका छन तर जिवजन्तुहरु आफ्नो विवेकको प्रयोग गर्न सक्दैनन र उनको वसमा छन । ठीक त्यही अवस्थामा चलिरहेको छ नेपालको राजनिति पनि छलनितिको रुपमा । सरकार जनतालाई एक कुरा भनिरहेको हुन्छ तर गराइमा ठीक विपरत छ । त्यसैले सरकार जनपक्षिय वन्न सक्नुपर्छ, दीनहिनको पनि वन्न सक्नुपर्छ । यदि दीनहिनलाई उपेक्षित गर्दै जाने हो भने भोलीको लागि सत्ता सुरक्षित हुनसक्दैन । नेपालका सत्ताधारीलाई हिजोदेखि वर्तमानसम्मका शाषकहरुमा त्यही आरोप लागिरहेको छ : पारिवारिक, निरकुंश, जहानिया, भ्रष्टाचारी , घुषखोरी र स्वइच्छाचारी । जुनजोगी आए पनि कानै चिरेका । खोइ त नेपालको राजनैतिक असफलताले सिकेका पाठहरु ?

सत्ता परिवर्तन भए, व्यक्ति परिवर्तन भए तर कार्यशैली परिवर्तन भएन । एक राजाको स्थानमा धेरै राजा भए भन्ने गुनासो यत्रतत्र सुनिन्छ । यो विडम्वना भएको छ वर्तमान सत्तासिनहरुलाई श्री ५ , श्री ६ र श्री ३ ले सम्वोधनहरु सुन्दै गर्दा हिजोका आन्दोलनहरु र तिनका उपलव्धिहरु अर्थहिन हुनपुगेका देखिन्छन किन ? हिजोका सहयात्रीहरु आज किन एक आपसमा त्यही आक्षेप लगाउदै छन । के यो समय नेपाललाई समृद्दीको वाटोमा डोऱ्याउने हैन र ? राजनैतिक शिदान्तहरु आफैमा त्रुटीपूर्ण हुदैनन । मानिसको आचरणमा परिवर्तन भयो भने र समाजसेवालाई सही अर्थमा कार्यन्वयन भएमा अनि मात्र समाज अगाडि बढ्ने छ । आफ्ना वालवच्चालाई सही आचरण सिकाउन सकियो भने र उनीहरुलाई स्वावलम्वी र आत्मनिर्भर वन्नतिर उत्पेरित गराउन सकियोभने समाज सोतह परिवर्तन हुने छ । सन्तानको लागि गलत तरिकाबाट सम्पती आर्जन गर्ने जुन होड चलेको छ त्यो अप्राकृतिक हो । अप्राकृतिक अभ्यास आफैमा गलत प्रयोग हो । जसले अन्तमा विनास नै निम्ताउने छ जसरी कोकुनमा रहेको लार्भालाई कोकुन फुटाइ पुतली निकाल्नको लागि सहयोग गरिन्छ भने त्यो पुतली लामो समयसम्म जिउन सक्दैन । ठीक त्यसरी नै गलत तरिकाबाट आर्जेको सम्पतिको पनि भविष्य छैन । सडकमा हुइकिदै गरेका चिल्ला गाडीहरु र ठूला वंगला देख्दै गर्दा मानिस भन्न थालेका छन भ्रष्टचारी । हिजो चप्पल थिएन आज गाडी कहाबाट अनि झुपडीबाट महल कसरी ? अहिलेको नेतृत्व सोच्न वाध्य हुने छ गलत आचरणलाई एक दिन लुकाउन सकिएला तर सधैको लाीग हेइन ।
एक गलत दृष्टान्त छ : एक दिन जव देवर्षी नारद विश्व मोहिनीलाई देखेपछि काम वास्नामा फस्छन र उनको विवाहको लागि स्वयम्भरमा उपस्थित हुनको लागि सुन्दर वनाइदिनको लागि नारायणसंग अनुरोध गर्छन तर नारायणले सुन्दर त वनाइदिन्छन तर अनुहार वांदरको । जव उनी स्वयम्भर सभामा पुग्छन उनलाई देखि सवै हास्न थाल्छन । तर त्यही सभामा नारायण पुग्छन र मोहिनीले उनैलाई फुलको माला लगाईदिन्छिन र नारायणसंग उनको स्वयम्भर हुन्छ । नारद नाराण्यणसंग क्रुद्द हुदै सराप दिन्छन : मानव जुनिमा जन्म लिन परोस , पत्निवियोग हुनपरोस र बानररुप भएकाको नै सहयोग लिनपरोस। तर पनि नारदलाई मोहिनिसग विवाह नहुदा उनी ब्माचारीको रुपमा चिनिदैनथे ।
सराप दिसकेपछि नाराद पछुताउछन तर के गर्नु ? यदि नारद मोहिनीसंग विवाह वन्धनमा वाधिएका भए उनको पहिचान समाप्त हुनेथियो जसरी अहिले निवर्तमान सभामुखको भएको छ । नारदको :श्रापले गर्दा नारायण दशरथको छोरा राम भएर जन्मन्छन भने लक्ष्मी मिथिला नरेश जनककी छोरीको रुपमा । तिनै राम लंकापति रावणको संहार गरी पुन रावणको अत्याचारको अन्त्यगरी त्यसवेलाको समाजमा शान्तिको सन्देश फिजाएका थिए ।
No comments:
Post a Comment